मृत्युको जालमा परे तीर्थ गन्धर्व

Read Time:6 Minute, 10 Second

नेपाली लोकसंगीतको क्षेत्रमा दशकौंदेखि क्रियाशील संगीतसाधक तीर्थबहादुर गन्धर्व अब हाम्रो बीचमा रहेनन् । सारंगी रेटेरै करोडौं नेपाली मनमा स्थान बनाएका तीर्थबहादुरले ती करोडौ मनहरूलाई रुवाएर शुक्रबार बिहान सदाका लागि आँखा चिम्लिए । सारंगीको तारसँग अनवरत चलेका उनका हातहरूले अब विश्राम लिएका छन् । उनको निधनले नेपाली लोकसंगीतलाई अपूरणीय क्षति पुर्याएको छ ।

 शुक्रबार झिसमिसेमै काठमाडौं उपत्यकामा एउटा हल्ला चल्यो ‘लोकसंगीत साधक तीर्थबहादुर गन्धर्व अब रहेनन् ।’ अपत्यारिलो लाग्ने यो हल्ला साँचो नभइदिए हुन्थ्यो भन्ने धेरैको मनमा लाग्दा लाग्दै सञ्चारका माध्यमहरूले तीर्थबहादुर गन्धर्वको निधन भएको खबर प्रशारण गरे । दुई दिनअघि मात्र वरिष्ठ साधक फत्तेमानलाई गुमाएको नेपाली संगीतले शुक्रबार बिहान अर्को अपूरणीय क्षति व्यहोर्यो । ओझेलमा पर्दै गएको लोक संगीतको जगेर्नामा निरन्तर क्रियाशील साधक तीर्थबहादुरले शुक्रबार बिहान २ बजेर ८ मिनेट जाँदा सदाका निम्ति विश्राम लिए । उनका औंलाले सयौं मीठा धुन सिर्जना गर्यो, हिमाल, पहाड, तराई–मधेसलाई एकसुत्रमा बाँध्न मद्यत गर्यो । २०१० साल माघ १३ गते तनहुँको चिसापानी चोक दुधे गुणामा जन्मिएका तीर्थबहादुरले आफ्नो जीवनको स्वर्णीम समय लोक संस्कृतिको जगेर्नामै खर्च गरे । सानै उमेरदेखि नाच्न, गाउन र बजाउन देखिएको रुची पछि उनको पेशा बन्यो, पहिचान बन्यो । रेडियो नेपालको सागितिक शाखामा रहेर ३० वर्षसम्म सेवा पुर्याएका तीर्थबहादुर सरकारी सेवाबाट निवृत्त भएपछि पनि लोकसंगीतको जगेर्नामा तल्लिन थिए ।

रेडियो नेपालमा रहँदा उनले वाद्यवादन मात्र नभइ, लोकगीत संकलनको क्षेत्रमा पनि काम गरे । त्यतिमात्र नभएर लोकगीतमा संगित भर्नेदेखि गाउनेसम्मको काममा उनी पारंगत थिए । उनले पाँच सयभन्दा बढी गीतमा स्वर दिएका तीर्थबहादुरको सर्वाधिक लोकप्रिय गीतका रुपमा ‘बल्ल पर्यो निरमाया माकुरी जालैमा’ रहेको छ । लोक गीत संगितलाई नै साथ लिदै बिदेशका बिभिन्न कार्यक्रमहरुमा सारंगी रेट्दै सहभागि भएका स्वर्गिय गन्धर्व रेडियो  नेपालबाट रिटाएर भएपछि एबीसी टेलिभिजनबाट प्रसारण हुने ईन्द्रेणी कार्यक्रममा बिगत १ बर्षदेखि  संगीतकारको रुपमा कार्यरत थिए । ईन्द्रेणी कार्यक्रमकै सिलसिलामा नेपालका ७१ जिल्लाका गाउबस्तीमा पुगेर त्यहाँका  दुख र पीडा लाई खुशी हांसोलाई सारंगीको धुनमार्फत प्रस्तुत गरेका  थिए । जीवनभर सारंगी र  लोक  बजागाजालाई नै जीवन बनाएका स्वर्गिय गन्धर्वले बिभिन्न चलचित्रका गीतहरुमा समेत सारंगीको धुन राखेका छन् । स्वर्गिय गन्धर्वलाई श्रद्धाञ्जली अर्पण गर्न पुगेका गाएक तथा संगितकार शम्भुजित बांस्कोटाले सारंगि  फिल्मको गीतमा नै मुम्बई लगेर सारंगी बजाउन लगाएका सम्झना गरे ।

एक्कासी हट अट्याक भएपछि बिहिबार बिहान उपचारको लागि मिनभवनस्थित निजामती अस्पताल पुर्याईएको थियो । स्वर्गिय गन्धर्वलाई त्यसपछि बिहिबार नै छाउनी अस्पताल पुयाईएका गन्धर्वको उपचारकै क्रममा छाउनी अस्पतालमानै शुक्रबार बिहान २ बजेर ८ मिनेटमा निधन भएको थियो । स्वर्गिय गन्धर्वको शवलाई श्रद्धाञ्जलीको लागि शुक्रबार प्रज्ञा भवनमा राखिएको थियो । श्रद्धाञ्जली दिन लोक सांगितिक क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । जहा आफुसंगै रेडियो नेपालमा सहकार्य गरेको  अनुभव पोख्दै एक उर्जाशील स्रष्टा गुमाएको प्रतिक्रिया गायिका कोमल वलीको बताईन् ।

आ-आफ्नो क्षेत्रबाट अन्तिम श्रद्धाञ्जली दिन पुगेका स्रष्टाहरुले स्वर्गिय गन्धर्वको सम्झना गरेका थिए । नेपाली लोक संगितको क्षेत्रमा अतुलनीय योगदान दिएका स्वर्गिय तीर्थबहादुर गन्धर्वको पार्थिव शरीरलाई आजै पशुपतिमा अन्तयेष्टि गरीयो । ६० बर्षको उमेरसम्म अजर अमर रमाईला ठट्यौली सबै प्रकारका गीत संगीत सगै सारंगिको मिठो धुन छोड्ने स्वर्गिए तीर्थमान गन्धर्वलाई नेपाली सांगितिक क्षेत्रले कहिल्यै बिर्सन सक्दैन । तिनै सारंगिका धुनहरुले झस्काईरहन्छ, नेपाली सागितिक क्षेत्रलाई । अलबिदा तीर्थमान गन्धर्व ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %