२० जुलाई, युके
मगरसंघ युके वेस्ट शाखामा ३ बर्षको लागि नयाँ कार्यसमितिको चयन गरिएकोछ । निवर्तमान अध्यक्ष कृष्ण पुन मगरको सभापतित्वमा भएको कार्यक्रममा उक्त छनौट गरिएको हो । १७ जनाको नयाँ कार्यसमितिमा तेज पुन मगर अध्यक्षमा छनौट भएकाछन् ।
त्यसैगरि उपाध्यक्ष कुल मास्किमगर, सचिव टेक रानामगर, सहसचिव लोक थापामगर, कोसाद्यच्य वीर थापामगर, सहकोसाध्छ्य पिताम्बर रानामगर हुनुहुछ । त्यसैगरी अन्य सदस्यहरुमा क्रिश्न पुनमगर्, जित पुर्जामगर्, टेक पुनमगर, डेब राना, थमन मगर्, माया रानामगर, पार्वती पुनमगर, बिमला पुनमगर, टिना रानामगर, तिला अलेमगर, गणेश रानामगर छानिएकाछन् ।
युके मगर संघका अध्यक्ष दुत पुनमगरले नवनिर्बाचित पदाधिकारीहरूलाई खादा ओडाएर बधाइ तथा सुभकामना दिंदै निर्वाचन मन्डलका सदस्यहरू क्याप्टेन वीर बहादुर पुनमगर, बिर्ख पाइजामगर, ईन्द्र रानामगरलाई धन्यबाद दिएकाथिए ।
फेल्था र हन्स्लो वरिपरि बसोबास गर्दै आएका मगर समुदायलाई समेटेर गठन भएको यस साखा समितिका निबर्तमान अनि सँस्थापक अध्यक्ष कृष्ण पुनले आफूले चार बर्ष सम्म काम गरेर संस्थालाई बलियो बनाएको बताउँदै आफ्नो कार्यकालमा सहयोग पुर्याउने सम्पुर्ण पदाधिकारी तथा साधारण सदस्यलाई धन्यवाद दिएकाथिए ।
बिजय हितान, युके