भेडा पाल्ने पश्चिमा मगरको कथा पर्दामा

Read Time:1 Minute, 58 Second

पश्चिमका खामभाषी मगरहरुमा कुनै समय भेडा पाल्ने सँस्कार थियो । उनीहरुको गुजारा चलाउने मुख्य माध्यम नै भेडीगोठ मानिन्थ्यो । आजभोली पहिलेजस्तो न भेडिगोठ भेटिन्छन् न भेडा पाल्ने मगरहरु । तै पनि रुकुमको पश्चिम तकसेरा, पर्वत, प्वाङ, लुकम लगायत केही गाउँमा अझै पनि भेडा पाल्ने सँस्कृति कायमै छ ।

भेडा पाल्ने मगरहरुको सँस्कार हराउँदै गएको बेला यो सँस्कृतिलाई पर्दामा भए पनि जोगाउन पहल भएको छ । लक्ष्मण माकेमगर, रुपलाल बुढामगर, कर्मपुरी बुढामगर र अनिल बुढामगरले भेडा पाल्ने मगर सँस्कारमा आधारित फिल्म ‘गाउला’ अर्थात भेडीगोठ बनाएका छन् ।
फिल्म ‘गाउला’ को शुक्रबार पूर्णिमा फिल्म हल पोखरामा च्यारीटि शो गरिएकोथियो । दर्शकहरु खचाखच भरिएका थिए  । खामभाषी मगर सँस्कृतिमा आधारित फिल्म भएपनि नेपाली भाषामा बनाइएकोले दर्शकको चाप बढेको फिल्म छायाँकार सन्तोष पिठाकोटे मगरले बताए ।
विबेश बुढामगरले निर्देशन गरेको फिल्ममा पटकथा, सम्वाद, गीत रुपलाल बुढामगरको छ भने संगीत र नृत्य निर्देशन नारायण बुढामगरले गरेका छन् । कथा रुपलाल बुढामथर, अनिल बुढामगर, सम्पादन छवि रानामगरको छ भने सन्तोष पिठाकोटेमगरले फिल्म छायाङ्कन गरेका छन् । फिल्मको रुकुमका विभिन्न गाउँमा छायाङ्कन गरिएको थियो ।

मनोज घर्तीमगर,पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %