दुई चरणको वार्ता नराम्ररी विफल भएपछि जनजाति महासंघले जारी गरेको बिज्ञप्तिले हगंकगमा भोलिका दिनमा झन भिड़न्त बढाउने संकेत दिएकोछ ।
बिज्ञप्तिमा महाबाणिज्यदुतले एनआरएन र चेम्बर अफ कमर्सप्रति देखाएको आशक्तिलाई तिक्ततापुर्वक लिई भर्त्सना गरिएकोछ । महाबाणिज्यदुतले आफुलाई यी दुईटा संस्थाको कार्यक्रममा जान दिन अनुरोध गरेकाथिए । तर जनजाति प्रतिनीधिहरुले ठाडै इन्कार गरिदिएकाथिए । वार्ता विफल भएपछि महासंघले आफ्नो विरोधलाई निरन्तरता दिने जनाएकोछ ।उनलाई कार्यक्रममा नबोलाउन र बोलाएर गए त्यसबाट हुने कुनै पनि अप्रिय घट्नाको ज़िम्मा महाबाणिज्यदुत नै हुने चेतावनी दिईएकोछ । (पढ्नोस बिज्ञप्ति)
यसले आगामी दिन झन बढी भिडन्तमा जाने देखिन्छ । महासंघले महाबाणिज्यदुतलाई बहिष्कार गर्न सबै संस्थाहरुलाई जारी गरेको उर्दी कसैले अवज्ञा गरेका छैनन् । त्यसैे अब उनलाई बोलाउन चाहने र जनजातिबीच टकराव आउने हो कि भन्ने अड्कलबाजी शुरु भएकोछ । यसले द्धन्द्धलाई झन बढाउनेछ ।
सम्बन्धित समाचार-