आईतवार एनआरएन युकेले आयोजना गरेको च्यारिटेबल डिनर कार्यक्रमका विशिष्ट अतिथि नेपाली काग्रेंसका युवा नेता गगन थापालाई कालो झण्डा देखाईनुको कारण खोतल्दै जनजाति महासंघ सम्बद्ध एक नेता भन्छन्,‘ हाम्रा नेताहरु आउदा ल उहाँहरुलाई डाकेर एउटा केहि कार्यक्रम गरौं न भन्दा मरिगए नमान्ने । एनआरएन सबै नेपाली संस्था हों भन्दै तर्क गर्ने अनि अहिले संघीयता र जनजाति विरोधी नेका र त्यसको नेतालाई बोलाउने ? त्यसैले हामीले विरोध गरेका हौं ।’ उनको भनाईमा एनआरएन युकेमा अधिकांश नेका पक्षधर रहेको र ति जनजातिको मुद्दामा सधैं नकारात्मक रहेकोले पनि जनजाति संस्था र एनआरएनबीच कहिल्यै सुमधुर सम्बन्ध कायम रहन सकेन ।
विरोध झेलेपछि यस्तो बोले गगन थापा –
{youtube}http://www.youtube.com/watch?v=vQpApfU4TRs{/youtube}
उनको भनाईमा गगन थापालाई बोलाउने निश्चित गरिएको सुन्नासाथ जनजाति नेताहरुले उनलाई नबोलाउन अनुरोध गरेकाथिए । यदि उनलाई नबोलाउने हो भने हामी पनि सहयोग गर्न तयार छौं भनिएकोथियो तर बारम्बार भन्दा पनि एनआरएन कार्यसमितिले मानेन । बोलाई छाड्यो ।
आईतवार रात्री भोजमा जम्मा हुनासाथ त्यहाँ सहभागी भएका जनजाति नेताहरु उठेर सिठी फुक्दै पहिचान र संघीयता विरोधी गगन थापालाई बोल्न दिने हो भने कार्यक्रम बिथोल्छौं यदि नदिने हो भने हामी पनि बस्छौं भन्दै नाराबाजी गरिएकोथियो ।( हेर्नाेस भिडीयो ) कार्यक्रममा गिलास फोडाफोड भएकोथियो । कार्यक्रममा ज्ञापनपत्र बुझाउन गएका जनजाति महासंघका अध्यक्ष तथा एनआरएनका सल्लाहकार श्री लिम्बुको समेत जनजाति आन्दोलनकारीहरुले फजिहत गरेकाथिए । तँ तँ र म म गरेकाथिए ।
यस्तो थियो विरोध –
{youtube}hhttp://www.youtube.com/watch?v=pG1dfCfP50g{/youtube}
नेपाल आदिवासी जनजाति महासंघ बेलायतका महासचिव नरेश काङबाङ, सल्लाहकार थर्क रानाको नेतृत्वमा महासंघका समर्थकहरु, नेपाली संघीय समाज, युकेका नेता तथा कार्यकर्ता, राष्ट्रिय जनमुक्ति पार्टीको भातृसंगठन द हिमालयन अर्गानाइजेसन बेलायतका नेता-कार्यकर्ता, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रवास कार्य समिति बेलायतका नेता तथा कार्यकर्ताहरुहरु विरोध जनाउन पुगेकाथिए । विरोधकै बीचमा गगन थापालाई बोल्नु परेकोथियो । बाध्य भई थापाले जातीय र पहिचान सम्बन्धमा बोलेर बिताउनु परेकोथियो । कार्यक्रममा बेलायत स्थित नेपाली राजदुत लगायत विशष्टि पाहुनाहरु थिए ।
रिपोर्ट- डा.चजिन्द्र राना,युके
तस्वीर -नरेश काङमाङ राई
भिडीयो- युना लिम्बु र एभरेष्ट साप्ताहिक
सम्बन्धित समाचार-
एनआरएनले कुरा नसुनेपछि देखाईएकोथियो गगनलाई कालो झण्डा