मगर संघ कतारद्धारा मगर संग्रहालयलाई सहयोग

Read Time:1 Minute, 28 Second

 नेपाल प्रवासी मगर संघ दोहा कतारले पर्यटकीय क्षेत्र चैनपुर, चितवनमा लखन थापामगर गाउँ इकाई समिति चैनपुरद्धारा निर्माणाधिन मगर संग्रहालयको निम्ती ने. रु. ६९२४५ आर्थिक सहयोग गरेको छ । मगरहरुको भाषा, लिपी, धर्म, भेषभुषा, इतिहास, परम्परा, इतिहास लगायतका मगरहरुको पहिचान लगायतका बिषयसँग सम्बन्धित अत्यन्तै महत्व राख्ने मगर संग्रहालयहरुले मगर समाजको बिभिन्न कुराहरुलाई जिवन्त राख्न ठुलो भुमिका खेल्ने हुनाले संघले सहयोग गरेको थियो । संग्रहालयको निम्ति सहयोग गर्ने दाताहरुमा सहयोग रकम संकलन संयोजक तथा संघका केन्द्रिय प्रथम उपाध्यक्ष महेन्द्र थापामगरले धन्यवाद दिए । संकलित रकम कोषाध्यक्ष लिलम्बर चिदीमगरले संग्रहालय निर्माण समितीलाई रेमिट मार्फत सम्बन्धितमा पठाउनुभएको थियो भने समिती मार्फत पनि बिद्युतिय माध्यम मार्फत संघलाई धन्यवाद पत्र प्राप्त भएको संघका महासचिव रमेश आले मगरले जानकारी दिए ।

सरण मगर : दोहा , कतार

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %