उजीरसींह थापा मगरको बीर गाथा पाल्पाको भगवति जात्रा

Read Time:6 Minute, 5 Second

पाल्पा भाद्र १३, नेपालले अग्रेंजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसियालीमा आज पाल्पामा बिजय उत्सब स्वरुप १ सय ९४ औ रणउज्जेश्वरी भगवती रथजात्रा गरेर मनाईदै छ । विश्वको भु–भागलाई आफ्नो मुठ्ठिमा कब्जा गरेको ब्रिटिश सम्राज्यबादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा एेतिहासिक भगवति जात्रा स्वरुप बिजय उत्सब मनाउने प्रचलन रहिआएको छ । तत्कालीन समयमा नेपाली सेनाले चलाएको बिजय जात्रा अहिले पाल्पाको सबैभन्दा ठुलो पर्ब र जात्राको रुपमा परिचित हुदै गएको छ ।

कर्णेल उजिर सिंह थापा मगरले १९७७ मा निर्माण गरेको रथलाई नै आज सम्म बिजय जात्राको रुपमा संचालन गरिदै आईएको हो । मन्दिर बाट निकालेको जात्रा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले बली चढाएपछी तानसेनको परिक्रमा गराईन्छ । भगवतिको रथलाई तानसेनको प्रशासन, शितलपापाटी, भगवति टोल, बसन्तपुर, कैलाश नगर हुदै पुन शितलपाटी, असनटोल, नारायण स्थान, भिमसेन टोल, नगरपालीका, पाल्पा ब्यारेक , बसपार्क, बढिज्ञानटोल, मखनटोल सिलखान टोल, टक्सार हुदै साझँ ५ बजेपछि मन्दिरमा ल्याउने परम्परा रहदै आएको छ ।
अंग्रेज संगको युद्धमा जानु अघि प्रशासक उजिर सिंह थापा मगरले युद्धमा विजयी भएमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाउने र प्रत्येक वर्ष बिजय जात्रा संचालन गरेर भगवतिको महिमा फैलाउने भाकल गरेको इतिहासमा उल्लेख गरिएको छ । सोहि अनुरुप शक्तिशाली अग्रेजलाई युद्धमा  हराएपछि १८७६  देखि  यो रथजात्रा मनाउन लागिएको हो । राष्ट्रको जित भएको अबसरमा यस जात्रालाई राष्ट्रिय जात्राको रुपमा मनाउन शुरु गरिएको छ । कर्णेल उजिर सिँहले भगवतिको मन्दिर बनाएको र जात्रा संचालन गरेकोले श्री ७ रणउजेरेश्वरी भगवति जात्रा प्रचलित रहदै आएको छ ।

युद्धमा तत्कालीन रुपका नेपाली सेनाले बहादुरीका साथ लडेर अग्रेजलाई पराजित गरेकोले पाल्पामा रहने नेपाली सेनाको गण र जिल्ला प्रशासनले निकै हर्षोल्लासका साथ यो जात्रा मनाउदै आएका छन । आज निकालिने भगवति रथलाई नेपाली सेनाले सलामी दिएपछि ३ पटक मन्दिरको परिक्रमा गराएर बजार परिक्रमा गराउने परम्परा रहेको छ । लडाइ चलीरहेको समयमै अमर सिंह थापा मगरको मृत्यु भएपछि गोर्खाली प्रशासकको रुपमा पाल्पामा उजिर सिंह थापा मगर नियुक्त भएका थिए ।

थापाले अग्रेज संगको युद्धमा बुटवलको जितगढी लगायतको क्षेत्रमा बिजय हासिल गरेको स्वरुप पाल्पामा भगवति जात्रा मनाउन थालिएको हो । जात्राको अघिल्लो दिन देखि नै रातभरी जाग्राम बसेर भगवतिको महिमा गाउने, बिहानै देखि पुजा पाठ गर्ने, मध्यान्ह साइत हेराएर भगवतिको रथ निकाल्ने परम्परा रहेको छ । आज दिउसो १२ बजे रथ निकाल्ने साइत जुरेको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष केदारलाल श्रेष्ठले जानकारी दिए । जात्राको अबलोकन गर्न पाल्पा, गुल्मी, स्याङजा, पोखरा, बुटवल, अर्घाखाँची, लगायत बाट एक लाख बढी श्रद्धालुहरुको सहभागीता रहने आयोजकले जनाएकोछ ।

जात्रा नेपाल सरकारको प्रयाप्त सहयोग नहुदा संकटमा पर्ने हो कि भन्ने चिन्ता तानसेनवासीलाई पर्न थालेको हो । जिल्ला बिकास समिति, तानसेन नगरपालीका र उद्योग वाणिज्य संघको सहयोगमा जात्राले निरन्तरता पाएको छ । यसैविच जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लामा लाग्ने रणउज्जेश्वरी भगवतिको जात्रालाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले हिजो देखि नै मादक पदार्थ बिक्री बितरण र  सेवन गरी सार्वजनिक स्थानमा हिडडुल गर्न रोक लगाएको छ । तानसेनका होटल तथा रेष्टुरेण्ट र अन्य ब्याबसायीहरुलाई समेत सो अवधिमा मादक पदार्थ बिक्री बितरण नगर्न प्रहरीले आग्रह गरेको छ ।

जात्राको समयमा मानिसहरुको भिडभाड हुनेहुँदा सो समयमा आपराधिक घटना घट्न सक्ने भन्दै सवैलाई सजग रहनका लागि यस्तो आग्रह गरिएको प्रहरीले बताएको छ । यसैगरि नेपाल बिद्युत प्राधिकरण पाल्पाले कतै दुर्घटना नहोस भनी रथयात्राका क्रममा बिद्युत आपुर्ति बन्द नहुने जनाएको छ । नेपाली बिरताको स्वरुप मनाइने यस जात्राको बिगतमा तत्कालीन राजा महेन्द्र, बिरेन्द्र समेतले अबलोकन गरेका थिए । देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %