खपांगीलाई भोलि सिंगापुर लगिदै

Read Time:4 Minute, 5 Second

 रियाद,साउदी चर्चित नेता तथा पूर्व मन्त्रि गोरे बहादुर खपांगी मगरको थप उपचारको लागि २३ अगष्ट, शुक्रबार सिंगापुर लैजाने पक्का पक्कि भएको छ । सिंगापुर स्थित अति नै ब्यबस्थित “एमटी एलिजाबेथ नोभेना अस्पताल” मा डा इभानको नेतृत्वमा पूर्व मन्त्रि खपांगीको सल्यक्रिया हुने बताइएको छ । पूर्व मन्त्रि खपांगी उक्त अस्पतालमा उपचारको लागि एक हप्ता सम्म रहन सक्ने ति डाक्टरले सुझाएका छन् ।

उनको सल्यक्रिया शुल्क साथै एक हप्ताको  उपचार खर्च मात्र पचास हजार सिंगापुर डलर अथवा लगभग चालिस लाख रुपैयाँ सम्म लाग्न सक्ने जानकारी स्वयम् डाक्टर इभानले हाल खपांगीको उपचारमा संलग्न नर्भिक अस्पतालका डा प्रविन श्रेष्ठलाई इमेल मार्फत जानकारी गराएका छन् । पेश्की स्वरुप, बिस हजार सिंगापुर डलर अग्रिम जम्मा गर्नु पर्ने अस्पतालको नियम अनुसार, हिजो अबेर सम्ममा विदेशमा बस्ने नेपालीहरुले आवश्यक पेश्की स्वरुप बुझाउने रकम जम्मा गर्न सफल भएको छ ।

साउदीमा कार्यरत, हुम सुनारी मगरको पहलमा गत जुलाई २३ देखि शुरु गरेको “गोरे बहादुर खपांगी बचाऊ” अभियानमा साथ दिदै राज्यसत्ता डट्कमका हुम थापा र उहाको टिम, बेलायत बस्ने भुतपुर्व ब्रिटिश गोर्खा नेम थापा, रिम गलामी, खड्ग बुढा मगर र अम्बी मगरको सकृयतामा बेलायतबाट मात्रै लगभग सात लाख रुपैयाँ सम्म संकलन गर्न सफल भएका छन् । त्यस्तै गरि रुद्र सारु, सुमन सलामी र सरोज आले (साउदी), के बि राना (काठमाडौँ), छक्कु उदासी र दिलिप मगर (जापान), बिक्रम थापा र बिष्णु थापा (हंगकंग), शरण थापा (कतार), नुन सोमई र बबी मगर (युएइ), श्याम पुन र कृष्ण सारु (बहराइन), कल्पना पुन र आले महिला (सिंगापुर), बिश्वास तिगेला (एनआरएनए-ब्रुनाई), कल्पना राई (इजरायल), देव घर्ति (स्पेन), केहर गुरुङ (क्यानाडा), रुद्र थापा (अस्ट्रेलिया) र मणि पुन (ग्रीस) को सकृयतामा पूर्व मन्त्रि खपांगीको थप उपचारको लागि आर्थिक सहयोग संकलन  भैरहेको  छ ।

आजै, आदिवासी जनजाति महासंघ र नेपाल मगर संघका पदाधिकारीहरु लगायत केहि पत्रकारहरुको रोहबरमा अस्पताललाई बुझाउने पेश्की रकम र अन्य खर्च बापत सुन्धारा स्थित न्यु क्यास्टल होटेलको सभाहलमा गोरे बहादुर खपांगी बचाऊ अभियानका काठमाडौँ संयोजक के बि राना द्वारा रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ

। पूर्व मन्त्रि खपांगी बचाऊ अभियानको लागि उठेको आर्थिक सहयोग दुरुपयोग हुन नदिन एक आर्थिक व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने कुरा हुम सुनारी मगरले बताएका छन् । हुम सुनारीले दोस्रो चरणको उपचारको लागि सहयोगी विदेशमा बस्ने ६ सय भन्दा बढी दाताहरुलाई धन्यवाद दिदै खपांगीको थप उपचार अवधि भर लाग्ने  थप खर्चमा साथ दिनु पनि सम्पूर्ण प्रवासी नेपालीहरुलाई अनुरोध गरेकाछन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %