चुनाव बहिष्कारवादी ३३ दलीय मोर्चाको बाइक र्याली

Read Time:2 Minute, 22 Second

लिम्बुवान सहितको ३३ दलीय आन्दोलनकारी मोर्चाले उपत्यका तथा लिम्बुवान बन्दको जानकारी दिन काठमाडौँ उपत्यकामा बाइक र्याली सम्पन्न गरेको छ  ।हजारौंको संख्यामा निकालिएको बाइक र्याली काठमाडौँको तीनकुनेबाट सुरु भई भक्तपुर, ललिपुर र चक्रपथ परिक्रमा गरेर उही तीनकुने मै पुगेर सम्पन्न भएको हो ।
लिम्बुवान सहितको ३३ दलीय मोर्चाले ४ दलीय सिण्डीगेटको कमर्चारी सरकारले कसैको इशारा र स्वार्थमा आयोजना गर्ने भनिएको यथास्थितिमा गरिने मङ्सिर ४ को कथित संविधान सभाको चुनावको विरोध र बहिष्कार गर्दै सम्पन्न हुनै नदिने भएको छ ।
र्याली पछि भएको कोणसभामा वर्तमान सरकारले अत्यावश्यक खाद्यान्न लगायतका उपभोग्य वस्तुहरुको बजारको अनियन्त्रीत आकाशिंदो मूल्यवृद्धिको मारमा परेका जनतालाई राहत दिनुको साटो सरकारले चाडबाडको मुखमै आएर समग्र क्षेत्रमा प्रभाव पार्ने पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरी जनजीविकालाई थप कष्टर र आक्रान्त पारेको आरोप लगाएको छ  । सरकारको यो गैर जिम्मेवार मूल्यबृद्धिको घोषणाप्रति हामी गम्भीर आपत्ती र खेद प्रकट गर्न चाहन्छौं साथै मूल्यवृद्धि तुरुन्त फिर्ता लिन जोडदार माग गर्दछौं भनिएको छ ।
गोलमेच सम्मेलनद्वारा राजनीतिक सहमति नगरी यथास्थितीमा घोषणा गरिएको निर्वाचनको सक्रिय बहिष्कार गर्न र मूल्यवृद्धिको विरोधमा उपत्यका र पूर्वी क्षेत्र बन्दको कार्यक्रममा सक्रिय सहभागि भई बन्दलाई प्रभावकारी बनाउनसमेत सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अनुरोध गरेको छ ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %