सुरले पुर्याउने भो लण्डन

Read Time:3 Minute, 28 Second

पोखरा, ३१ असार ।

 १८ वटा चरणको अडिसनपछि सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकन बन्न सफल हुनेलाई दि ब्रिटिस कलेजले लन्डन लैजाने घोषणा गरेकोछ ।  सांगितिक कार्यक्रमको सपोर्टर ब्रिटिश कलेजका संस्थापक नरेन्द्र कँडेल चौथो सँस्करणको विग आइकन बन्न सफल हुनेलाई लन्डन लैजाने घोषणा गरेका हुन् । उनले मोफसलमा रहेर एउटा एफएमले यति राम्रो कार्यक्रम गरेको भन्दै खुशी व्यक्त गरे । र, आगामी दिनमा पनि एफएमसंग सहकार्य निरन्तर रहने उनले बताए ।

 चौथो सँस्करणको विग आईकनको फाईनलमा लक्ष्मी थापा, मिलन गुरुङ र मुस्कान रानाभाट भिड्दैछन् । फाईनल साउनको पाँच गते पोखरा सभागृह हलमा विशेष कार्यक्रम सहित गरिने एफएमले जनाएको छ । नयाँ प्रतिभा प्रस्फुटन गराउनका लागी मञ्च उपलब्ध गराएर संगीत क्षेत्रलाई सहयोग गर्न कार्यक्रमको आयोजना गरिएको विग एफएमका अध्यक्ष महेश भण्डारीले बताए ।


 विग आईकनमा ४८ जिल्लाका कुल ७ सय ७० जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । साउन पाँच गते हुने ‘ग्राण्ड फिनाले’मा यो पटक चर्चित गायक निमा रुम्बा प्रमुख अतिथि हुने एफएमले जनाएको छ । त्यो संगै नेपालभरका गीतसंगीतकर्मी, साहित्यकार, कलाकारहरुको पनि विशेष उपस्थिती रहने एफएमले जनाएको छ ।

सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकनको निर्णायकहरुमा संगीतकर्मी सुनील थापा र विनोद बाँनिया रहेका छन् । फाईनल राउण्डमा प्रवेश गरेका प्रतिस्पर्धीहरुले अब भने एसएमएस भोटिङकै आधारमा मात्र जित हासिल गर्ने एफएमले जनाएको छ । फाईनलमा प्रवेश पाएर्का प्रतिस्पर्धी लक्ष्मी थापालाई भोट गर्न मोबाईलको मेसेज बक्समा गई Big<Space >LT, मिलन गुरुङलाई भोट गर्न Big<Space> MG र मुस्कान रानाभाटलाई भोट गर्न Big<Space >MR टाईप गरेर ४३२१ म सेन्ड गर्नुपर्ने एफएमले जनाएको छ ।

यो पटकको विग आईकनका विजेताले १ लाख ५० हजार रुपैँया मुल्य बराबरको पियाजिओ स्कुटर का साथै लन्डन जाने अवसर प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रोले ५० हजार रुपैँया प्राप्त गर्ने एफएमले जानकारी दिएको छ । चौथो सँस्करणको ‘सामसुङ ग्राण्ड विग आईकनलाई सामसुङ ग्यालेक्सी ग्राण्डले मुख्य प्रायोजन गरेको छ भने मोबाईल मेसेन्जर निम्बजले सहप्रायोजन गरेको छ । त्यस्तै दि ब्रिटिस कलेज, थापाथली विशेष सहयोगीको रुपमा सहकार्य गरिरहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %