गौतम र गुरुङ सम्मानित

Read Time:2 Minute, 7 Second

पोखरा, साउन १३
पोखरा फिल्म सोसाईटीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुरस्कृत दुई फिल्म निर्देशकलाई सम्मान गरेको छ । शनिबार सोसाईटीको दोस्रो अधिवेशनका अवसरमा सदस्य विष्णु गौतम र विकास गुरुङलाई सम्मान गरिएको हो ।
निर्देशक गौतमले २०६९ बैसाख २३ गते सेती नदिमा आएको बाढीबाट विस्थापीत निनी रचनी गाई फारमका संचालक रुद्रनाथ गौताको ‘निनी रचनी’ वृत्तचित्र बनाएका थिए । यस्तै निर्देशक गुरुङले ड्रग्सको विषयमा ‘जर्नी टु चेञ्ज’ छोटो फिल्म बनाएका थिए ।
पोखरा फिल्म सोसाईटीले गत वर्ष गरेको फिल्म निर्माण कार्यशाला गोष्ठीको प्रयोगातमक काम अन्र्तगत ती फिल्महरु निर्माण गरिएका थिए ।
निनी रचनी गत वर्ष काठमाडौंमा भएको सर्ट फिल्म फेस्टिबलमा दोस्रो  भएको थियो भने ‘जर्नी टु चेञ्ज’ लुथुएनियामा भएको फिल्म प्रतियोगितामा उत्कृष्ट भएको थियो ।
यसैबिच अधिवेशनबाट घनश्याम लामिछानेको अध्यक्षतामा चयन भएका छन् । सोसाइटिको उपाध्यक्ष जितेश प्रधान, महासचिव विष्णु गौतम, सचिव राजेन्द्र अधिकारी अपुर्ना, कोषध्यक्ष दीपक वाँस्तोला, सदस्यहरु सरोज सापकोटा, सर्वज्ञमान शाक्य, प्रकाश गुरुङ, पुजा गुरुङ, पुष्कर थापामगर, विना विक, महेश भाजु श्रेष्ठ, सागर शाह सर्वसम्मत चयन भएका छन् ।
सर्वसम्मत चयन अध्यक्षल भएका घनश्यामम लामिछानेले पोखरामा फिल्मको गतिविधि बढाउन काम गर्ने बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %