गैर आवासीय नेपाली संघ (एनआरएन) युकेले रेडिङमा आयोजना गरेको च्यारिटी डिनरमा एनआरएनका केही व्यक्तिहरुको नितान्त स्वार्थपूर्तिकोलागि षडयन्त्रमूलक ढंगले पहिचान सहितको संघीयता विरोधी तथा नेपालको राष्ट्रिय राजनीतिमा चौतर्फी बदनामी कमाएका नेपाली कांग्रेसको केन्द्रीय सदस्य गगन थापालाई अतिथिकारुपमा आमन्त्रण गरेकोमा संस्थाको गरिमा झन तल झरेको हाम्रो ठहर छ । बेलायतबासी नेपालीहरुको प्रतिनिधिमूलक एनआरएनले विपि कोईरालाको ३१ औं स्मृति दिवस नै पारेर कार्यक्रम तय गर्नलाई संयोग मात्र थियो भन्न सकिन्न ।
लामो समयदेखि उत्पीडनमा परेका आदिवासी जनजाति, मधेसी, दलित मुस्लिम तथा पिछाडिएका समुदायलाई संविधानमार्फत अधिकार दिलाउन एकल जातीय पहिचान र जातिय जनसंख्याको आधारमा पूर्ण समानूपातिक प्रतिनिधित्व सहितको संघिएताले मात्र सम्भव हुने ,तर नेपालि काङ्ग्रेश जस्तो निर्णाएक भूमिका भएका पार्टि हरूको कृयाकलाप बाट संबिधान लेखन् कार्य अन्तिम चरणमा आइसकेको अवस्थामा पनि सहमतिमा नपूगि संबिधान सभाको आवशान गरिनू ,पहिचान सहितको संघिएतामा आल्टाल गरिरहनू ,जातिय जनसन्ख्याको आधारमा पूर्ण समानूपातिक प्रतिनिधित्वमा कन्जूश्याइ गर्नू र गोर्खा र संबन्धित हरूका स्टाटशमा समेत अशर पर्ने गरि डुवल नागरिकताको मुद्धालाइ एनारेन् आइडि मा टूङ्ग्याइदिनू आदिका कारणहरूले पनि यि एस्ता पार्टि हरू संघ संबन्धित कुनैपनि नेताहरूलाइ स्वागत गरेर स्याबाशि दिनू अनर्थ हुन्छ भन्ने निष्कर्ष अनुसार बेलायतीवासी संघीयता पक्षधर जनजाति महासंघका समर्थक हरू राष्ट्रिय जनमुक्ति पार्टी बेलायत , मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद र नेपाली संघीय समाजवाद (युके) पार्टीका कार्यकर्ताहरुले दबावस्वरुप नेता थापालाई कालो झण्डा देखाएर विरोध गरेका थियौं ।
त्यसमा एनआरजस्तो प्रतिष्ठित संस्थाले आयोजना गरेको कार्यक्रम बिथोल्ने हाम्रो उद्धेश्य थिएन । यदि थापालाई सम्वोधन गर्न मञ्चमा नवोलाएको भए हाम्रो विरोध पनि हुने थिएन ।
कार्यक्रमलाई थप प्रभाव नपरोस भनि सचेत हुँदै केही क्षण मै हलबाट वाहिरिएकोमा पत्रकार महामसंघ युकेका अध्यक्ष नविन पोख्रेलले “कालो झण्डा देखाएर होहल्ला गरेपछि जनजातिहरुले नै विरोधीहरुलाई कार्यक्रमस्थलबाट बाहिर निकालेर कायक्रम सुचारु भएको” जस्ता अतिरञ्जित समाचार सम्पे्रषण गरी पीत पत्रकारिताको खेती गर्ने पत्रकाहरुप्रति हामी घोर भ्रत्शना गर्दछौं । पूर्व योजना अनुसार हामी आफै बाहिरिएको आम सहभागीहरुलेसमेत प्रत्यक्ष देखेको हुँदाहुँदै कालो झण्डा देखाउनेहरुलाई प्रहरी बोलाएर घोक्रेठ्याक लगाई बाहिर निकालियोजस्ता दुश्प्रसारले संघीयता विरोधीहरुको पक्षपोषण गरेको सुन्योजित षडयन्त्र भएको ठहर गर्दै, त्यस्ता तत्वहरुलाई सचेत रहन चेतावनि पनि दिन्छौं।
भविष्यमा गैर आवासीय नेपाली संघ (एनआरएन) युकेले राजनैतिक बिवादमा मुछिएका व्यक्तिहरुलाई सहभागी नगराउने हरेक कार्यक्रमहरुमा हाम्रो निरन्तर सहयोग तथा सहभागिता रहने प्रतिवद्धतासमेत यसै प्रेस विज्ञप्ति मार्फत ब्याक्त गर्न चहान्छौं ।
भरत थापा मगर : अध्यक्ष राष्ट्रिय जनमुक्ति पार्टी बेलायत (००४४ –७९१६८६७७१६))
लोकेन्द्र तवेवुङ : अध्यक्ष मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद, बेलायत (००४४-७४८६५९२९०६)
भगवान चाम्लिङ : अध्यक्ष नेपाली संघीय समाजवाद (युके) (००४४- ७७२६४९६३१०)
२६ जुलाइ २०१३