कतार, अगष्ट १८
नेपाल मगर संघ केन्द्रिय समितीका पुर्व अध्यक्ष तथा आदिवासी जनजाति नेता गोरे बहादुर खपाङ्गीमगरको उपचारको लागी कतारमा कार्यरत नेपालीहरुले एक लाख चार हजार छ सय अन्ठानब्बे नेपाली रुपैयाँ संकलन गरी पठाएकाछन । उक्त रकम नेपाल प्रवासी मगर संघ, दोहा कतारको मातहतमा संकलन गरिएको हो । संघले सहयोगी दाता महानुभावहरुमा धन्यवाद दिंदै संघले अझै सहयोग संकलन जारी राखेको छ ।
नेपाल प्रवासी मगर संघ दोहा कतारका केन्द्रिय कोषाध्यक्ष लिलाम्बर चिदीमगरका अनुसार, संघले खपाङ्गीको लागी सहयोग उठाई रहेको यो दोश्रो चरण हो । उनी भन्छन, यस आर्थिक संकलनमा कतार स्थित नेपाली दाजुभाईको राम्रो सहयोग रहेको छ भने अझै सहयोग आउने क्रम तिब्र रहेको छ ।
शरण थापामगर