हंगकंग, मगर संघ हंगकंगले १६ औ बार्षिक उत्सब याउ मा तेइ कम्युनिटी हलमा मनायो । संघका अध्यक्ष चन्द्र ज्योति आले मगरको अध्यक्षतामा खुला सत्रको कार्यक्रम महासचिब बोध बिक्रम थापा मगरले सञ्चालन गरेका थिए । संघका पूर्व अध्यक्ष नेत्र पहराई मगर प्रमुख आतिथि रहेका थिए । अन्य संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथि रहेका थिए । संघलाई सहयोग गर्ने विभिन्न ब्यक्तिहरुलाई सम्मान गरीएको थियो । आजिवन सदस्य लिने सदस्यहरुलाई आजिवन सदस्यता ताम्रपत्र प्रदान गरीएको थियो ।
बन्द सत्र सचिब सुमन थापा मगरले सञ्चालन गरेका थिए भने महासचिब बोध विक्रम थापा मगरले कार्य प्रतिबेदन र कोषाध्यक्ष हेम थापा मगरले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए । दुबै प्रतिबेदन हलले पास गरेको थियो ।
मगर संघ हंगकंग १६ बर्षमा लाग्यो
Read Time:1 Minute, 12 Second