बल्खु दरबारमा ओली र खनालको तुक्कातान

Read Time:3 Minute, 21 Second

 एमालेले पछिल्लो राजनीतिक अवस्था, महाधिवेशन र पार्टीको संगठनात्मक संरचना बारे छलफल चलाई रहंदा केपी ओलीले संविधानसभा अगावै महाधिवेशन गर्ने प्रस्तावमा लविगं शुरु गरेकाछन् । अध्यक्ष झलनाथ खनाल पक्षधर भने निर्वाचनपछि मात्र महाधिवेशन गर्ने मनस्थितिमा छन् । यही विवादका बीच आगामी संविधानसभा चुनावलाई केन्द्रित गरेर एमालेले केन्द्रीय कमिटी बैठक डाकेकोछ ।शुक्रबारबाट शुरु एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

 विवाद रहेको महाधिवेशनको मिति र विधान संशोधनसम्बन्धी प्रस्तावमा अध्यक्ष खनालले असहमति जनाएका छन् । जसका कारण ओली र खनाल पक्षधरका बीचका विवादसमेत सुरु भएको छ । बैठकले मिति तय नभए पनि फागुन महिनामा महाधिवेशन गर्ने निर्णय गर्ने ज्ञवालीको भनाइ छ । स्थायी कमिटीले असारका लागि निर्धारित केन्द्रीय कमिटीको बैठक साउन ४ गते सारेपछि पार्टीभित्र विवाद उत्पन्न भएको थियो । अध्यक्ष खनालले बैठक टार्न खोजेको भन्दै केपी शर्मा ओलीसहित स्थायी कमिटी सदस्यहरूले विरोध गरेपछि भदौमा परिषद बैठक राख्ने सहमति  भएको छ ।

 महाधिवेशनपछिको सबैभन्दा ठूलो निकाय परिषदको बैठक विधान संशोधनका लागि बोलाउन खोजिएको थियो । डेढ–डेढ बर्षमा हुनुपर्ने परिषदको बैठक महाधिवेशन भएको पाँच बर्षमा एकपटक मात्रै भएको छ । एमालेमा यतिबेला संगठनात्मक संरचना र स्थायी कमिटीमै पनि विवाद देखिएको छ । अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले एजेण्डासहितको प्रतिवेदन तयार पारेका छन् । छलफलका लागि तय गरिएका एजेण्डाहरूमा राजनीतिक प्रतिवेदन, अभियान समीक्षा, निर्वाचन तयारी, संगठन विभागको संगठन व्यवस्थापनका लागि गरेको सिफारिस, प्रतिनिधि परिषद बैठकको निर्णयलगायत छन् । बैठकमा विवाद भएका र नभएका सबै एजेण्डामा छलफल गर्ने बताइएको छ ।

 यद्यपि बैठक चुनावी रणनीति तयार गर्न केन्द्रित हुने प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले संगठन विभागको संगठनात्मक व्यवस्थापन प्रस्ताव, केन्द्रीय सदस्य मनोनयन, महाधिवेशन मिति र एक तिहाई महिलाको सहभागिता, अध्यक्ष खनालको अमेरिका भ्रमण, वरिष्ठ नेता माधव नेपालको भारत भ्रमणका एजेण्डामा पनि छलफल गर्ने जनाईएकोछ ।

आनन्द गुरुङ, काठमाण्डु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %