अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु

Read Time:3 Minute, 16 Second

पोखरा, २ भदौ
 नेपाल सेभेन–ए–साइड फुटबल महासङ्घको वार्षिक कार्यक्रमअनुसार आइतबारदेखि पोखरा र·शालामा चौथो कास्की जिल्लाव्यापी अन्तरविद्यालय सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७० सुरु भएको छ। उद्घाटन खेलमा र धौलागिरि बोर्डिङ स्कुल हेमजा ले एल ए उमावि ए लाई २–० ले पराजित गर्यो।
दोस्रो खेलमा अमरसिंह उमविले प्रगति बोर्डिङ स्कुललाई २–० ले, तेस्रो खेलमा सैनिक आवासीय महाविद्यालयले लक्ष्मी आदर्श उमाविलाई २–०, चौथो खेलमा भाष्कर मेमोरियल बोर्डिङ स्कुल फूलबारीले बालविद्या बोर्डिङ स्कुललाई १–० ले पराजित गर्यो। यस्तै पाँचौं खेलमा जनप्रकाश उमावि भण्डारढिकले बेथानी बोर्डिङ स्कुललाई २–० र छैटौं खेलमा सोसियल पब्लिक स्कुलले बेसलाइन एकेडेमी कुँडहरलाई ५–० ले पराजित गर्यो।  भदौ ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २८ टीमको सहभागिता रहेको छ।


यसअघि रेफ्री दीपेन्द्र कार्कीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइरालाले छिटो–छिटो खेलिने प्रतियोगिताले भविष्यमा राम्रा स्ट्राइकरहरू जन्माउन सकिने भएकोले यस्ता प्रतियोगिता निरन्तर भइरहनुपर्नेमा जोड दिए।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले जति प्रतियोगिता हुन्छन् त्यति नै मात्रामा खेलको विकास हुँदै जाने दाबी गरे। उनले पोखरा खेलकुदको राजधानी मानिनुको कारण पनि पोखरामा नियमितरूपमा प्रतियोगिता भइरहने कारणले गर्दा भएको बताए।
कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष गोपी भट्टराईले सेभेन–ए–साइड फुटबलले पोखरामा राम्रो छाप पारेको भन्दै यसले खेलाडी र आयोजक दुवैलाई आम्दानी दिएको बताए।
प्रतियोगिता संयोजक एवं महासङ्घका उपाध्यक्ष संयोजक खेमबहादुरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासङ्घका सल्लाहकार डीबी नेपालीले गरेका थिए। प्रतियोगिताको विजेता तथा उपविजेतालाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताअन्तर्गत सोमबार छ वटा खेल हुने रामकृष्ण बास्तोला गोर्खालीले जानकारी दिए।

सविता मगर,पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %