संस्थापनसंग ठुस्किएका बिद्रोही एनआरएन हगंकगंले संस्थापनको फेरि दिमाग़ चाटेकोछ । चुनावमा बेईमानी भयो भन्दै समानान्तर संघ खोल्छौं भन्दै संगठित भैरहेको यो टिमले यसपटक त एनआरएनको लोगो प्रयोग गरि बनाईएको लेटरप्याडमा चिठी काटेरै परोपकारी कार्यक्रम गरिने भन्दै पत्रकार बोलाएकोछ । ( हेर्नोस बिज्ञप्ति) नेपालका बाढीपीडितहरुलाई सहयोग जम्मा गरिने भन्दै बोलाईएको पत्रमार्फत संस्थापनको धोती तान्ने प्रयास गरिएकोछ । खुलेरै चुनौती दिईएकोछ । सदा प्राकृतिक प्रकोपमा सहयोग जुटाउन तत्पर एनआरएन हगंकगं यसपालि यहि आन्तरिक विवादमा फसेको मौक़ा छोपी बिद्रोहीद्वारा यस्तो प्रहार गरिएकोछ । यसबाट संस्थापनलाई नंग्याउन सकिने र आफुहरुले सिम्प्याथी पाउन सकिने बिश्लेषण गरि ‘मौकामा चौका’ हान्न खोजिएकोछ । यस्तो प्रतिस्पर्धाले हगंकगंका नेपाली समाजले मूल्य चुकाउन परेपनि नेपालका पीडितहरुलाई भने राहत हुने भएकोछ । किनकी बिद्रोहीको यस्तो गोटी चालको जवाफ दिन संस्थापनले पनि पीड़ितहरुका निम्ति यस्तै कार्यक्रमको घोषणा गर्नुपर्ने बाध्यता आईलागेकोछ ।
यो पनि पढ्नोस् –