पत्रकारले मुख खोल्दा लात र बात खानुपर्ने,भात गुमाउनुपर्ने!

Read Time:6 Minute, 20 Second

 विगत अठार महिना देखी एभिन्यूज टेलिभिजनमा सम्वाददाताको रुपमा क्रियशिल छु । व्यावसायिक मर्यादामा रहेर मेरो कर्तव्य निभाउनु मेरो दायित्व हो र म त्यसबाट कहिलै बिचलित बनेको पनि छैन । भन्दा पत्याउन कठिन छ तर मैले काम गरेबापतको पारीश्रमिक कति महिनाको पाउन पर्छ आफैले बिर्सिन थालिसकेको छु । तथापी म सञ्चारकर्मीको रुपमा कार्यरत नै छु ।

नविन ढुंगाना
घटना श्रावण एक गतेको हो । टेलिभिजनमै कार्यरत क्यामेरा पर्सन तथा सम्वाददाता ज्योती शाहले आफ्नै सहकर्मी रोजिता कंडेलको फोटो फेसबुकमा राखीएको विषयमा उनिहरु दुई जना विच भएको आपसी असमझदारीलाई एकाएक टेलिभिजनमै कार्यरत बोर्डकास्टीङ म्यानेजर सगुन शाक्यले सामुहिक बनाएर ज्योति शाहलाई फोन मार्फत असभ्य भाषाको प्रयोग गरी गाली गलौज गरीयो । एउटा पुरुषले महिलालाई गर्नुपर्ने ब्यबहार भुलेर शाक्यले गरेको ब्यावहारको न्याय नपाउँदै उल्टै शाहलाई  लिखित स्पष्टी करण सोधियो ।
म लगायतका साथीहरु शाह माथि अन्याय भएको भन्दै कुनै पनि कारबाही नगर्न आग्रह गर्यौँ तर कुनै सुनुवाई भएन ।  शाहको पक्षमा लागेर बोलेको भन्दै टेलिभिजन व्यवस्थापनले म नविन ढुगाना र सजिता केसी लगायतका नौ जना साथीहरुमाथि गुटबन्दी  तथा राजनीति गरेको आरोप लगाइयो । हामी सहकर्मीलाई परेको अन्यायको न्याय पाउनका लागी बोल्दा हामीलाई उल्टो निश्कासन गर्ने धम्की दिईयो ।
यद्यपी घटनाको विषयलाई लिएर गत आइतवार जेनेरल म्यानेजरसंग बसेर मिलापत्र भई सकेको थियो । तर हाम्रो समुहलाई क्रान्तिकारी पत्रकारसंघसंग सम्बन्ध राख्छन  तथा १३ महिना देखीको तलब माग्नका लागी साथीहरुलाई एकजुट बनाएको आरोप लगाइयो । यस अघि हाम्रा गर्भवती महिला सहकर्मी उर्मिला विष्टलाई पनि गर्भवति भएकै आधारमा निर्ममतापुर्वक निकालिएको घटनामा हामीले आवाज उठाएको भन्दै ब्यबस्थापन हामीबाट रुष्ट थियो । त्यसको रिस हिजो २३ जुलाई अर्थात श्रावण आठ गते कार्यकारी अध्यक्षले मलाई कुटेर पोखे ।
म समाचार संकलन गरेर फिल्डवाट समाचार कक्षामा  फर्कदै थिए । समाचार कक्षमा कोही चर्को स्वरमा वोलि रहेको थियो । मलाई खोजिएको खबर पछि म त्यो माहोलमा पुगेपछि थाहा पाँए । मलाई देख्नासाथ कार्यकारी अध्यक्ष भाष्करराज राजकर्णीकार झोक्किदै मलाई मिथ्या आरोप लगाएर मुक्कि ताके । म बोलिन प्रतिवाद पनि गरिन । उनले मलाई दोस्रो पटक पाखुरा र कुहिनाको बिचभागमा एक मुक्कि हिर्काए ।

मलाई उनले हातहाले पछि जेनेरल म्यानेजर लक्ष्मण बास्तोलाले राजकर्णीकारलाई कम्मर समाएर ताने । उनले आफ्नो बसाईभर निकै तल्लो तहमा उत्रिएर हामीलाई गाली गरे,  आफु कानुन नियम केही पनि नमान्ने भन्दै एक एक गरी ठेगान लगाउने  धम्कीदिए र जेनेरल म्यानेजरलाई सबै तलबमाग्ने , अधिकार खोज्ने र व्यवस्थापनको गल्तिका बारेमा बोल्नेलाई निस्कासन गर्न निर्देशन दिएर बाहिरीए ।
के मैले एक महिला सञ्चारकर्मीमाथी भएको अन्यायको बिरुद्धमा आवाज उठाउनु गलत थियो ? पसिना बगाएर गरेको मेहनतको पारीश्रमिक माग्नु गलत थियो ? आफ्नो बिचार भएको संगठनसंग सामिप्यता राख्नु गलत थियो ? त्यसैले मैले पिटाई खानु पर्यो  समाचार कक्षमै । आफ्नै संचालकले ।
 तत्पश्चात म र सहकर्मी ज्योति शाहलाई कर्णीकारको ठाडो आदेशमा बर्खास्त गरीएको छ र हामी अन्यायमा परेका छौँ ।  ज्योति शाहले महिला हिंसाको शिकार हुनपर्यो भने मैले पिटाइ खानु पर्यो र जागिर पनि गुमाउन पर्यो ।  केही दिन भित्र अन्य केही साथीहरुलाई पनि निश्कासन गर्ने धम्की निरन्तर छ ।
हामी निकै अन्यायमा परेका छौँ । आज बिहान सात बजेबाट मेरो नियमित जागिर सुरु हुन्थ्यो । म निर्धारित समयमा कार्यालय त्रिपुरेश्वर पुगे ।  तर ज्योती शाह र नविन ढुंगानालाई भित्र पठाउन अनुमति नभएको भनि गेटमा बताइयो । हामीलाई हिजो बेलुकी निलम्बनपत्र आफै नसमाते घरको ढोकामा टाँसीदिने धम्की आएको तर आजसम्म हामीले  आफ्नो ब्यथा भन्ने अनुमति पाएकाछैनौं । हामीलाई कार्वाही गरिएको भनिएकोछ तर त्यसको कारण के हो बताइएको कुनै पत्र र कारणबारे केहि पत्तो छैन । श्रमजिवी हामी अन्यायमा परेकाछौं । हामी न्याय चाहन्छौं ।

नविन ढुंगाना
सम्वाददाता एभिन्यूज टेलिभिजन

सम्बन्धित समाचार –

तलब माग्दा लात पाउने पत्रकार

 
 

 
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %