सोरठी : मगर राजाको प्रायश्चित्त कथा

Read Time:5 Minute, 58 Second

        नेपालको राजनैतिक घटनाक्रमसंगै बढ्दै आएको आदिवासी जनजातीहरुको पहिचानको मुद्धाले एउटा तरगं नै पैदा गरेको छ । जसको कारणले संबिधानसभा समेत प्रभावित बन्न पुग्यो । संबिधान सभाको अवसान संगै फर्केर हेर्दा हामीले पहिचानको कुरा त गरि रहेका छौ तर हाम्रो पहिचानहरु सुरक्षित छन् की छैनन् भनेर हेर्दा हाम्रा मुल पहिचानहरु लोप हुने अवस्थामा भेटे । कति कला(संस्कृति र हाम्रा मौलिक परम्पराहरु त लोप भै सकेको पाए । केहि बिद्धानहरुले अध्ययन गरेर किताबको रुपमा तयार पारेको त पाईयो तर जति छन् त्यसको पनि उचित प्रसार हुन पाएकोछैन । यस्तो देखेपछि मैले यस्ता कैयौ हाम्रा मौखिक ईतिहासको रुपमा रहेको कला संस्कृतिलाई स्रव्य दृष्यको माध्यमबाट जनचेतना अविबृद्धि गर्ने सोंचे ( यसले हाम्रा बिद्धानहरुलाई अध्ययन गर्न सहज होस् र यथार्थ विश्व सामु ल्याउन बल पुगोस् ।

        भविष्यमा हाम्रा पुस्ताले यसको अध्ययन गर्न सकुन । हाम्रा पुर्खाले आर्ज्याको यो भूमि र देश प्रति उनीहरुको चासो र माया सदा बढिरहोस । यहि सोंचले मलाई सोरठी बनाउन उत्प्रेरणा जगायो । बिशेषतस् सोरठी कुन जाति समुदायबाट सुरु भएको हो त भन्ने सवाल तिब्र छ । यसैको खोजिमा लम्जुङ, गोर्खा, नवलपरासी, पाल्पा, स्याङजा, बागलुङमा अध्ययन गर्दा अलि बढी बागलुङमा संरक्षित पाईयो । त्यसैले हामीले त्यहाँ गएर सुरुदेखि अन्त सम्म छाँयाकन गरेकाछौं । सोरठीको कथा र मिथक झन्डै सातौ शताब्दि तिरको मगर राजा जैसिंहको जिवनमा घटेको महत्वपुर्ण घटनामा आधारित छ । राजा जैसिंहको जेठि श्रीमतिबाट कुनै सन्तान नभएपछि उनले बेदाङ्के राजाको छोरी हैमतिसंग बिवाह गरे । रानीबाट सोरठीको जन्म हुन्छ । त्यसपछि दरबारमा सौतेलि आमाको षड्यन्त्र सुरु हुन्छ । सोरठीलाई नदिमा बगाईन्छ । सोरठीलाई जाल हान्ने क्रममा कुमालले भेट्टाएर पालन पोषण गर्दछ । घट्ना क्रमबश राजा जैसिंहले उनै सोरठी रानीलाई बिवाह गर्न पुग्छन तर छोरीले रहस्योदघाटन गरिदिन्छिन । त्यसको प्रायश्चित स्वरुप राजा राजगद्दी त्यागी साधुको भेषमा गृहत्याग गर्छन् । यसरी यो सोरठी कथा एउटा कथा मात्र नभएर मगरहरुको ईतिहास हो । यो अति ह्रदयबिदारक घट्ना हो । तत्कालिन अवस्थामा हाम्रो पुर्खामा लेखपढको कमी थियो त्यसैले यो कथालाई लिखित रुप दिन संभव भएन । यसलाई स्मरण गरि राख्न र पुस्ता दर पुस्तालाई बुझाउन तिहारको अवसर पारेर गीत र नाचको माध्यम अपनाइएको पाईन्छ । यसरी यो गीत र नाचबाट एेतिहासिक घट्नाको संरक्षण गरिएकोछ । यो प्रचलन मगर, कुमाल लगायत बिस्तारै मगरात राज्य र वरिपरि रहेका जात जातिहरुले पनि अबलम्बन गर्दे गएको पाईन्छ । त्यहि यथार्थलाई मैले चलचित्र मार्फ़त जनमानसमा ल्याएको हुँ ।

        मेरो अनुरोध के हो भने यस्ता कामलाई प्रोत्साहन गर्ने हाम्रा निकायहरु छन । हामीले व्यक्तिगत स्वार्थ भन्दा पनि समग्र समुदायको हितको लागी काम गर्नुपर्यो । यदि म जस्ता थोरधेर क ख रा पढेर आफ्रनो समुदायको लागी केहि योगदान दिन सकिन्छ भने किन नगर्ने भन्ने हो । मेरो अनुभव यसमा अलिक तितो छ । यसलाई हाम्रा समुदायहरु माझ पुर्याउन सम्बन्धित निकाय तथा संघ संस्थालाई अनुरोध गर्दा तिबाट आशातित सहयोग पाईएको छैन ।

        आफनो कामको घमण्ड नगर्नु भन्छन तर यसले नेपाल अन्तराष्टिय चलचित्र महोत्सब २०१३ मा अर्थात २०७० बैशाख १२ देखि १५ गते सम्म सञ्चालन भएकोमा ईथोपिया, टाईवानपछि तेस्रो पुरस्कार पाउन सफल भएको थियो । हाल टाईवान ईन्डिजिनियस टेलिभिजनमा पनि छनोट हुन सफल भएको छ । तर हाम्रा अधिकारको लागी लड्न संगठित संस्थाहरु अहिले सम्म मौन हुँदा भने दुख लाग्दो रहेछ । मेरो जिवनमा मैले पनि झन्दै १८र२० बर्ष मगरहरुको अधिकारको लागी आफ्नो ठाउबाट लड्दै आएको व्यक्ति हु । हाम्रो कामको मुल्याङ्कन यो राज्यले त गर्न सकेन तर आफ्नै संघ संस्था पनि किन उदासिन रु के यसले अगाडि अध्ययन गर्न चाहने र हाम्रो अधिकारको लागी लड्न चाहने लाई कस्तो प्रभाव पर्ला ।

        हिमाल पुन मगर (लेखक सोरठी चलचित्रका निमार्ता निर्देशक हुन्)

 
 
 
 
 
 
 
 
 
 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %