करिब ६ वर्ष एकीकृत माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका रुकुम खोलागाउ‘का वीरेन्द्र बुढामगरले सोमबार नेपाली सेनाको उपसेनानी पदको दज्र्यानी चिन्ह ग्रहण गरेका छन ।
वीरेन्द्र आधारभूत तालिम पूरा गरेका ७० जना पूर्वमाओवादी लडाकु मध्येका एक हुन । दज्र्यानी चिन्ह पाएका वीरेन्द्रसहितका अधिकृत अब तीन महिने ब्रिजिङ कोर्षमा सहभागी हुनेछन् । सैनिक प्रशिक्षण प्रतिष्ठान खरिपाटीमा सोमबार आयोजित विशेष समारोहमा रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका मन्त्रीपरिषद् अध्यक्ष खिलारज रेग्मीले दज्र्यानी चिन्ह प्रदान गरे । यसरी दज्र्यानी चिन्ह पाउनेमा यामबहादुर अधिकारीले महासेनानी, बासुदेव घिमिरे र पदमबहादुर तामाङले प्रमुख सेनानी तथा वीरेन्द्र सहित १३ जनाले सेनानी, ३० जनाले सह–सेनानी र २४ जनाले उप–सेनानीको जिम्मेवारी सम्हाल्नेछन । दज्र्यानी चिन्ह प्रदान गर्न आयोजित समारोहमा उनीहरुका परिवारजन र आफन्तको पनि बाक्लो उपस्थिति थियो ।
०६२–०६३ को जनआन्दोलनअघि र पछिको अवधिमा वीरेन्द्रलाई एकीकृत माओवादीले प्रचण्डको सुरक्षा गर्ने मुख्य जिम्मेवारी दिएको थियो । ०६३ मंसिर ५ गते सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौता अनुसार सात मुख्य र २१ सहायक शिविरमा बस्दै आएका पूर्वलडाकु गत चैत ३० गतेदेखि औपचारिक रुपमा नेपाली सेनाको मातहातमा थिए । उनीहरुको रेखदेख, पुनस्र्थापना र समायोजन गर्न गठित विशेष समिति औपचारिक रुपमा विघटन भएपछि पूर्वलडाकु नेपाली सेनाको मातहतमा तालिममा थिए ।
संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले प्रमाणीकरण गरेका १९ हजार ६ सय दुई लडाकुमध्ये एक हजार चार सय २२ जना नेपाली सेनामा समायोजन भएका छन । अनमिनको निगरानीमा रहँदै आएका शिविर र लडाकु उसको बहिर्गमनस‘गै ०६७ माघ ८ गतेदेखि विशेष समिति मातहत ल्याइएको थियो । अनमिनको पहिलो सूचीकरणमा ३२ हजार दुई सय ५० लडाकु शिविरमा दर्ता भएका थिए । सरकार र माओवादीबीच ०६३ मंसिर २० गते भएको हतियार तथा सेना व्यवस्थापन अनुगमन सम्झौताअनुसार लडाकु हुनका लागि ०६३ जेठ ११ अघि भर्ती भएको र ०४५ जेठ १२ गतेभन्दा पहिले जन्मिएको हुनुपर्ने प्रावधान थियो ।
आनन्द गुरुङ