पढउने गुरु भगवान हुन् । तिनै गुरुले दिएको शिक्षाले कलिला वालवालिकाको भविष्य वन्छ हामी आम मानिसले सोच्ने यस्तै हो । तर यहाँ अनौठो घटना सार्वजनिक भएकोछ । पुर्वी नेपालको सुनसरी स्थित धरान १९ मा रहेको ईम्मानुएल ईन्टरनेसनल वोर्डिङ स्कुलका प्रिन्सिपलले वर्षौ देखि छात्राहरुलाई यौन शोषण गर्दे आएको कुरा सार्वजनिक भएको छ ।
क्रिष्चियन अनुदानमा संचालनमा रहेको ईम्मानुएल ईन्टरनेशनल वोर्डिङ स्कुलका प्रिन्सिपल कपिङ मारमले आफनै विद्यालयका छात्राहरुलाई होस्टलमा जर्वजस्ती यौन दुव्र्यवहारका साथै वलात्कार समेत गर्ने गरेको पिडित वालिकाले वताएकी छिन् । क्रिष्चियन समुदायका वालवालिका पढने सो विद्यालयमा वर्षौदेखि वालिकाहरुमा यौन शोषण हुने गरेको एक पिडित वालिकाले ईलाका प्रहरी कार्यालय धरानमा वताएकी हुन् । एक दिन होस्टलमा नुहाउदै गर्दा आफनो प्रिन्सीपल कपिङ मारमले जर्वजस्ती गरी आफु ११ वर्षकै छँदा वलात्कार गरेको आफनो अभिभावकलाई सुनाएपछि प्रिन्सिपल मारमको कर्तुत सार्वजनिक भएको हो । पिडित वालिकाले आफुलाई आफनै प्रिन्सीपलले वलात्कार गरेको कुरा सार्वजनिक गरेपछि अभिभावकहरुले प्रिन्सिपल मारम र उनका श्रीमति रेदिला मारमलाई ईलाका प्रहरी कार्यालय धरानमा वुझाएका छन् ।
प्रिन्सिपल मारमले विद्यालयमा भर्ना भएका स–साना वालिकाहरुलाई फकाई वेहोस हुने औषधी खुवाएर यौन शोषण गर्ने, आफनो सम्वेदनसील अंगमा छोईदिने, टंङ किस गर्ने, अप्राकृतिक यौनशोषण गर्ने गरेको पिडित वालिकाहरुले वताएकाछन् । त्यसै गरी राति सुतेको अवस्थामा ओछयानमा प्रिन्सीपल आएर त्यसरी नै दुव्यवहार गर्ने गरेको समेत पिडित वालिकाहरुले वताएका छन् ।
भारतको मणिपुर स्थित सेनापति जिल्लाका ५० वर्षिय प्रिन्सिपल मारमले धरानमा १४ वर्ष देखि सो विद्यालयमा पढाउदै आएको वताईएको छ । जिल्ला शिक्षा कार्यालयले २०५७/५८ साल देखि प्राथमिक तह सम्म पढाउने अनुमति दिएको भए पनि कक्षा ७ सम्म पढाईने गरिएकोछ । पिडित वालिकाहरुले ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिईसकेका छन् भने प्रिन्सिपललाई थप अनुसन्धानका लागी म्याद थप गरिएको ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी चन्द्रदेव राईले बताए ।
त्यसैगरी उनकी श्रीमती मारमलाई बोलाएको बेला हाजिर हुने शर्तमा छाडिएको छ । उनलाई ७ दिने म्याद थप गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । थप अनुसन्धान गर्नुपर्ने देखिएकाले उनलाई म्याद थप गरिएको इप्रका धरानका प्रमुख डिएसपी चन्द्रदेव राईले बताए । क्रिष्चियन अनुदानमा संचालित सो स्कुलमा अनाथ तथा गरिव परिवारका छोराछोरीहरु अध्ययन गर्छन् । हाल विद्यालयमा ३१ छात्र र २५ छात्रा अध्ययन गरिरहेका छन् । यौन शोषणमा परेका अधिकांस वालिका १४ वर्ष मुनिका छन् ।
भैरब आङ्ला, धरान