डिफेन्सिफ जनमुक्ति अब अग्र मोर्चामा

Read Time:11 Minute, 39 Second

केशव सूर्यवंशी

    नेपालमा साधारणतया राजनीतिक मुद्दालाई हुनै पर्दछ र हुनै सक्तैन भन्ने कोणबाट ब्याख्या गरि प्रतिवाद गनर्जे प्रवृत्ति हावी छ । यसले वातावरण बिगार्ने मात्र गरेकोछ । वास्तवमा ‘गिभ एण्ड टेक’ नै राजनीति हो भन्ने नजीरको बारम्बार स्थापना हुनु मूलुकका लागि ज्यादै दुर्भाग्य भएको छ । यसले गर्दा विशेषगरी सामाजिक र प्राकृतिक विविधताको भरपुर व्यवस्थापन गरी संसारकै अदभूत नमूना हुन सम्भव नेपाल जस्तो देशले दिनप्रतिदिन ‘अतिरञ्जना’ र निराशा तर्फ धकेलिनु बाध्यता भएको छ । यस्ता परिघट्नाहरु समृद्ध नेपालका पक्षधर सबै नेपालीहरुका लागि अफशोचको विषय हो ।


    राष्ट्रिय जनमुक्ति पार्टीले सर्वप्रथम दुनियाँलाई भनीदियो कि—बहुजातीय समाजयुक्त मूलुकमा एक जाति विशेषको एकाधिकार हुने गरी पक्षपोषित राजनीतिक व्यवस्था नै द्वन्दको मूल कारण हो । नेपालको सन्दर्भमा पनि २०४६ सालको जनआन्दोलनको सफलता लगत्तै फरक दृष्टिकोण दिएको राष्ट्रिय जनमुक्ति पार्टीले नै हो । यहाँको राजनीतिक व्यवस्था र यहाँको सत्ताको स्वरुप ‘एक जातीय र एकाधिकारवादी’ रहदै आएको छ – राष्ट्रिय जनमुक्ति पार्टीले नै भन्यो – यहाँ सत्ताको स्वरुप बहुजातीय र राज्य व्यवस्थाको स्वरुप संघीय बनाउनु नै नेपालको दीर्घकालिन हितको पक्षमा छ ।
यसरी मात्र नेपाललाई निरन्तर विकास, समृद्धि र उज्जवल भविष्य तर्फ डो¥याउन सम्भव छ । यसका लागि नेपालका सबै जनता (जातजातिहरु) का राजनैतिक प्रतिनिधित्व नीति निर्माण तहमा पुग्ने राजनीतिक व्यवस्था बन्नु पर्दछ र जातीय समानुपातिक प्रतिनिधित्वको रुपमा तय गरिने सोही विधि अनुसार नै सयौं वर्षदेखि उत्पीडनमा पर्दै आएका जातजातिहरु—आदिवासी जनजाति, दलित, अल्पसंख्यक, पछौट्याईएका जाति, मधेशी, मुश्लिम, महिला सबैलाई सरकारी तथा गैर सरकारी क्षेत्रका रोजगारीमा संवैधानिक आरक्षण प्रदान गरिनु पर्दछ । अर्थात पहिचानको सवाललाई राजनीतिक रुपमा विश्लेषण गरी राष्ट्रिय जनमुक्ति पार्टीले यसका वैज्ञानिक समाधानका उपायहरु बारे दीर्घकालिन विचार दियो । यद्यपि समयकालमा पहिचान सम्बन्धमा विभिन्न ‘अतिरन्जना’हरु नआईरहेका होईनन् ।

