स्विमिङ पुलमा फेशन मस्ती

Read Time:1 Minute, 51 Second

पोखरा, ९ भदौ
पोखरेली युवाले एफटिभी पुल पार्टी एवं फेशन शो को मजा लिएका छन् । इलाबेन्थ आवर इभेन्टको आयोजनामा भएको पुल पार्टीमा थुप्रै युवायुवति रमाए । पोखरा नजिकै हेम्जास्थित पेनगुइन स्वीमिङ पुलमा भएको पार्टीमा युवायुवति खुब रमाए । स्वीमिङ पुलमाथी बनाइएको स्टेजमा पोखरेली नयाँ र पुराना मोडेलले फेशन शो देखाउँदा उनीहरले चर्को हुटिङ पाए ।

डान्स पार्टी प्रति समाजको नकारात्मक सोचाइलाई परिवर्तन गर्ने उद्देश्यले पुल पार्टी गरिएको इलाबेन्थ आवर इभेन्टका म्यानेजर समिर गुरुङ्गले जानकारी दिए । स्वीमिङ पुलमा पौडीदै राती अबेरसम्म रमाउने योजनाका साथ एफटिभी पुल पार्टीमा पुगेका युवायुवति अन्य पार्टीमा झै धित मरुञ्जेल रम्न भने पाएनन् ।

प्रहरीले राती आठबजेभन्दा पछाडी पार्टी चल्न नदिएपछि पार्टीमा रमाउन गएका थुप्रै युवायुवति रातो अनुहार लगाएर घर फर्किन बाध्य भएका थिए । प्रहरीले आठ बज्ने बित्तिकै आयोकलाई पार्टी बन्द गर्न र पार्टीमा सहभागी युवायुवतिलाई घर फर्कन दबाब दिएको थियो । इभेन्ट म्यानेजमेन्टले पोखरा पछि विरगंज र काठमाडौँमा पनि पुल पार्टी आयोजना गर्ने जनाएको छ ।

सविता मगर,पोखरा
तस्वीरः सुरज तमु,जक्सन डटकम

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %