जनजाति आन्दोलनका धुरी गोरेबहादुर खपांगी मगर मोटरसाइकल दुर्घटनामा परेको आज ४ महिना पुग्यो । बैशाख १२ गते काठमाण्डुमा भैरहेको सातौ आदिबासी चलचित्र महत्सवमा अतिथीको रुपमा भाग लिन जाँदा पुरानो बसपार्क, प्रदर्शनीमार्गमा भक्तपुर निवासी मुहमद मसिन शेखले चलाएको बा ५१ प ७३७३ नम्बरको मोटरसाईकलले ठक्कर दिएर गम्भीर घाईते भएकाथिए ।
सुरुमा बीर अस्पतालको सघन कक्षमा राखिएका उनलाई पछि माइतीघर स्थित अन्नपुर्ण न्युरो अस्पतालको सघन कक्षमा लामो समय सम्म राखी उपचार गराइएको थियो । खपांगीको टाउकोको केहि सुधार भएतापनि छातीमा समस्या देखिएपछि चिकित्सकहरुकै सल्लाहमा छाती सम्बन्धि बिशेषज्ञ डा. रमेश चोखानीले र्हेने गरि केहि महिना अगाडी नर्भिकमा सारीएको थियो ।
तर खपांगीको स्वास्थ्यमा भने कुनै सुधार नदेखिएकोले चिकित्सकहरुले बिदेश लैजान सल्लाह दिईरहेकाछन । गोरेबहादुर खपांगी मगर उपचार सहयोग समिति मार्फ़त रेग्मी सरकारसंग बारम्बार ताकेता गर्दा समेत आश्वासन सिवाय केहि दिईएकोछैन ।
हाल खपांगीको स्वास्थ्यमा झनझन समस्या देखा पर्दै गएको र घरको आर्थिक अवस्था नाजुक रहेकोले राज्यसत्ता डट्कम र आदिवासी जनजाती महासंघ साउदी अरबका हुम सुनारीको पहलमा आर्थिक संकलन कार्य शुरु गरिएकोछ ।
आजै उनको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै विश्वभर उनका आफन्तजन्,शुभचिन्तकद्वारा वेव संजाल मार्फत दिपावली कार्यक्रम गरिदैछ । शुभचिन्तकहरु द्वारा यस दुखद घडीमा सबैले दिपावली गरि स्वास्थ्य लाभको कामना गरिदिन अनुरोध गरिएकोछ ।
तर कामनाको राहत भन्दा अहिले उनलाई आर्थिक राहत सबैभन्दा आवश्यक रहेकोले प्रार्थना संगसंगै आफ्नो सामर्थ्यले सक्ने आर्थिक सहयोग गरिदिनहुन अनुरोध छ । यहाँको सानों सहयोगले जनजातिका र राष्ट्रकै गहना खपागींलाई मृत्युको मुखबाट बचाउन सकिनेछ ।