पोखरा, १० भदौ
सेना समायोजन रोजेका ७० पूर्व लडाकूलले नेपाली सेनाको उपसेनानी दर्ज्यानी चिन्ह पाएका छन् । ९ महिना अधिकृतस्तरको तालिम पूरा सकेपछि उनीहरुले उपसेनानी दर्ज्यानी पाएका हुन् । भक्तपुर खरिपाटीमा रहेको सैनिक प्रतिष्ठानमा सोमबार आयोजित कार्यक्रममा रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र प्रधानसेनापति गौरवसमशेर जबराले संयुक्त रुपमा उनीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएकाथिए ।
दर्ज्यानी चिन्ह पाउनेमध्ये यामबहादुर अधिकारीले महासेनानी, बासुदेव घिमिरे र पदमबहादुर तामाङले प्रमुख सेनानी तथा वीरेन्द्रसहित १३ जनाले सेनानी, ३० जनाले सह–सेनानी र २४ जनाले उप–सेनानीको जिम्मेवारी सम्हाल्नेछन् । दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित समारोहमा उनीहरुका परिवारजन र आफन्तको पनि बाक्लो उपस्थिति थियो ।
२०६३ मंसिर ५ गते नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताअनुसार सात मुख्य र २१ सहायक शिविरमा बस्दै आएका पूर्वलडाकु गत चैत ३० गतेदेखि नेपाली सेनाको मातहातमा थिए । उनीहरुको रेखदेख, पुनस्र्थापना र समायोजन गर्न गठित विशेष समिति औपचारिक रुपमा विघटन भएपछि पूर्वलडाकु नेपाली सेनाको मातहतमा तालिमरत थिए ।
संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले प्रमाणीकरण गरेका १९ हजार ६ सय ८ लडाकुमध्ये एक हजार चार सय २२ जना नेपाली सेनामा समायोजन भएका छन् । जनयुद्धलाई सबै भन्दा बढी योगदान दिएका र सबै भन्दा बढी मारिएका ( करिब ७ हजार अनुमान गरिन्छ) समुदाय मगरबाट पूर्व लडाकामध्ये दुई जना मात्रै अधिकृत हुन सफल भएका छन् । अनमिनको तथ्याङ्कमा १२.५ प्रतिशत मगर लडाका रहेकोमा अधिकृतस्तरमा पुग्दा तिनको संख्या २.८५ प्रतिशतमा झरेको छ । जनयुद्ध शुरु गरिएको रोल्पाबाट त एक जना पनि परेका छैनन । सबैभन्दा बढ़ी बाहुन क्षेत्री समुदायबाट अधिकृत हुन सफल भए । बन्दुक बोकेर राज्यलाई झुकाएर मात्र हंुदो रहेनछ, माथि पुग्न शैक्षिक योग्यता र आफ्नो समुदाय राजनीितक रुपमा सचेत पनि हुनु पर्दो रहेछ भन्ने यो प्रकरणमा पुनः सहि साबित भएकोछ । अनमिनको निगरानीमा रहंदै आएका शिविर र लडाकु उसको बहिर्गमनसंगै ०६७ माघ ८ गतेदेखि विशेष समिति मातहत ल्याइएको थियो । अनमिनको पहिलो सूचीकरणमा ३२ हजार दुई सय ५० लडाकु शिविरमा दर्ता भएका थिए । सरकार र माओवादीबीच ०६३ मंसिर २० गते भएको हतियार तथा सेना व्यवस्थापन अनुगमन सम्झौताअनुसार लडाकु हुन ०६३ जेठ ११ अघि भर्ती भएको र ०४५ जेठ १२ गतेभन्दा पहिले जन्मिएको हुनुपर्ने प्रावधान भएपछि त्यो संख्या घटेको थियो ।
अधिकृतको आधारभूत तालिम सकेपछि उपसेनानी भन्दा माथि महासेनानीसम्मको दर्जा पाएका पूर्व लडाकूहरुले ६ हप्ताको तालिम पूरा गर्नुपर्नेछ । त्यसपछि उनीहरुलाई आ–आफ्नो जिम्मेवारी दिईनेछ । योभन्दा अघि एक हजार ३ सय जना पूर्व लडाकूले पदिक तथा अन्य दर्जाको तालिम पूरा गरि नेपाली सेना भइसकेका छन् ।
भदौ १० गते उपसेनानी दर्ज्यानी चिन्ह पाएका पूर्व लडाकुको नाम र थर
१) राजकुमार दर्जी
२) काली बहादुर हमाल
३) गंगाधार ढकाल
४) पूर्ण बहादुर सुवेदी
५) खेमराज कार्की
६) कमलप्रसाद गौतम
७) शेरबहादुर शाही
८) राजेन्द्र बहादुर खनाल
९) काजी बोहरा
१०) इन्द्रभक्त महर्जन
११) महेश अधिकारी
१२) मणिकण्ठ काफ्ले
१३) विमला लामा
१४) अमृत बहादुर आचार्य
१५) उत्तर बहादुर चन्द
१६) तीर्थराज आचार्य
१७) कुवेरबहादुर कार्की
१८) देउकुमार राई
१९) माधव घिमिरे
२०) कमलबहादुर खड्का
२१) दलबहादुर सिंह
२२) नवल सिंह रोकाय
२३) भरत कुमार आङबुहाङ लिम्बु
२४) यामबहादुर अधिकारी
२५) राजन रावत
२६) मनकुमारी राई
२७) धनप्रकाशा तावाहाङ
२८) सूर्यप्रकाश राई
२९) हर्कप्रसाद चौलागाई
३०) देवबहादुर बोहरा
३१) डम्बरसिंह ठकुरी
३२) प्रदिप तामाङ
३३) विक्रम चौधरी
३४) केवशराज धामी
३५) गोपालसिंह बोहरा
३६) जसबहादुर डागर
३७) हेमन्त सिंह
३८) नारायण सुवेदी
३९) शशिकला भट्टराई
४०) साटुराम चौधरी
४१) ढलकबहादुर मोक्तान
४२) पदमबहादुर तामाङ
४३) टिकाराम बस्नेत
४४) श्यामबहादुर बिक
४५) दिपेन्द्रबहादुर बुढा
४६) दिपककुमार बुढाथोकी
४७) हरिनारायण पौडेल
४८) श्यामबहादुर कुस्वार
४९) मिनाकुमारी बस्नेत
५०) श्याम कुमार राई
५१) दिपकबहादुर बोहरा
५२) हिम्मत बराल
५३) चक्रबहादुर शाही
५४) बासुदेव घिमिरे
५५) हर्कप्रसाद जगेबु लिम्बु
५६) सुनिल चौधरी
५७) खड्कसिंह साउत
५८) प्रचारबहादुर शाही
५९) धनलाल तामाङ
६०) रामकृष्ण रेउले
६१) भरत पुलामीमगर
६२) रामबहादुर लामा
६३) तारणीप्रसाद चौधरी
६४) राजाराम पण्डित
६५) बिक्रम राई
६६) अनिल रोकाय
६७) नविन पाण्डे
६८) विरेन्द्र बिएम(बुढामगर)
६९) झंकरप्रसाद सुवेदी
७०) रामप्रसाद गरेडी
मनोज घर्तीमगर
(काठमाडौंबाट पत्रकार मिलन लिम्बुको सहयोगमा)