पुर्व राजा ज्ञानेन्द्र शाहले जनताले राजा आउ देश वचाउको नारा लगाउन छाडेर जनता आउ देश वचाउको नारा लगाउने बेला आएको बताएका छन् । जनताको वलका अगाडि कसैको केहि नचल्ने भन्दै पुर्व राजा शाहले राष्ट्रियताको पक्षमा एकजुट हुन आम नेपाली जनतालाई आग्रह गरेका छन् ।
हिमानी कोषमार्फत सुदुर पश्चिमका वाढी पीडितका लागि राहत वितरण गर्न पश्चिम नेपालको भ्रमणमा रहेका पुर्व राजा ज्ञानेन्द्रले राजा ल्याउने नारा नलगाउन जनतालाई आग्रह गरेका हुन् । कञ्चनपुरका वाढी पीडितलाई वितरण गरिने राहत हस्तान्तरण कार्यक्रममा पुगेका पुर्व राजा ज्ञानेन्द्रले जनता एक भएमा मात्र राष्ट्र र राष्ट्रियता वलियो हुने वताए । पूर्वराजा शाहले बाढी पीडितलाई प्रत्यक्ष राहत वितरण गर्न नपाएकोमा दुख समेत ब्यक्त गरे । साथै उनले राज्यको नागरिक भएकाले राज्यको नियम मान्नु आफ्नो पनि कर्तब्य भएकाले कानुन वमोजिम आफु चल्ने प्रस्ट पारे ।
पुर्व राजाकै हातवाट राहत पाउनुपर्ने माग गर्दै वाढी पीडितहरुले नारावाजी गरेपछि पुर्व राजाले यस्तो वताएका हुन् । कार्यक्रममा हिमानि कोषले जिल्ला दैवीप्रकोप उद्दार समितिलाई राहत सामग्री हस्तान्तरण गरेको थियो । कार्यक्रममा कोषले एक हजार तिन सय आठ परिवारका लागि प्रति परिवार तिन वोरा चामल, भाँडाबर्तन र लत्ताकपडा वितरण गरेको थियो । त्यस्तै एक हजार विद्यार्थीलाई विद्यालय पोशाक र कापी कलम समेत हस्तान्तरण गरेको थियो ।
यस अघि कोषले कैलालीको टिकापुरमा छ सय वढी परिवारकालागि राहत सामग्री हस्तान्तरण गरेको थियो भने दार्चुलाका तिनसय वाढी पीडितलाई राहत सामग्री वितरण गरेको थियो । कञ्चनपुमा राहत हस्तान्तरण पछि हिमानी कोषको राहत वितरणको औपचारिक कार्यक्रम पनि सकिएको छ । सामग्री हस्तान्तरण पछि पुर्व राजपरिवार कञ्चनपुरकै चाँदनी दोधारा गाविस जोड्ने एसियाकै लामो झोलुंगे पुलको अवलोकनमा पुगेका थिए । पुर्व राज परिवार यहि १७ गते राजधानी फर्कने कार्यक्रम छ ।
जगन शर्मा, काठमाण्डु