आदिवासी जनजाति महासंघ हङकङले हरेक बर्ष बितरण गर्दे आएको आदिवासी बर्ष पुरुष र चेलीको पगरी यस साल नेपाल मगरसंघ हङकङकि चन्द्रज्योति आले र सुनुवार सेवा समाजका अध्यक्ष नरेश सुनुवारलाई प्रदान गर्यो ।
आदिवासी मुद्दालाई सशक्त बनाउन आ-आफ्ना क्षेत्रबाट योगदान दिनेहरुलाई तिनको विशेष योगदानको कदर स्वरुप यो सम्मान प्रदान गरिन्छ । लिम्बुवान राजनीतिमा सक्रिय पत्रकार भवानी बराल यसपालिको प्रमुख अतिथि थिए । उनको हातबाट यो पदवी धारण गराइएकोथियो ।
{youtube}http://www.youtube.com/watch?v=avhbdOhKLHc{/youtube}