कलिला नानीहरुको असहाय बालकहरुलाई २ लाख सहयोग

Read Time:1 Minute, 30 Second

हंगकंग, अल्टर नामक संस्थाले १४ जलाईका दिन चेरीटी कार्यक्रम गरी आएको रकम नेपालमा इन्दीरा राना मगरले स्थापना गरेकी पीए नेपाल नामक संस्थालाई सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार रु. २ लाख हेमन्त राना मार्फत पठाएको जनाएको छ । उक्त जानकारी दिनको लागि २४ जुलाईका दिन फुलबारी क्लब जोर्डनमा पत्रकार सम्मेलन गरीएको थियो ।
अल्टर नामक संस्थामा १० जना भर्रखरका टीनयजर युवतीहरु आबद्ध रहेको र अल्टरको उदेश्य अल्टरनेटीभ – अरुले भन्दा भिन्न काम गर्ने सोच र उदेश्य रहेको प्रमीला थापा मगरले बताइन । यसै उदेश्य अनुरुप चेरीटी कार्यक्रम गरी सहयोग गरीएको र आगामी दिनहरुमा पनि भिन्न किसिमको कार्यक्रम गर्न झन हौसला मिलेको उनले बताइन ।
पीए नामक संस्थाले नेपालमा बन्दीगृहमा रहेका बाबा आमाको बच्चाहरुलाई पालन पोषण र शिक्षा दिइरहेको लिनाले जानकारी गराएकी थिइन । हालसम्म काठमाडौं, विराटनगर, पाल्पा र झापामा पनि शाखा खोली सहयोग गरीरहेको जानकारी गराइएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %