पुर्वमा बाढीको बिपत्ति

Read Time:4 Minute, 54 Second

केही दिन यता देखि पुर्वी नेपालको सुनसरी, मोरङ र धनकुटाको केही भागमा मात्रै आएको अविरल वर्षाले  मानविय क्षतिसंगै करौडौको क्षति गरेको छ । तराई नजिकैको पहाडी क्षेत्रमा मात्रै अत्याधिक मात्रमा पानी पर्नुले धनकुटाको दक्षिणी क्षेत्र र सुनसरी र मोरङको उत्तरी क्षेत्रमा आएको वाढी र पहिरोको कारण करोडौको क्षति गरेको हो ।
 कोशी राजमार्ग लेउती खोलाले  करिव २ सय मिटर सडक वगाएपछि अहिले शनिवार देखि कोशी राजमार्गमा यातायातका साधन चलेका छैनन् । ठाँउ ठाँउमा सडकका भित्ता भत्केर झरेको कारण पहिरो पन्छाउन केही दिन लाग्ने सडक विभागले जनाएको छ । यसैगरी यता सुनसरीको सेउती र सेहराखोलामा आएको वाढले कारण एकै परिवारका २ जनाको ज्यान गएको छ । ३ जना बेपत्ता भएका छन । सुनसरीको पाँचकञ्या ५ स्थित ठिङगाबारी निवासी मन कुमार लिम्बुको सुतिरहेकै अवस्थामा शेरा खोलामा आएको बाढिले घर सहित परिवारलाइनै बगाएको हो । बाढिले मनकुमारकी श्रीमति दिलकुमारी लिम्बु,२ जना छोराहरु सुनिल तथा कृष्णलाइ समेत बगाएको छ । दिदिको घरमा पाहुना लाग्न आएका दिलकुमारीका भाइ समेत बाढिले बगाएर बेपत्ता भएकाछन ।

 अन्धाधुन्दा एकैचोटि घर बगाएका कारण बाढिबाट कोहिपनि भाग्न नसकेपछि उनिहरुलाइ बाढिले बगाएको थियो । यसैबिच बाढिले बेपत्ता बनाएका मध्ये मनकुमार र दिलकुमारी लिम्बुको भने शव फेला परेको छ । बाढिले बगाएर बेपात्ता भएका मध्ये दिलकुमारीको शवलाइ इटहरी २ स्थित पारिजात टोलमा तथा मनकुमारको शवलाइ शेरा खोला किनारमै फेला पारिएको प्रहरीले जनाएको छ । बेपत्ता भएका तिन जनाको अहिले सम्म पत्ता लाग्न छैन ।
इटहरी क्षेत्रमा टेङ्ग्रा खोलामा २५ बर्ष यताकै ठूलोबाढि आएको स्थानीयले बताए । यसै गरी उता मोरङको केरावारी गाविसको वीच भई वग्ने खदम खोलाले पनि करोडौको क्षति पु¥याएको छ । केरावारी वजार र मोगु गाउको सम्पर्क टुटेको छ । खदम खोलाले खानेपानी आयोजनाको पाईपलाईन र दर्जनौ वाध, सिचाईका लागि वनाईएका कुलो पैनी वगाएको स्थातिय शिक्षक डिल्ली लिङ्दमले वताए । २०४१ साल पछि पहिलो पल्ट यति ठुलो खदमखोलामा वाढी आएको स्थानियवासीहरु वताउछन् । खोलाले के कति क्षति ग¥यो यसवारेमा तथ्याङक संकलन गर्ने काम भईरहेको केरावारी गाविसका गाविस सचिव भुपेन्द्र राईले वताए । यस्तै सुनसरीकै पाचकन्या ४ दानावारीमा १६ घर सेउतीखोलाको वाढीले वगाएको छ । सो वस्तीमा अझै १५ घर परिवार वाढीको उच्च जोखिममा रहेको स्थानिय दिलवहादुर राईले वताए ।
सेउती खोलाले सेउतीमा रहेको काठे पुल वगाए पछि अहिले पाचकन्या गाविसको माथिल्लो क्षेत्रका वासिन्दाहरु धरान आउ जाउ गर्न नसक्ने भएका छन् । यसैगरी धरानलाई जोडने कोशी राजमार्गकै सेउती खोलाको पुल अत्यन्त जोखिममा पुगेको छ । सेउती खोलामा आएको वाढीले पुल मुनिको भाग भत्काए पछि पुल भत्कने अवस्थामा पुगेको हो । धरान आउ जाउ गर्ने एउटा मात्रै पुल भत्केमा धरान आउजाउमा ठुलो समस्या पुग्ने छ । यसरी सिमित क्षेत्रमा मात्रै अविरल वर्षा हुनुले पछिल्लो समय पुर्वको सुनसरी मोरङ र धनकुटा जिल्ला वाढी र पहिरोवाट पुरै प्रभावित भएको छ । यस्तो खालको वर्षा हुनुलाई खण्डवृष्टि भनिने मौषम विज्ञहरु वताउछन् । वाढी, पहिरोको कारण अहिले सम्म के कति क्षति भयो क्षतिको विवरण अझै सम्म आईसकेको छैन ।

भैरब आङ्ला, धरान

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %