२५ बर्ष पुगेको चुम्लुङको रजत जयन्ती धुमधामले

Read Time:1 Minute, 55 Second

 किरात लिम्वूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङको २५ औं स्थापना दिवस तथा रजत जयन्ती विविध कार्यक्रम गर्दे नेपालमा मनाईदै छ । सुनसरीको धरानमा विहान रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो रक्तदान कार्यक्रममा ७० पिण्ड रगत संकलन भएको छ । आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान सहितको लिम्वूवान भन्ने मुल नाराका साथ सुरु भएको रजत जयन्तीको उदघाटन समारोहमा आदिवासी लिम्वूहरु संघियताको पक्षमा रहेकोले संघिय राज्य हुनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

आजवाट किरात याक्थुङ चुम्लुङले २५ वर्ष प्रवेश गरेको उपलक्षमा चुम्लुङले वर्ष भरी युप्पा तङ्बे रजत जयन्ती मनाउने भएको छ । चुम्लुङले रजत वर्षभर प्रस्तावित लिम्वूवान र विभिन्न लिम्वूवान जागरण अभियान संचालन गर्ने वताईएको छ । यसैगरी किरात याक्थुङ चुम्लुङ केन्द्रिय समितिले ललितपुरमा र्याली निकालेको छ । रजत जयन्तीको उदघाटन उपराष्टपति परमानन्द झाले गर्ने कार्यक्रम रहेको छ । त्यस्तै यता किरात याक्थुङ चुम्लुङ पान्थरले लिम्वूजातिको मौलिक अनुष्ठान तङ्सीङ राखेर रजत जयन्ती मनाईरहेको छ । यसरी विभिन्न कार्यक्रमहरुको आयोजना गरी चुम्लुङ स्थापना दिवस मनाईदैछ ।

भैरब आङ्ला, धरान

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %