आगलागीले म्याङ्लुङको जनजाति, किरात र तामाङ कार्यालय ध्वस्त

Read Time:2 Minute, 57 Second

 

पुर्वी पहाडी जिल्ला तेह्रथुमको सदरमुकाम म्याङलुङ वजारमा आगलागी भएको छ । आगलागिवाट २ घर ध्वस्त भएको छ भने अन्य ४ घरमा क्षति पुगेको छ  भने १ करोड ११ लाख ११ हजार ५ सय रुपैया क्षति भएको छ ।

तेह्रथुम सदरमुकाम म्याङ्लुङ्गको टुंढीखेलमा रहेको दिलबहादुर तामाङ्ग र कल्पना खड्काको घर आगलागीवा ध्वस्त भएको हो । उक्त घरको आधा भाग तामाङ्ग र आधा भाग खड्काको थियो । यसैगरी आगो नियन्त्रण गर्नेक्रममा चन्द्रबहादुर विष्ट, युवराज खनाल र डिकबहादुर खड्काको घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । आगो नियन्त्रण गर्नेक्रममा छानो भत्काउदा अरु तिन घरमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।  


आगलागीबाट तामाङ्ग र खड्काको परिवारसँगै घरमा डेरागरी बस्ने ७ परिवारको धनमाल जलेर नष्ट भएको छ । आगलागीमा आदीवासी जनजाति जिल्ला समन्वय परिषद, नेपाल तामाङ्ग घेदुङ्ग संघ र किरात राई यायोक्खाको कार्यालय समेत धवस्त भएको छ । त्यसैगरी एक दर्जन भन्दा वढी किराना पसलहरुमा पनि क्षति पुगेको छ भने आगलागीवाट २३ परिवार विस्थापित भएका छन् । खाना पकाउने एलपी ग्याँसको रेगुलेटरबाट ग्याँस लिक भई घरमा आगालागी भएको प्रहरीले जनाएको छ ।
विहान साढे ८ बजेबाट सुरु भएको आगो करिव तिन घण्टामा नियन्त्रणमा आएको थियो । आगो, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले निभाएका थिए । ११ बर्ष अघि पनि म्याङ्लुङ्ग बजारमा भिषण आगालागी भएको थियो ।

२०५९ मंसिर २२ गतेको भिषण आगलागी हुदा तेह्रथुम सदरमुकाम म्याङलुङ बजारका ८६ घर धवस्त भएका थिए । आगलागिवाट भर्खरै काचुली फेर्नलागिरहेको अवस्थामा आज फेरी आगलागी भएको हो । वजारमा जोडिएर रहेका घरमा आगलागी हुदा भिषण आगलागी हुन सक्ने सम्भावना थियो । पहाडी क्षेत्रमा कही पनि वारुण यन्त्र दमकल नभएकोले सो परिणामको क्षति भएको वताईएको छ । समयमै दमकल पुगेको भए यत्तिको ठुलो क्षति नहुने प्रत्यक्षदशीहरु वताउछन् ।
-भैरब आङ्ला, धरान
तस्वीर सौजन्य ः भरत ईङ्नाम, तेह्रथुम

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %