हिन्समा उथलपुथल,बुद्धि बहादुर कार्वाहीमा

Read Time:4 Minute, 22 Second

एकीकृत नेपाली समाज हगंकगं (हिन्स) बाट त्यसका संस्थापक अध्यक्ष तथा डाईरेक्टर बुद्धि बहादुर थापा निकालिएकाछन । विश्वस्त सुत्रका अनुसार, संस्था हित बिपरित काम गरेको र बिशेषगरि संस्थालाई पारिवारिक क्लव बनाएको भन्दै केहि महिना अघि देखि उनलाई चेतावनी दिईदैथियो । तर उनले बोर्ड सदस्यहरुको कुरा नसुनी मनोमानी गर्दै गएपछि उनी कार्वाहीमा परेकाहुन । उनले हिन्समा आफ्नो पद धरापमा पर्न थालेको बुझेपछि सुटुक्क हिन्सलाई आफ्नो ब्यक्तिगत संस्थामा बिलय गराउन कानुनी प्रक्रिया थालेकाथिए । त्यसका निम्ति उनले एभरेस्ट साप्ताहिकमा सूचना समेत प्रकाशित गरेकाथिए । यस्तो बदमासीको पोल खुलेपछि बोर्ड सदस्यहरु चनाखो भएकाथिए ।

 बोर्ड सदस्यहरुलाई थाहै नदिई यस्तो ख़ुराफ़ाती गरेपछि उनलाई तुरुन्त राजिनामा दिन लगाईएकोथियो । साथै संस्थामा हर्ताकर्ता रहेकि तलबी कर्मचारी  उनकी छोरीलाई जो एभरेस्ट च्यारिटी नामक संस्थाकि प्रमुख पनि हुन, लाई पनि राजिनामा गर्न लगाईएकोथियो । यसका लागि गत साता डाकिएको आकस्मिक बैठकले उनलाई दुई दिनको समय दिएकोथियो तर थापा बैठक आउनु अगावै सदस्य जेएन ज्ञवाली लगायतलाई फोनगरि अत्यन्त जरुरी पर्यो युके जान्छु भन्दै हराएकाथिए । त्यसपछि उनले आफु सेप्तेम्बरको दोस्रो साता आउने र त्यसपछि बैठक डाक्ने भन्दै सदस्यहरुलाई एसएमएस गरि बैठक होल्ड गर्न लगाएकाथिए । तर उनको चलाखी चलेन । उनको संभावित क़दम बुझेका सदस्यहरुले ब्यक्ति भन्दा संस्था बचाउन ठिक ठाने । आईतवार  कंगन रेस्टुरेन्टमा बसेको बिशेष बैठकले थापालाई कार्वाही गरि पदमुक्त गर्ने निर्णय गर्यो । अहिले सम्मको  हिसाबकिताबका लागी समय चाहिने हुनाले थापा आएपछि यथाशिघ्र अधिवेशन गर्ने निर्णय सहित महासचिव विनय शाहको संयोजकत्वमा ८ सदस्यीय नयाँ कार्य समिति बनाएकोछ । जसमा जेएन ज्ञवाली, कमल पौडेल, अशोक गहतराज जस्ता ब्यक्ति छन ।

यो तदर्थ समिति अधिवेशन सम्म बैध रहनेछ । हगंकगंमा स्थानीय सरकारले सबैभन्दा बढ़ी विश्वास गर्ने नेपाली संस्था हिन्सलाई यस साल सरकारबाट दश लाख हगकग डलर बराबरको प्रोजेक्ट प्राप्त भएकोछ । यहि संस्थाकै कारण हगंकगं सरकारको सम्मानित मेडल प्राप्त एक्लो नेपाली बुद्धि बहादुर सरकार पक्षीय दल डिएवीका प्रभावशाली ब्यक्ति हुन । उनैले यहाँका सभामुखलाई नेपाल सुटुक्क लगी त्यति बेला प्रचण्डसंग भेट गराएकाथिए । नेकपा माओवादी हगंकगंका प्रभावशाली उनको प्रचण्डसंग घनिष्ठ सम्बन्ध रहेको ठानिन्छ । यी सबै नाम उनले हिन्सकै कारण कमाएकाथिए । स्यांग्जा,नेपाल घर भएका सामान्य सरकारी कर्मचारी पृष्ठभूमीका थापाको महत्वाकाँक्षा यो कार्वाहीले जाम हुन पुगेकोछ । उनको कार्यकालमा समग्र नेपालीकाे नभई बाहुन क्षेत्रीहरुको हितमा मात्र उपयोग गरिएको आरोप लागेको हिन्सले भावी नेतृत्व कस्तो पाँउछ़ अब सबैको ध्यान त्यता हुनेछ ।

भीम र बोधबिक्रम थापाको रिपोर्ट
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %