राज्यले नदेख्ने सांगीतिक आकाशका नक्षत्र अरुण थापा

Read Time:8 Minute, 24 Second

 अरुण स्मृति स्पेशल

लोकप्रिय गायक स्वर्गिय अरुण थापामगरको जन्म वि.सं. २००९ साल माघ ११ गते बाबु गञ्ज प्रसाद थापा र आमा शान्ति थापामगरको प्रथम सन्तानको रुपमा जन्म भारतको कोलकातास्थित नेपाली महावाणिज्य दुतावासमा भएको थियो । आफ्ना दुई भाई र एक बहिनीका दाजु अरुण थापामगरको प्रारम्भिक शिक्षा जे.पि. हाइस्कुल ठमेलबाट शुरु भएको थियो । सानै देखि आफ्नो किताबी ज्ञान भन्दापनि गीतसंगीतमा रुचि राख्ने अरुण गितकार र स्विमिङमा सानै देखि सोखिन थिए । स्कुल तहको शिक्षा दार्जिलिङमा लिएपनि २०२८ सालमा १९ वर्षको उमेरमा जे.पी. हाइस्कुल ठमेलबाट नै अरुणले एस.एल.सी. उत्तिर्ण गरेका थिए । केही समय विराटनगरको बैंकको जागिरे समेत भएका अरुण संगितप्रति अधिक रुचि भएकै कारण बैंकको जागिर छाडी वि.सं. २०३० सालतिरबाट पोखरामा बसोबास गर्न थाले र पोखराको बसोबाससँगै पृथ्वीनारायण क्याम्पसबाट उच्चशिक्षा अध्ययनलाई अगाडी बढाए ।

{youtube}http://www.youtube.com/watch?list=RD026VUOGurKC54&v=YE87BCKocfY{/youtube}


सांगितिक जीवन र विवाह

पोखरामाअध्ययन गर्दैगर्दा आफ्नो बुबाको सहयोगमा नातीकाजी र शिवशंकरजस्ता संगीतकारसंग अरुणको परिचय हुनपुग्यो । २०३२ सालमा स्वर परिक्षा पास गरेपछि आश्विण गुरुङको रचना र ओमविक्रम विष्टको संगितमा पहिलोपटक कतै टाढा तिमिबाट पुगेंभने, सम्झेर नरुनु, ठुलो छ संसार, हजार छन बोलको गित रेकर्ड गराएका थिए । पहिलो गितले खासै लोकप्रियता कमाउन नसकेतापनि २०३४ सालको अन्त्यतिर “ऋतुहरुमा तिमी ”, २०२६ सालमा “जतिमाया लाएपनि .” जस्ता कर्णप्रिय गीतले उनको चर्चा देशविदेश सर्वत्र भयो । उनी सांगितिक क्षेत्रको एउटा चम्किलो नक्षत्रको रुपमा नेपाली आकाशमा उदाए । आफु पि.एन. क्याम्पसमा अध्ययनरत रहँदा क्याम्पसले आयोजना गर्ने विभिन्न कार्यक्रममा आफुद्वारा स्वरवद्ध गित र विभिन्न ख्यातीप्राप्त देश/विदेशका गायकहरुको कालजयी गित प्रस्तुत गरेर थुप्रै प्रशंसक बटुल्न सफल भैसकेका थिए ।

{youtube}http://www.youtube.com/watch?v=6VUOGurKC54{/youtube}

सांगितिक जीवनमा लोकप्रियता कमाउँदै जाँदा पोखरा निवासी विमला पालिखेसंग प्रेम बस्न गयो र आखिरमा उनैसंग अरुणले दुबै पक्षको अभिभावकको सहमतिविना २०३४ सालको माघमा ओमविक्रम विष्ट लगायत सिमित साथिहरुको मात्र उपस्थितिमा गुह्वेश्वरी मन्दिर काठमाडौंमा विवाह गरे । परिवारको सहमति बेगर विवाह गरेकाले उनीहरुको वैवाहिक जीवन सहज तरिकाले बढ्न सकेन । फलस्वरुप अरुणको वैवाहिक जीवनमा संकत मात्र आएन, उनकी श्रीमति विमलाले पारिवारिक दवावमा दोश्रो विवाह गरिन । यसरी आफ्नो प्रेम विवाह असफल भएपछि विक्षिप्त बनेका अरुणले आफुलाई सम्हाल्न नसकी त्यहि बेलादेखी कुलतमा फस्न पुगे ।

विवाह भएर बिछोडभएपछि अरुले आफ्नो जिवनसँग मेलखाने किसिमका गित “चोट के हो वेथा के हो मलाई नसोध..”, “जतिमाया लाएपनि .” जस्ता चर्चित गीत गाएका थिए । त्यसैक्रममा अरुणले ललितपुर निवासी मुना केसीसँग पुन: आफ्नो परिवारको सहमति वेगर दोस्रो विवाह गरे । आफ्नो अभिभावको इच्छा विपरितको विवाह भएकोले विवाहपछि पनि उनको पारिवारिक असहमति हट्न सकेन । यसैबिच २०३७ सालमा अरुणको बुवाको दुःखद निधन भएको दुई वर्ष पनि नपुग्दै उनकी आमाको पनि वि.सं. २०३९ सालमा देहावसान भयो । बुबा आमाको निधनपछि अरुणमा थप पारिवारिक जिम्मेवारी थपिन गयो । २०४० सालमा अरुण र मुनाबाट छोरी करुणाको जन्म भयो ।

अस्तायो झंकार

 आर्थिक संकट तथा पारिवारिक असमझदारीका कारण अरुणको दोस्रो विवाह पनि लामो समयसम्म टिक्न सकेन । अन्तत: मुनासंग पनि सम्बन्ध विच्छेद हुन पुग्यो र अरुण थापा विरक्तिएर हिड्न थाले । दुर्भाग्य कहिल्यै एक्लै आउदैन भने जस्तै अरुणको जीवनमा आएका एकपछि अर्को समस्याहरुको सामना गर्न पर्यो । फलतः अत्याधिक कुलतको कारणले गर्दा अरुणलाई कलेजोमा हेपाटाइटिस बि जस्तो खतरनाक रोगको संक्रमण हुन पुग्यो । अत्यन्तै नाजुक अवस्थामा आफ्ना मित्र अमृत गुरुङ, ईश्वर गुरुङ, ओमविक्रम विष्ट र बहिनी मिना थापाको सहयोगमा उपचार गर्दागर्दै लगभग ५/६ महिनाको पिडा, वेदना र छटपटाइपछि बागबजारस्थित कान्तीपुर गेष्टहाउसमा २०५६ श्रावण ५ गते नेपालका ज्वाजल्यमान नक्षत्र गायक अरुण थापाले नेपाली आकाशका कहिल्यै ननिभ्ने चम्किला ताराको रुपमा आफ्नो भौतिक शरिरबाट सदाका निम्ति विदा लिए ।

{youtube}http://www.youtube.com/watch?v=HYjK_t9y2Q0{/youtube}

राज्यको उपेक्षा

नेपाली सांगितिक क्षेत्रमा अमर एवं सदाबहार गायक अरुण थापामगर संगीत प्रेमिहरुमाझ लोकप्रिय रहेपनि राज्यले आफ्नो तर्फबाट कुनै मानसम्मान पदवी र अलंकारले सम्मानित गरेन । २०३७ सालमा “भुलेका कथा तितामिठा गित गाई आधुनिक गित/संगित प्रतियोगितामा प्रथम भएपनि २०२९ सालमा गीततर्फ उत्कृष्ट भएर रेडियो नेपालबाट पुरस्कृत भएपनि उनलाई राज्यको तर्फबाट कुनैपनि अवसरहरु प्रदान गरिएन । आफ्ना अमूल्य स्वरलहरी प्रदान गरी समृद्ध पारेको रेडियो नेपालजस्ता सञ्चारमाध्यमले गायक अरुण थापामगरको अन्तिम क्षणमा सोधखोजसम्म पनि गरेनन् । तत्कालिन सरकारले त उनको मृत्युमा दुई अक्षरको शोकसन्देश समेत प्रकाशित नगरेर उनको प्रतिभाको पुरै उपेक्षा गर्यो । उनको गीतको महत्ता र साम्राज्य कत्रो थियो भन्ने उनीसंग काम गर्ने सबैले बुझेकाछन् । कालजयी गायक नारायण गोपालले अरुणमा भएको एक खालको अदभुत क्षमताका कारण उनलाई संगीत बनाउन चुनौतीपूर्ण हुने बताएर थापाको महत्व दर्शाएकाथिए ।

 त्यो देखियो पनि । उनको देहवसानपछि विविसी वल्डले छनौट गरेको टप टेन प्रसिद्ध गीत मध्ये अरुणको ‘ रितुहरुमा तिमी हरियाली बसन्त हौ’ गीत सातौ नंबरमा परेर सबैलाई चकित पारेकोथियो । यस्ता नछत्र भौतिक रुपले हामी सामु छैनन् तर कालजयी सदा हाम्रो दिल दिमागमा छाईरहेकोछ ।

आनन्द गुरुङ, काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %