मिस टिनमा पोखराबाट पाँच सुन्दरी

Read Time:1 Minute, 40 Second

सुन्दरी प्रतियोगिताको देशैभरी बाढी चलेको छ । स्थानियस्तरबाट होस् वा राष्ट्रिय स्टरबाट हप्तै पिच्छे कार्यक्रमहरु भईरहेका छन् । यसैक्रममा थपिन आएको छ – मिस टिन नेपाल २०१३ । प्रतियोगितामा चाहिने युवति बटुल्न आयोजक काठमाडौंको दि फेशन प्लस देश दौडाहमा छ । शनिबार पोखरा आइपुगेको फेशन प्लसले आठ जनाको अडिसन लिएकोमा पाँच जनालाई छनोट गरेको छ ।

इभेन्ट मेनेजर मिमोह श्रेष्ठ, कोरियोग्राफर सुरज थापामगर, सौन्दर्यकर्मी एवं आईरिस हेयर एण्ड ब्यूटी केयर एकेडेमीकी संञ्चालक सोनम गुरुङ लगायत निर्णायकले पुनम सुनार, भगवति लामिछानेमगर, प्रतिमा गुरुङ, मनकुमारी पुनमगर र रिना बास्कोटालाई छनौट हुन् । काठमाण्डौं, पोखरा, चितवन, बुटवल र धरानबाट छानिएका ३५ जना सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्नेछन् । उनीहरुको  भदौ १२ गते देखि प्रशिक्षण हुनेछ । प्रतियोगिताको अन्तिम प्रतिस्प्रर्धा असोज १६ गते काठमाण्डौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने आयोजक संस्थाका इभेन्ट मेनेजर मिमोह श्रेष्ठले जानकारी दिए ।

सविता मगर,पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %