दुबईमा चियापान सहित आदिवासी दिवस

Read Time:2 Minute, 13 Second

  नेपाल आदिवासी जनजाति युवा परिषद युएईको आयोजनामा दुबईमा १९ औ विश्व आदिवासी दिवशको उत्सव चियापान कार्यक्रम गरि मनाईयो । केरेला सोसियल सेन्टरमा राखिएको चियापानमा कार्यक्रममा प्रमुख अतिथि युएईकालागि नेपाली राजदुत महामहिम धनन्जय झाले  दिप प्रज्वलन गरेर समारोहको उद्घाटन गरेकाथिए । शहिदको सम्झनामा एक मिनट मौन बसी कार्यक्रम शुरु गरिएकोथियो ।

कार्यक्रम संयोजक उपाध्यक्ष मोहन कुमार तामांगको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा मन्तब्यको मन्तब्यको श्रृखंला चलेकोथियो । जसमा  मंच सम्बद्द संघिय लिम्बुवान राज्य परिषदका प्रमुख सल्लाहाकार ललित बहादुर लिम्बु,जन प्रगतिशिल मंच युएई बुद्दिजिवी परिषदका संयोजक पिताम्बर पोख्रेल,जन प्रगतिशिल मोर्चा युएईका उपाध्यक्ष राम शरण कडरिया,समाजसेवी एवं आदिवासी जनजाति बुद्दिजिवी सुजन थापा मगर, परिषदकी उपाध्यक्ष चन्द्रकला राई,जातिय समुदाय संगठन प्रमुख क्रमस नेवा प्रमुख सूर्यभक्त श्रेष्ठ,थारु समुदाय प्रमुख गणेश थारू,तामांग समुदाय प्रमुख भिम तामांग,राई समुदाय प्रमुख कुसमणी राई,कोषाध्यक्ष दिपेन्द्र कुमार राई,प्रवक्ता नविन थापा मगर,सचिवालय सदस्य कार्चुंग लामाले बोलेकाथिए ।

  चियापान समारोहका सभापतित्व परिषदका अध्यक्ष हरि बहादुर घर्ति मगर र कार्यक्रमको संचालन महिला तथा जन सम्पर्क विभाग प्रमुख शुसी पुलामी घर्ति मगरले  गरेकि थिईन ।

-पुलामी, दुबई

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %