आबुधाबीमा जनजातिको तिज

Read Time:3 Minute, 2 Second

 चर्चित मोडल एवं गायिका इन्दिरा जोसी र ज्योति मगरको विशेष प्रस्तुतीमा ३० अगष्ट शुक्रवार आबुधाबीको इण्डियन इस्लामीक सेन्टरको हलमा हरितालीका तिज २०७० को शुभकामना सहित भव्य सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हिमालय इण्टरटेन्मेण्ट ग्रुपका भिम लामा,दिपेन केसी,तृष्णा लामा र भुवन मगरले आयोजना गरेको हजारौ दर्शकले खचाखच भरिएको भव्य कार्यक्रमलाई गुञ्जमान गुरुङ र रमा ढकालको जोडीले संचालन गरेका थिए ।

अतिथिहरु नेपाल आदिवासी जनजाती युवा परिषद युएईका अध्यक्ष हरि बहादुर घर्ति मगर,परिषदका उपाध्यक्ष मोहन कुमार तामाङ्ग र एनआरएनआइसीसीका सदस्य बिमल तामाङ्गले संयुक्त रूपमा दिप प्रज्वलन गरेर उद्घाटन गरेकाथिए ।  अधिकांश युवा दर्शक रहेको कार्यक्रममा कलाकार इन्दिरा जोसीले रातो घाँगर,उद्रेको चोली, गायक अरुण थापाको सम्झनामा ऋतुहरुमा तिमि हरियाली बसन्त हौ एवं ज्योति मगरले उही मुलाको सिन्की उही मुलाको चना,अधेरोमा लाको माया काली छौकी गोरी र उताउली नभने जमानाले हो जस्ता गीत गाए ।


 नेपालबाट आएका अन्य पुरुष अतिथि कलाकारहरू रुद्र थापा र मेग लामा स्थानिय कलाकार कमल रेग्मी,दिपक गुरुङ,प्रश्न लामा,कुशल मगर र ज्ञान लामाले आफ्नो प्रस्तुती दिएका थिए भने नयाँ प्रतिभा सुमन सिङदेनले आफ्नो अल्बमको तिमीलाई भुल्न नसकेर मर्ने निधो गरेकोछु,तड्पितड्पी जिउनु भन्दा,सधै आँसु पिउनु भन्दा,बरू जिउंदै चीतामाथी जल्ने निधो गरेकोछु  भन्ने गीत गाएकाथिए ।

 कार्यक्रममा तामाङ्ग समाज युएईको क्षेत्रिय समिति आबुधाबीले सम्पुर्ण दर्शकहरुलाई तिजको दरको रुपमा खिर खुवाएको थियो भने काभ्रे पलाञ्चोक,सिन्धु पलाञ्चोक,नुवाकोट र धादिङ्ग लगायत जिल्लामा प्रा।वि।स्तरका विधायालाका जेहन्दार एवं गरिव विद्यार्थी हरु लाई  छात्रवृती,कापी,कलम किताव किन्न उदेश्यले खुत्रुके कार्यक्रम मार्फत चन्दा रकम संकलन गर्ने जस्ता रचनात्मक कार्य समेत पनि गरिएको थियो ।

शुशी पुलामी आबुधाबी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %