हङकङका पहिलो पुस्ताले थ्री डी अर्थात डर्टी, डेन्जर र डिफिकल्ट पेशामा जोबन बिताए । दोश्रो पुस्ताका युवाहरुले तिनकै पदचाप पछ्याए । फरक यति थियो तिनका बच्चाले हङकङ भूमीमै जन्मि यहिकै वातावरणमा हुर्कदै गए । त्यहि हुर्किरहेका तेस्रो पुस्ता पुस्ताले हङकङका नेपालीहरुको शान बान मान राख्ने हुन् कि भनि आशभरी नजरले हेर्न थालिएकोछ ।
किनकी पहिलो र दोश्रो पुस्ताले यहाँ बनाएको छवि राम्रो छैन । स्थानीयहरुले नेपालीलाई ‘असम्भ, आपराधिक पृष्ठभूमी र अशिक्षित’ छविले पुकार्ने गर्दछन् । तर अहिलेका पुस्ताले त्यो छविलाई गलत सावित गर्दे गएकाछन् ।
केहि टिनएज यूवाहरुले अल्टर नामक संगठित ग्रुप बनाई समाजसेवाका निम्ति जे गर्न थालेकाछन् त्यसले त्यो छविमा थप प्रकाश थपिदिएकोछ ।
{youtube}https://www.youtube.com/watch?v=iAPt8rx3Jyc{/youtube}