पोखरा, २० साउन
द लुक्स फेसन होमले यस वर्ष पनि पोखरामा मिस लिटिल वल्र्ड पोखरा–२०१३ आयोजना गर्ने भएको छ । साउन २६ गते शनिबार पोखरा सभागृहमा हुने फाइनलमा सहभागी २० जना प्रतिष्पर्धी उपाधिका लागि स्टेजमा उत्रिदैछन् ।
प्रतियोगितामा जुनियरतर्फ ११ जना र सिनियरतर्फ ९ जना प्रतिष्पर्धी सहभागी ् छन् । अमेरिका र हङकङमा बस्दै आएका नेपाली प्रतिष्पर्धीहरु पनि यसपटक स्टेजमा देखिनेछन् । जुनियरतर्फ ७ देखि ११ तथा सिनियरतर्फ १२ देखि १५ वर्ष उमेर समूहका प्रतिष्पर्धीहरु सहभागी रहेका हुन् । दुबै उमेर समूहका विजेता काठमाडौमा आगामी भदौ १५ गते हुने प्रतियोगितामा सहभागी हुन पाउने छन् ।
पोखराजस्तै अन्य प्रमुख ६ सहरमा पनि अडिसन लिइसकेपछि काठमाडौमा नेपलिज काउन्सिलको आयोजनामा हुने प्रतिष्पर्धामा विजयी मिस लिटिल वल्र्डमा पुग्नेछन् । यसै वर्ष टर्कीमा मिस लिटिल वल्र्ड हुँदैछ । गत वर्ष नेपालकी सुप्रिया मास्केले उपाधि जितेर नेपालको नाम राखेकी थिइन् ।
द लुक्स फेसन होमले पोखरामा नेपलिज काउन्सिलले सहयोग गरेको मिस लिटिल वल्र्ड पोखरा–२०१३ का प्रतिष्पर्धीहरुलाई शनिबार पोखरामा ट्यालेण्ट राउण्डमा उतारेको छ । प्रतिष्पर्धीहरुले अन्तरनिहीत प्रतिभा देखाएका छन् । उनीहरुमध्ये केहीले नृत्य प्रस्तुत गरे, केहीले स्पिच दिए, केहीले हार्मोनियम बजाए भने केहीले ह्याण्डिक्राफ्ट प्रस्तुत गरे । जसमा राष्ट्रिय सौन्दर्यकर्मी युनियनकी जिल्ला अध्यक्ष सुमन गुरुङ, नृत्य प्रशिक्षक सुभाष राई र हङकङ व्युटी कन्टेष्टका उपाधि विजेता सुजू पुन निर्णायक थिए । उपाधि विजेतासहित मिस ट्यालेण्टको घोषणा पोखरा सभागृहमा हुने मुख्य स्पर्धामा घोषणा गरिने जनाइएको छ । सहभागीहरुको व्यक्तित्व विकासका लागि आयोजकले गत साउन १ गतेदेखि नै विभिन्न तालिम प्रदान गर्दै आइरहेको छ । प्रतियोगितामा मिस कल्चर २०१० की विजेता सुरक्षा गुरुङको कोरियोग्राफी रहेको छ ।
विभिन्न विद्यालयहरुमा अध्ययन गर्ने बालिकाहरु टाइटल आफ्नो ताजमा सजाई मिस लिटिल वल्र्डको दौडमा सहभागी हुन विभिन्न प्रशिक्षणमा ब्यस्त छन् । स्कुल छुट्टीको समयमा प्रतियोगितामा सहभागी भएर नयाँ–नयाँ कुराहरु सिक्न पाउँदा आफूहरुलाई पनि खुशी लागेको उनीहरु बताउँछन् । प्रतियोगितामा ंएञ्जल घले, सोनिया अधिकारी, स्नेहा क्षेत्री, पूजा लम्साल, सन्ध्या रानाभाट, विपाशा श्रेष्ठ, सोनु थापा, आकांक्षा पराजुली, मोनिका गुरुङ, कृपा गिरी, मनिषा गुरुङ, आचल पराजुली, सुविक्षा गुरुङ, अर्पन घिमिरे, शुभु थापामगर, सीया तामाङ, एलिशा गुरुङ र आरजु केसी, सुजाता शर्मा र विनिता गुरुङलगायत सहभागी छन् ।
सविता मगर,पोखरा
मिस लिटिल वल्डमा हङकङ र अमेरिकाबाट पनि
Read Time:4 Minute, 1 Second