७ बर्ष देखि आदिवासी जनजाति महासंघले जनजाति महाबाणिज्यदुत चाहियो भन्दै शुरु गरेको आन्दोलनले हङकङमा उर्दीको रुप धारण गरेकोछ । कुनै पनि संस्थाले उनलाई नबोलाईदिन गरेको अनुरोध उर्दी जस्तै छ । यहाँका संस्थालाई त्यसलाई मानिरहेका पनि छन । तर हङकङका प्रसिद्ध तबलाबादक हरि श्रेष्ठले महाबाणिज्यदुत महेश प्रसाद दाहाललाई चीनको जुहाईमा लगि प्रमुख आतिथ्य प्रदान गराईदिएकाछन ।
१७–१९ अगस्तमा हरिको सक्रियतामा उनका स्थानीय धनाढ्य मित्र सिमोनले आयोजना गरेको र्याप संगीतमा महाबाणिज्यदुत दाहाल प्रमुख अतिथि थिए । दाहाललाई हरिले उक्त कार्यक्रममा आफुले बुद्ध नेपालमा जन्मेका हुन भन्ने प्रचार गर्न सो कार्यक्रम गर्न लागेको भनि आमन्त्रित गरेकाथिए । हरि भन्छन, ‘मैले हरेक महाबाणिज्यदुतलाई जुहाईमा हरेक साल यस्तै सांगितिक कार्यक्रम गरि लग्ने गरेकोछु । अहिले त्यसैलाई निरन्तरता दिएको हुँ ।‘