लेखक
नेपालमा देखिदै आएका विविध समस्याहरु र जनताका खातिर सबै अधिकारको सुनिश्चितता र व्यवस्थापन राष्ट्रिय जनमुक्ति पार्टीले मात्र गर्दछ । यसैका लागि राष्ट्रिय जनमुक्ति पार्टीको जन्म भयो साथै न्याय र समानताका लागि वर्षौंदेखि यस पार्टी निरन्तर लड्दै र संघर्षरत रहदै आएको छ ।
    नेपालमा व्याप्त हुँदै आएको भ्रष्ट राजनीतिक परिपाटीलाई ठीक मार्गमा ल्याउनका लागि यहाँको लागि आवश्यक राजनीतिक विचारको निर्माण हुन आवश्यकता महशुस गरियो । यस प्रकार ‘जनमुक्ति विचारधारा’ लाई मार्गदर्शक सिद्धान्त मानी विगत दुई दशकदेखि राष्ट्रिय जनमुक्ति पार्टी शान्तिपूर्ण र प्रजातान्त्रिक तरिकाबाट राजनीतिक गतिविधी गर्दै आईरहेको हो । यसबीचमा यस पार्टीले विभिन्न पूर्वाग्रही आक्षेपहरु चूनौकिा रुपमा सामना गर्दै अगाडि बढ्न बाध्य भयो । इतिहासले यी तथ्यलाई स्पष्ट पार्दै आएको छ । तर पनि यस पार्टीले मूलुकको समस्या समाधानमा जहिल्यै पनि फरक र दूरगामी सोंचले ओप्रोत विचार प्रवाह गर्नुका साथै त्यस्ता कतिपय कालजयी निर्णयहरु पनि गर्दै आयो । जसलाई मूलुकले आत्मसाथ गरेको भए आजको दुर्दशा नेपालीले शायदै देख्नु पर्दथ्यो ।


