फिल्म सुटिङममा व्यस्त रहने गुरुङ कलाकार तथा प्राविधिकहरु विहीबार फुटबल खेल जित्न मैदानभित्र चर्को भिडन्तमा उत्रिए । गुरुङ फिल्म एशोसियसन (जिफान)नेपाल को तेस्रो अधिबेशनको अवसर पारी उनीहरु मैत्रीपूर्ण फूटबल खेलमा भिडन्त गर्न पोखरा रंगशालामा उत्रिएकाहुन् ।
कलाकारहरु ‘हामी सबैको मन भित्र गुरुङ चलचित्र’ लेखिएको रातो जर्सी र निर्माता निर्देशक तथा प्राविधिक सेतो जर्सी लगाएर मैदान छिरेका थिए । खेलको पहिलो हाफमा मैदानमा उत्रिएका महिला कलाकारहरुले खेललाई निकै रमाईलो बनाएकाथिए । खेल सुरु भएको १५ मिनेटसम्म नतातेका फिल्मकर्मी त्यसपछि बल्ल घम्साघम्सीमा उत्रिएका थिए । दोस्रो हाफमा कलाकारको तर्फबाट कुशल गुरुङले केही मिनेटको फरकमा दुई गोल गरेपछि प्राविधिक टोली प्रेसरमा परेको थियो । केही मिनेटमै नायक गमन घलेले तेस्रो गोल गरेपछि अत्ताल्लिएका निर्माता निर्देशक तथा प्राविधिक टोलीबाट गोबिन गुरुङले गोल गरे ।
यसअघि भएको औपचारिक कार्यक्रम संचालन महासचिव प्रितम गुरुङ र कलाकार मनोज गुरुङले संचालन गरेका थिए भने खेललाई माओत्से गुरुङले समापन गरेका थिए ।
मनोज घर्ती मगर, पोखरा
फ़ोटो – भुपाल गुरुगं