बच्चा च्यापी आदिवासी झण्डा बोकी तन्टलापुरे घाममा

Read Time:6 Minute, 33 Second

दाङ, साउन २९
 नेपालका आदिवासी जनजातिहरुले अधिकार पाएनन् भने मुलुकको विकास हुन नसक्ने नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषद्का अध्यष नगेन्द्रकुमार कुमालले बताए । संबिधानमा आदिवासी जनजातिका मुद्दाहरु सम्बोधन भएनन् भने मुलुकको विकास हुन नसक्ने भन्दै अध्यक्ष कुमालले आदिवासी जनजातिका अधिकार संबिधानमा सुनिश्चित हुन नदिनका निमित्त बिभिन्न तानाबाना बुन्न थालिएमा त्यसको बिरुद्धमा महासंघ सडकमा उत्रन बाध्य हुने बताए ।


    १९ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् दाङले आज (२०७० साउन २९ गते मँगलवार) घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष कुमालले महासंघको आन्दोलन भनेको कसैलाई खेद्न वा लखेट्नका निमित्त नभएर, अरुको अधिकार खोस्ने आन्दोलन नभएर समान अस्तित्व, पहिचान र अधिकार प्राप्तिको आन्दोलन भएको बताउनुभयो । सभाका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष कुमालले अहिलेसम्म कानुनीरुपमा प्राप्त गरेका अधिकारलाई ब्यवहारतः कार्यान्वयन गराउनका निमित्त महासंघ लागिरहेको भन्दै सँगसँगै महासंघको वर्तमान मुभमेन्टलाई पनि अगाडी बढाईरहेको बताए ।

 त्यस अवसरमा बोल्दै महासंघका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार राजकुमार लेखीले आदिवासी जनजाति महासंघले जातिय राज्य नभएर पहिचान सहितको सँघियताको पक्षमा वकालत गरेको बताए ।  जातिय राज्यमा एकल जातिय राज्य, एकल भाषा, एकल संस्कृति एकल धर्म हुने भएका कारण त्यस्तो किसिमको राज्य ब्यवस्थाले मुलुक अगाडी बढ्न नसक्ने भएकोले सबै जातिको पहिचानसहितको राज्यको पक्षमा अहिलेको आदिवासी जनजाति महासंघको अभियान अगाडी बढीरहेको लेखीले जानकारी दिए ।  लेखीले मगरात, थारुवान, लिम्बुवान, ताम्सालिङ भनेको एकल जातिय राज्य नभएर पहिचान सहितको राज्य भएको बताउँदै सबैको पहिचान हुने खालको सँघियतालाई बङ्ग्याएर महासंघले सञ्चालन गर्दै आएको अभियानका बारेमा गलत ब्याख्या नगर्न समेत  आग्रह गरे ।
आदिवासी जनजातिका अधिकार सुनिश्चितताका निमित्त मंसिर ४ गतेको तोकिएको संबिधानसभाको निर्वाचन कुनैपनि हालतमा हुनैपर्ने बताउँदै उनले लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, संघियता यि सबै उपलब्धीहरुको संस्थागत गर्नका निमित्त संबिधानसभाको निर्वाचन जरुरी रहेको बताए । चार दलका मुख्य ४ नेता प्रालिहरुले मुलुकको विकासका निमित्त अबरोध सिर्जना गर्दै आएको भन्दै लेखीले अब मुलुकको विकासका निमित्त नयाँ जोशका युवाशक्तिहरु अगाडी आउनुपर्ने बताए ।

 महासंघ दाङका अध्यक्ष तिलबहादु पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सचिव यशोदा चौधरी, नेपाल कुसुण्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुण्डा, नेपाल पत्रकार महासंघ दाङका सचिव तथा फोनिज दाङका सल्लाहकार सविन प्रियासन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा दाङका अध्यक्ष देविका घर्ती मगर, मुक्त कमलहरी विकास मञ्चका केन्द्रीय अध्यक्ष मञ्जिता चौधरी, कार्यक्रम निर्देशक फकला थारु, नेपाल मगर संघ दाङका सल्लाहकार दयाजी रोकामगर, सत्गौवा थारु समाजका उपाध्यक्ष कुसुम चौधरी, महासंघ क्षेत्र नम्बर १ का अध्यक्ष लेखकबहादुर रानामगर, छन्त्याल समाजका अध्यक्ष शेरबहादुर छन्त्याललगायतले शुभकामना मन्तव्य दिएकाथिए ।
महासंघ दाङका सदस्य पहलमान चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव लिलागम्भिर थारुले गरेकाथिए । विश्वका सम्पुर्ण आदिवासी जनजाति एक हौं, १९ औं विश्व आदिवासी दिवस २०७० को सन्दर्भमा आदिवासी जनजातिको अभियान, पुर्ण समानुपातिक समावेशी प्रतिनिधित्व र पहिचान सहितको संघियताका लागि नयाँ संबिधानसभाको निर्वाचन’ भन्ने मुल नारा लेखिएको मुल ब्यानर तथा बिभिन्न नाराहरु लेखिएको ब्यानर, झण्डा सहित घोराहीको ट्राफिक चोकबाट शुरु भएको ¥याली घोराही बजार परिक्रमा गरी कर्मचारी मिलनकेन्द्रको प्राँगनमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा जिल्लाका बिभिन्न क्षेत्रका आदिवासी जनजाति समुदायको उल्लेख्य सहभागिता रहेको थियो । त्यस अवसरमा नमुना थारु ग्राम सिसहनिया सौडियारले थारु जातिको परम्परागत छोक्रा नृत्य प्रस्तुत गरेको थियो भने मुक्त कमलहरी विकास मञ्च दाङकी अध्यक्ष उर्मिला चौधरीले संदेसमुलक गीत गाएकाथिए ।
देविका घर्ती मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %