राज्यसत्ता डटकममा १३ जुन मा प्रकाशित र त्यसपछि संघ मगर संघ, युकेको कानुङ लाङ्घामा छापिएको ‘शैक्षिक क्षेत्रमा (बेलायत र भारतिय) भूपू सैनिकहरुको योगदान’ बिषयक मेजन पुन मगरको खोजमूलक लेखमा तनहूका सुर्य मगरले लेखेको टिप्पणी
बेलायत बस्ने मगरहरुको संघ मगर संघ, युकेले कानुङ लाङ्घा नामको मुखपत्र वार्षिक रुपमा प्रकाशन गर्छ । जसको सम्पादक मण्डलमा नेपालमा नै बस्ने मेजन पुन मगर जी पनि हुनुहुँदो रहेछ । वहाँ मार्फत ८ अंक ०७० को प्रकाशन प्रति मैले पनि प्राप्त गरें । यस भित्र शिक्षा क्षेत्रमा भू.पू. सैनिकहरुको योगदान शिर्षकको खोजमुलक लेख रहेछ यो वहाँकै सृजना हो । म आज यही लेखलाई खोतल्दै विद्वता के हो र यसको भूमिका वा जिम्मेवारी बारे आफ्नो सुझ–बुझ व्यक्त गर्न चाहन्छु ।
मेजन पुन मगर जीका सृजना धेरै छन् । वहाँ मगर जाति कै बारेमा बढि केन्द्रित हुनुहुन्छ । मानौं मगर जातिकै निम्ति त्याग र समर्पण हुँदै आएकाछन् । मगर के हो ? कसरी उभो लगाउन सकिन्छ ? वहाँ निरन्तर प्रयत्नशिल हुनुहुन्छ । इतिहास लेख्नु भयो— पुन मगर एक अध्ययन । फिल्महरु बनाउनु भएको छ । स्वयम् कलाकार, लेखन, निर्देशन र पत्रिकाहरु पनि प्रकाशन गर्नु भयो । आफ्ना स्व–विचारहरु पनि सम्प्रेषण गर्दै आउनु भएको छ । मेरो पोखरामा नातेदार हुनुहुन्छ । वहाँहरु मार्फत मैले मेजन पुन मगर जीबाट उब्जिएका प्रतिभाको स्वाद प्राप्त गर्ने अवसर पाएँ । यसैले मलाई वहाँसित मित्र साइनो लगाई दियो । दुई तीन वर्ष भयो । हामी गफगाफमा रम्दै आएका छौ । पिरतीको बन्धन अघि बढदैछ । न साखुल्ले, न गुरु–चेला, न शिष्य । दाई–भाई हुँदै आएका छौं । वहाँ मलाई माओवादी भन्नुहुन्छ । म वहाँलाई जातिवादी भन्छु । ठोकाबाजी पनि चल्छ । अन्यथा मानिदैन ।
मगर जीको लेखन वा वहाँ लागिरहेको सबै क्षेत्रमा दक्षता देख्छु । कानुङ लाङ्घाको उक्त लेख बारे पनि टिप्पणी गर्नुपर्ने मैले केही देख्दिन । लेख लामै छ । बेलायत र भारतमा कार्यरत गोर्खाली फौजको इतिहास के हो वा स्थापना कसरी गरियो यी सबै नालीबेलीको सजिवता जान्न सकिन्छ । वहाँले यो पनि प्रष्ट पार्नु भएको छ । जनजाति मध्ये मगर र गुरुङ बेलायतको पहिलो रोजाई थियो । नालीबेलीका समग्रता उत्खनन गरिएकोले यस्तो लाग्छ वहाँ स्वयम् ब्रिटिश वा भारतीय गोर्खा हुनुहुन्छ । तर वहाँ म्यानेजमेन्टको विद्यार्थी हुनुहुन्छ । वहाँले यो लेखमा भन्न खोजेको के हो भने हाम्रो पुर्खा लाहुरे मात्र होइनन् — शिक्षा प्रेमी पनि हुन र नेपालको शिक्षा विकासमा महत्वपूर्ण भूमिका छ । लेखमा वहाँले उप शिर्षक राख्नु भएको छ । र, सबै बेलिबिस्तार पाइन्छ । मेरो विचारमा सामान्यजनले पनि बुझुन भन्ने वहाँको अभिप्राय हो । भाषामा पनि सरलीकरण छ । अर्थात क–कसले कहाँ के के योगदान गरे विवरण समेत लेख्नु भएको छ ।
मैले खोतल्छु र टिप्पणी गर्नु पर्दैन भनिसकेको छु । मेरो यो भनाईलाई अन्यथा मान्नु पर्ने छैन । टिप्पणी यो अर्थमा गर्नु पर्दैन । घटनाक्रम र योगदान यथार्थ छन् । खोतल्नु किन पर्यो ? यो लेखको मनसाय के हो ? म किनाराको गफगाफेदेखि जान्ने र सुनी जान्ने मात्र होइन । आफ्नै विवेक पनि बोल्नु पर्छ । वहाँले लेख्नु भएको छ– करकापको भर्ती थियो, षड्यन्त्र र लुटको शिकार भयौं । म यो झुठ हो भन्दिन । वहाँ यो पनि लेख्नुहुन्छ– भू.पू. सैनिकहरुको शिक्षामा योगदान थिएन भने यो अवस्थामा आउन धेरै वर्ष प्रतिक्षा गर्नु पथ्र्यो । वहाँले बहादुरीको गर्व पनि सबिस्तार गर्नु भएको छ । यो स्वयम् विरोधाभास भएन र ? खोतल्नु पर्ने विषय यिनै हुन् ।
हामी न भर्ती केन्द्रको विरोध गर्न सक्छौं न इतिहासलाई पचाउन सक्छौं । मेरो मत के हो भने विद्वानहरुले विरोधाभास शब्द गठन गर्नु भएन । के कसैलाई खुसाउन वा तितो पोख्नु मात्र विद्वता हुन्छ र ? पुन जी प्राज्ञिक मात्रै हुनुहुन्न । विद्वताको श्रेणी उक्लिन खोजे पछि सहजै सबैको मुख रसाउँछ । म पनि वहाँको पछिपछि आशाले नै घिस्रिदै छु । वहाँ अब अल्लारे हुनुहुन्न । कलमले फडको हालिसकेको छ । यदि यो शब्द लाहुरेकै थियो भने कसिकसाऊ हुदैनथ्यो । भू.पू. सैनिकहरुको इच्छा, बहस विद्वता यो मात्रै हुँदैन । मैले भन्दै आएको छु– उन्नाइसौ शताब्दीमा युरोपका मजदुरले पुजीपतिको गर्धन छिनाए । फ्याक्ट्रीमा आगो लगाए । माक्र्सले यो घटनालाई गम्भिरताका साथ लिनु भयो र गहन अध्ययन गर्नु भयो । वहाँको निष्कर्ष यस्तो थियो – मजदुरको जीवन बर्वाद गराउन न फ्याट्री दोषी हो न व्यक्ति । गलत विचार र चिन्तन क्रिया दोषी हो । वहाँले यसरी नै साम्यवाद उब्जाउनु भयो वा प्रतिपादन गर्नु भयो ।
पुन जी मगर उत्थान र विकासका लागि मात्र होइन बेलायत र भारतीय गोर्खा रेजिमेन्टका भू.पू.सैनिकहरु बारे बोल्दै हुनुहुन्छ । हाम्रा पूर्खाको आर्जनले शिक्षा मात्रै होइन– जीवन नै पाएका छौं । त्यही जंगल र गोठाले जीवन थियो भने शिक्षितको अवसर होइन जनसंख्या वृद्धि नै रोकिन्थ्यो । यसरी हेर्दा श्रेय राणाहरु वा राजाले पाउँछन् । र, उनीहरुले लेखेको इतिहास के यस्तै छैन र ? मानौं, उनीहरुले जबरजस्ती नै गरे वा आफ्नै लागि गरे । तर हाम्रो पनि भएन र ? मेजन पुन मगर जीलाई मैले साम्यवाद अंगाल्नुस् भन्दिन । न मगर वा भू.पू. सैनिकहरुलाई भन्न सक्छु । किनकि विचारको अर्थ कसैले पिलाउने चिज होइन । मलाई कसैले ढुङालाई पुजा गर भन्लान । मैले त्यतिबेला सम्म गर्दिन जतिबेला सम्म मलाई ढुङा पनि देउता हुन भन्न सक्दिन । जब म बेसाहारा वा मृत्युको मुखमा पुग्छु ढुङा होइन के के लाई पुज्छु थाहा हुँदैन । माक्र्सको साम्यवादी लहर उनले बनाएको होइन जहाँ औद्योगिक सर्वहारा छैन । हामी कहाँ आई पुग्यौ । लहै लहैमा म पनि आकासिए । तर माक्र्सलाई पनि थाहा थिएन । साम्यवादका रंग यति धेरै हुनेछ । हामी अहिले रंगीन र कुरुपताको फोहरी साम्यवादी लहरमा पौडिदैछौ ।
विचारको इतिहास केलाउन सहज छैन । म जस्तो गफगाफे थाक्नुको अर्थ आश्चर्य होइन । यो सानो मुलुकको पछौटे संस्कृति र गरीवी भित्र जन्मिए । नाङो ढाक्न र भेद भर्न वा दुई चार अक्षर पट्कार्न वा खुट्याउन सक्दा ठूलै भए भन्ने लाग्थ्यो । जब गहिरीन थाले स्वयम्लाई लज्जा हुन्छ । हामी आफ्नै बारेमा थाहा पाउँदैनौं । र, स्वयम मिल्न सक्दैनौं भने खोई गरौंला के ? विद्वता यो पनि होइन रहेछ । विद्वता बारेमा मैले बुझेको के हो भने सृजनात्मकता अवश्य यसले खोज्छ, विमति छैन । तर उब्जिन्छ कसरी ? म गरीव जीवन भित्र अथाह ज्ञान भेट्छु, सागर छ । तर उनीहरुलाई हराइरहेको जाति हो । त्यहाँ पनि ज्ञानको सागर छ भनेर खोजी कार्य गर्नु स्वयम् विद्वता हो । प्रश्न यो हो वहाँले यसलाई डो¥याउनु हुन्छ कसरी ? अर्थात विचारको प्रश्न उभिएको छ । मलाई थाहा छ, वहाँ यथास्थिति खोज्दै हुनुहुन्छ । वहाँ यति मात्रै भन्दै हुनुहुन्छ— भू.पू. सैनिकहरुको शिक्षा प्रेमलाई पनि राज्यले आँखा लगाईदिओस् । मेरो मत के छ भने हामी आफ्ना मागहरु राज्य समक्ष अवश्य निवेदन गर्छौ, निवेदन कहाँ पुग्छ थाहा हुँदैन । किन यस्तो हुने गर्छ ? स्वयम् राज्य के हो ? यदि यो स्वयम् विवेकशिल हुन्थ्यो भने निवेदनको आवश्यक नै थिएन । राज्यभित्र हामीले आफ्नो पनि हैसियत खोजेको छौं । यहाँ सम्म आउनु मैले उपलब्धी नै मान्छु । र, स्वयम् यो स्थिति पनि बनेको होइन । मेजन पुन मगर जीको पसिना पनि यसभित्र छ । हामी कताबाट कहाँ आईपुग्यौं । यदि यसरी बुझ्दैनौं भने गन्तव्य सधैं अन्यौल हुन्छ ।
हामी आदिवासी जनजाति र लाहुरे भनेर उठेका छौं । मैले यो भन्नै पर्छ म यसरी उठिन । मलाई यो थाहा थिएन । आदिवासी जनजाति र लाहुरे पनि राजनीति हुनेछ । अबका भविष्य सायद सम्पतिको स्वामित्व नीजि वा सामाजिक हुने सम्बन्धित रहेन नै भन्नु पर्छ । यो पनि छोडि दिऊ । देखिन्छ के भने यो मेरो मुलुक यहाँको म नागरिक भने पनि रहन्छ कि रहन्न भन्न सकिने स्थिति छैन । जहाँ जला जोगी भातै खाला– भने जस्तो भईरहेको छ । सन् २००० यता यो स्थिति बन्यो । म भू.पू. सैनिक बारे कसरी बोलौं ? विवशता हो वा रहर, धुमिलिदैछ । युरोप र अमेरिकीहरु भन्छन् सहयोग हामी गर्छौ । यदि यो उनीहरुकै बास स्थान भए नाम नेपाल नै रहे पनि शरणार्थी को होला ? प्रश्न स्वयम् उठिरहेको छ । बेलायत भारत वा जो कुनै मुलुकमा बसेर म पनि मगर वा नेपाली हुँ भन्नु गर्व अवश्य लाग्छ । तर आफ्नो भूमिका के हुने ? सायद हामी जीवनलाई रस रंग मात्रै ठान्छौं । मैले विद्वताको कुरा गर्दैछु । कसले आफ्नो हितमा बोल्छ । गर्व कसले गरिदिन्छ र कसरी जीउन सहज हुन्छ । विद्वता यसलाई मानिदैन, यो फगत शरीर मात्रै हो ।
भू.पू. सैनिक बारे राज्य बेखबर यो अर्थमा भयो । विद्रोह कहिल्यै गरेनन् । आदिवासी जनजातिको आन्दोलनले पनि के दिन सक्ला ? आफ्नो जातीय पहिचानको मुद्दा अवश्य उठायो । मानौं कुनै अर्थमा पहिचान हुने छ र कोठामा अंश अवश्य मिल्ने छ । अर्थात भाषा संस्कृति र धर्म पनि गरिएला । तर जनजीवन के हुन्छ ? यदि भरोसा लाहुरे कै हुने हो भने प्राप्त अधिकार स्यवम्लाई बोझ नहोला ? हामी लाहुरे किन भयौं वा पछाडि धकेलियौं किन ? हामीले भन्ने गर्छौं, अवसर नै भएन अन्याय गरे । सत्यता यो मात्रै थिएन । बौद्धिक विकास बारे खोतल्नु पर्छ । अद्यावधि म के देख्छु भने शरीरकै लडाईमा प्रेरित छौं । जसको कारण शरीरको उपयोग जो कोहीले गर्छ । प्राज्ञिकको अर्थ सिङो भुगोलको बोध हो र विद्वताको अर्थ आफ्नै विवेक उब्ज्याउनु हो । हामी कहाँ थियौं र छौं ? कहाँ हामी आफ्नो जाति भनेर गर्व सधैं गर्दै आयौं स्वयम् यो गलत होइन । तर विद्वता असिमित सम्बन्धबाट उब्जिन्छ । हामी यन्त्र मानव वा बैशाखी किन भयौं ? मश्तिष्क टकराबबाट सधैं टाढा भाग्छौ र आफ्नै समुह शक्ति भित्र आफ्नो गर्व खोज्छौं । दुर्भाग्य यही हो, शरीर मात्रै हामी सित हुने गर्छ । मानौं, भोलिको राज्य प्रशासक मगर होलान्, उसको चुनौती के हुनेछ ? हामी भन्ने छौं खुट्टा ताने कामै गर्न दिएनन् । राजनीतिक पार्टी नेताहरु असफल किन भए ? कम्जोरी यही हो । समुह शक्तिबाट माथि उठन सकेनन् । विद्वता के भयो ? न बजे मुरली न रहे बाँसुरी । यो नै अभिसाफ हो ।
विद्वतालाई सामाजिक जीवनको उत्थान वहाँको उद्देश्य असभ्य मगर र पुन होइन । यदि कसैले भू.पू. सैनिक र मगरलाई पिछडा भनिदैनथ्यो भने वहाँले लेख्नु हुँदैनथ्यो— शैक्षिक क्षेत्रमा भू.पू. सैनिकहरुको पनि योगदान छ । मैले आफ्नो विवेक सित मिलान गर्न खोज्नु किमार्थ व्यङ्ग्य होइन सच्याईनै पर्ने छ । शरीरलाई हामी जति अघि बढ्न दिन्छौं– विद्वताको अर्थ रहँदैन । वहाँका भावना स्वच्छ छ, विमति छैन । मेहनत गर्नु भएको छ । आफुलाई उठाउन प्रयत्नशिल हुनुहुन्छ । यद्यपि उठिन्छ कसरी ? प्रश्न उभिएकै छ । प्रस्तुति पनि महत्वको विषय हो । धेरै विद्वानहरु भार खोज्दैछन् । पक्षीय भावमा बोल्दै आए, थाहा पाएनन् विद्वता के हो ? निर्दिष्ट वा लक्षित जसलाई गरिए पनि उर्जा हुनेहरु नै बोल्छन् र यसैले उठाउँछ व्यक्तित्व । मैले भदै आएको छु, मेजन पुन मगर जीका सृजनाहरु खोजी खोजी पढौं र बोलिदिऊ आफ्नो मत के छ ? जसरी मैले आजको यो शब्द गठन गरे । खुद्रा कुरा गरिन भन्दिन । मेरो आकांक्षा यही हो, सायद उमेर ओरालो लागेर पनि कचकच बढि हुन्छ । म देख्दैछु, मगरको सन्तानले औजार र बन्दुक बोक्नुको अलवा कलम समात्यो । चिन्तन क्रियाको यो साहस वा धृष्टता नै हो । अमुल्य नीधि संकलन भएका छन् जसको रक्षा र हुर्काउनु मेरो पनि कर्तव्य हो, मैले यही गर्दैछु ।
मेजन पुन मगर जी भू.पू. सैनिकहरुको शिक्षामा भरपुर योगदान छ । गर्वका साथ बोलिदिनु भयो । सेनाको अर्थ जाति बनायो कसले ? ब्रिटेन स्वयम् जिम्मेवार छ । उसले यो साम्राज्य बिस्तारको बिउ रोपेको थियो । यदि यसबाट छुटकारा पाएनौं भने भोलिका दिन अझै चुनौती स्वयम्लाई हुनेछ । राणा र राजा सचेत थिएनन् । बोधका अभाव थियो । सायद निरन्तरता बढ्दो छ, यो मेरो विनम्र निवेदन हो । पीडित हामी मात्रै छैनौं र शिक्षामा योगदान अरुको पनि छ, खोज्ने प्रयत्नको निरन्तरता अविरल बनोस् ।
तनहुँ, दमौलीबाट
यो लेख पढ्नोस-