राष्ट्रिय जनमोर्चाका कार्यकर्ता र मञ्च सम्वद्ध संघिय लिम्वूवान राज्य परिषदका कार्यकर्ता विच सुनसरीको धरानमा झडप भएको छ । झडपमा जनमोर्चाका ४ जना कार्यकर्ता घाईते भएका छन । घाईतेहुनेमा तिलक गाहा, विशाल पहाडी, विष्णु थिङ र रामवहादुर वुढा रहेको जनमोर्चाका केन्द्रिय उपाध्यक्ष विरवहादुर गोलेले जानकारी दिएकाछन् । धरानको छाताचौकवाट संघियता विरोधी व्यानर र नारा लगाउदै भानुचौक सम्म पुगेर कोणसभा गरिरहेका जनमोर्चा कार्यकर्तामाथि लिम्वूवानका कार्यकर्ताले आक्रमण गरेका थिए । जनमोर्चाको राष्ट्रिय अभियान अन्तरगत धरानमा कार्यक्रम भएको उपाध्यक्ष गोलेले वताए ।
जनमोर्चाको कार्यक्रम लिम्वूवानले विथोलेपछि भानुचौकमा कोणसभा गरेको थियो । संघियताको विरोधीको प्रतिकार गर्ने लिम्वूवानले वताएको छ । उता जनमोर्चाका केन्द्रिय उपाध्यक्ष वीरवहादुर गोलेले संघियताले देश विखण्डन हुने र राष्ट्रियताको पक्षामा राष्ट्रब्यापि अभियान गरिरहेको वताए । अभियानकै क्रममा केहि दिन अघि चित्र बहादुर केसीले संघीयता बिरोधि अभियानमा हिंड्दा ज्यान मार्ने धम्की आएको भन्दै राज्यको ध्यानाकर्षण गराएकाथिए ।
भैरब आङ्ला, धरान