राजधानीमा यस्तो थियो चुम्लुङको रजत जयन्ती

Read Time:1 Minute, 49 Second

‘आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान, लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङबेरेन हेक्याम’ भन्ने नाराका साथ किरात याक्थुङ चम्लुङुले आजदेखि रजत जयन्ती मनाउन शुरु गरेको छ । किरात याक्थुङ चुम्लुङ २५ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा चुम्लुङले बर्षेेभर रजत जयन्ती मनाउन शुरु गरेको हो । उक्त रजतजयन्ती वर्षभर नै मनाइने जनाएको छ ।

रजत जयन्तीको उद्घाटन सम्माननीय उपराष्ट्रपति परमानन्द झाले चुम्लुङहिम शोभाहिटी ललितपुरमा लिम्बूहरुको बाजा (के) बजाएर उद्घाटन गरे ।
कार्यक्रममा २०६९ सालको एसएलसीमा सर्वोत्कृष्ट हुने लिम्बु छात्रछात्रालाई सम्मानसमेत गरिएको छ । साथै चुम्लुङको विशिष्ट संरक्षक, संरक्षक सदस्य र आजिवन सदस्यलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रा.डा. नोबलकिशोर राई, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काईला र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले पनि मन्तव्य दिएकाथिए ।
उद्घाटन समारोहको पूर्वसन्ध्यामा चुम्लुङले ललितपुरको जावलाखेलदेखि चुम्लुङहिम शोभाहिटी ललितपुरसम्म ¥यालीको आयोजना गरेको थियो ।

 

 

 

 


आनन्द गुरुङ

 तस्वीर सेमिमा लिम्बु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %