दुर्घटनामा परि गम्भीर घाईते भएका चर्चित नेता गोरेबहादुर खपाङ्गी र दुबै मृगौला फेल भै उपचार गराईरहेका समाजशास्त्री तथा आदिवासी जनजाति महासंघका पूर्व महासचिव डा.ओम गुरुङलाई सरकारले उपचार खर्च बापत जनही ३ लाख सहयोग दिने भएकोछ ।
दुबै ब्यक्तित्वका निम्ति बारम्बार ताकेता गरेपछि सरकारले धेरै पछि मात्र यो निर्णय गरेकोछ । यसअघि सरकारले खपाङ्गीलाई दुई लाख सहयोग दिएकोथियो ।