प्रजातन्त्रको पुनस्थापना पछि तत्कालिन नेपाल सद्भावना पार्टीको अगुवाईमा काठमाडौंको टुडिखेलमा नेपालको संविधान २०४७ को विरोधमा ठूलो आमसभाको आयोजना गरिएको थियो । तर संसारकै उत्कृष्ट संविधान भनी घोषणा गर्ने तत्कालिन राज्यसत्ताको आडमा त्यस कार्यक्रममा हस्तक्षेप गरियो र मधेशी जनताको तर्फबाट उठान गर्न खोजिएको आवाजलाई त्यत्तिकै निस्तेज पार्ने दुस्शाहस गरियो । राष्ट्रिय जनमुक्ति पार्टीले आफु जन्मेको करीब तीन वर्षको सेरोफेरोमा पनि सो घट्ना सम्बन्धमा ध्यानाकर्षण गरी मधेशी जनताको आवाजलाई तत्कालिन श्री ५ को सरकारले प्रजातान्त्रिक तरिकाले सम्बोधन गरिनु पर्नेमा सरकारलाई सचेत बनाएको थियो ।
    २०५२ साल फागुन १ गते बाट सञ्चालन गरिएको माओवादी शसस्त्र संघर्षलाई सरकारले ‘आतंककारी’को विल्ला भिराई सोही अनुसारको कारवाही अगाडि बढाईरहेको बेला र सारा दुनियाँले तत्कालिन नेकपा (माओवादी) लाई ‘आतंककारी’ भनेर आक्षेप लगाउने र अर्घेलो बनाईरहेका बेला राष्ट्रिय जनमुक्ति पार्टीले ‘राजनैतिक विद्रोही’ भनेर भन्दै आयो । नेकपा (माओवादी)लाई दमन गरेरै तह लगाउने नीतिमा राज्य हिडीरहेको बेला राष्ट्रिय जनमुक्ति पार्टी मात्र त्यस्तो राजनीतिक शक्ति हो जसले नेकपा (माओवादी) लाई ‘राजनीतिक विद्रोही’ मानी वार्ताबाट मात्र समस्याको समाधान सम्भव छ भनेर आफ्ना धारणाहरु अविरल व्यक्त गर्दै आयो ।
    जब नेकपा माओवादीले संविधान सभाको निर्वाचनको माग गरीरहेको थियो फेरि पनि नेपालका राजनीतिक दलहरु त्यस मुद्दालाई नकारीरहेका थिए । यदि संविधान सभाको निर्वाचन गरेरै मूलुकको राजनीतिक निकास सम्भव हुने अवस्था हो भने यस बारेमा सोंच्नै पर्दछ भन्ने बहस राष्ट्रिय जनमुक्ति पार्टीमा व्यापक भयो । सुनसरीको धरानमा यस बारेमा पार्टीले निर्णय ग¥यो — संविधान सभाको स्वरुप ‘जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व भएको बनाउने’ गरी संविधान सभाको निर्वाचनमा मूलुकलाई एकमत गर्नै पर्दछ र त्यस निर्वाचन मार्फत मूलुकलाई द्वन्दबाट निकास दिनु पर्दछ । राष्ट्रिय जनमुक्ति पार्टीले लिएको यो निर्णय आफैमा राजनीतिक रुपमा ‘कालजयी’ रहेको थियो । तथापि संविधान सभा (पहिलो) लाई विभिन्न षड्यन्त्रको शिकार बनाई अन्ततः अवसान गराईयो । एकाधिकारवादी मनोवृत्ति, परिवर्तनलाई संस्थागत गर्न नचाहनेहरुको वर्चश्वका कारणबाट संविधान सभालाई अवसान गराईयो । यस सम्बन्धमा राष्ट्रिय जनमुक्ति पार्टी स्पष्ट रहेको छ ।
अब तय गरिएको संविधान सभाको निर्वाचन सम्पन्न गर्ने सवाल र बन्ने संविधान सभाले आशा गरेको परिणाम प्राप्त गर्न असम्भव गराउने कसीको रुपमा ‘यथास्थिति’ बलियो गरी उभिन सक्ने देखिएको प्रति राष्ट्रिय जनमुक्ति पार्टीले मूलुक र जनतालाई बेलैमा सचेत गरीरहेको छ । खास गरी संविधान सभा (पहिलो) ले चार वर्षे महत्वपूर्ण समयमा प्राप्त गरेका उपलब्धीहरुको बारेमा के हुन्छ भन्ने सवाल यस पार्टीको व्यापक चिन्ताको विषय हो । संविधान सभा (पहिलो) को विघटन हुँदा सम्म नेपालीहरुको पक्षमा प्राप्त भएका उपलब्धीहरुको रक्षा र त्यसको स्वामित्व अब बन्ने संविधान सभाले लिनै पर्ने गहन सवाल राष्ट्रिय जनमुक्ति पार्टीले जनस्तरमा गएर मात्र होईन विभिन्न राजनीतिक शक्ति र व्यक्तित्वहरुसंग पनि यस बारेमा छलफल गरीरहेको छ ।
हालको अवस्था सम्म आई पुग्दा राष्ट्रिय जनमुक्ति पार्टीले ज्यादाजसो समय ‘डिफेन्सिभ’ अवस्थाबाट गुज्रनु प¥यो । मूलुकका हितका खातिर संयम र शालिन तरिकाबाट अगाडि बढीरहेको पार्टी माथि जे जस्ता आक्षेपहरु आए, यस पार्टी प्रति उर्लदो जनलहरलाई त्यस्ता लान्छानाले अब कुनै हालतमा पनि अवरुद्ध पारीरहन सक्ने छैन । अब उप्रान्त पार्टी ‘अफेन्सिभ’ अवस्थाबाट अगाडि बढ्नेछ । पार्टी नेता तथा कार्यकर्ताहरुलाई बढी चलायमान र कृयाशिल बनाउने सन्दर्भमा सामूहिक निर्णयको आधार तय गरी पार्टी आन्तरिक सुदृढीकरणमा पनि संगसंगै अगाडि बढीरहेको छ । पार्टीले ‘जनमुक्ति विचारधारा’लाई व्यापक गर्ने काममा तीव्रता दिएको छ । अर्थात पार्टी भित्र वा बाहिर पार्टीको पहल यसरी एकाकार गरिंदैछ कि नयाँ नेपाल निर्माणका लागि हाम्रा सोंच्ने शैली र प्रकृया अवलम्बन गरिने व्यवहार तथा कार्यान्वयनमा पनि नयाँपन र सृजनात्मकता प्रवल गराउंदै लैजानु जरुरी छ ।

(लेखक राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव हुन )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %