भाँड्मा जाओस जनजाति एकता

Read Time:7 Minute, 8 Second

हगंकगं संवाददाता

महाबाणिज्यदुत आन्दोलनमा एकजुट जस्ता देखिन थालेका हगंकगंका जनजातिहरु दलका कारण भाँडिने अवस्थामा पुग्न थालेकाछन् । गएको आईतवार महाबाणिज्यदुतसंग वार्ता मा बसेका जनजाति महासंघका प्रतिनिधिहरुले तयारी नपुगेकोले पुनः बस्ने भन्दै वार्ता सकारात्मक विफल भएको भनि बिज्ञप्ति निकालेकाथिए । त्यहि तयारीका निम्ति १२ जुलाईका दिन छलफल कार्यक्रम डाकिएकोथियो । ( हेर्नोस सुचना)  तर मान्छे नै नआईदिएपछि कार्यक्रम नै हुन सकेन ।

जनजातिसंग भएको वार्तामा बोल्दै महाबाणिज्यदुत दाहाल-

{youtube}http://www.youtube.com/watch?v=9eco7mkbUcE{/youtube}

 सुचनामा ५ बजे भनिएपनि त्यतिन्जेल कोहि आएका थिएनन् ।  फोनबाट सोधखोज हुँदा हर्ताकर्ता किसन राईले ६ बजे हुने

जानकारी गराएका

 थिए । तर ६ बजे तोकिएको स्थलमा आयोजकहरुको नाकमुख नदेखिएपछि पुनः बुझ्दा किसनले नेताहरुको फुर्सद नभएकोले कार्यक्रम स्थगन गरिएको जानकारी गराएकाथिए ।

 उता अध्यक्ष एमवी थापाले ६ बजे सम्म ठाँउ खोजिरहेको बताईरहेकाथिए । जबकि कार्यक्रम स्थल भनि कम्युनिटी हल उल्लेख गरिएकोथियो । त्यस दिन कम्युनिटी हलमा खोटागं समाज र अल्टर नामको संस्थाको कार्यक्रम  बाहेक अरु कसैको भएन ।  खोटागं समाजका एक जना पदाधिकारीको भनाईमा आधा घण्टाको लागि मात्र भन्दै जनजाति महासंघले खोटागंले बुक गरेको हल मागेकोथियो तर समाजले मिल्दैन भनेपछि  महासँघलाई अप्ठेरो परेकोथियो । थुप्रा जनजाति आन्दोलनकारीहरु सदस्य रहेको संस्था भएकोले होला दिन्छन् भनि कम्युनिटी हलमा स्थान तोकिएको देखिन्छ ।

तर धेरै जातीय संस्थाहरुलाई भने कार्यक्रम बारे थाहा नै थिएन । अधिकाँशले पत्तै नपाईएको बताए । मगरसंघकि अध्यक्ष चन्द्र ज्येति आलेले आफ्नो संस्थालाई कुनै जानकारी नदिईएकोले नगएको बताईन ।उनी मात्र होईन नेवाका अध्यक्ष माणिकलाल,शेर्पा समाज, तामागं घेदुगंका दुर्गाले आफुहरुलाई थाहा नै नभएको बताए । तमु ट्यो ह्युलका सचिव शशिले छलफल गरि जाने भनि ठिक्क परि बसेपनि बोलावट नै नआएकोले नगएको टिप्पणी गरे ।

 किरात राई यायोक्खाका अध्यक्ष शशिमदन राई र जनजाति महासंघका सल्लाहकार तथा आन्दोलनका सक्रिय नरहागं राई लगायतका थुप्रा नेताहरु ६ बजे  शुरु गरिएको खोटागं समाजको कार्यक्रममा सहभागी थिए । प्रतिकार समिति संयोजक भुपेन्द्र चेम्जोगं,हस्त लिम्बु, रविन लिगंदेन, दुर्गा गुरुगं लगायतका चर्का माओवादी नेता तथा जनजाति आन्दोलनकारीहरु उहि समयमा सनराइज़ साप्ताहिकको बैठकमा ब्यस्त थिए ।

 रविनले आफुहरुलाई थाहा नभएको जनाए भने भुपेन्द्र चेम्जोगंले वार्तामा के बोल्ने भनि जुनमा गरिएको बैठकले तय गरिसकिएकोले जान आवश्यक नठानेर नगएको प्रतिक्रिया दिए । खोटागेंले हल नदिएपछि र मान्छे पनि कोही नआएपछि अध्यक्ष एमवी र किसनले जोर्डन बैट्री स्टिट स्थित होम अफ़ेयर्सले संचालन गरेको एनजीओ कार्यालय होम्स मा फ़ोन गर्दे कार्यक्रमका लागि बोलाए । तैपनी ६ जना मात्र आईदिए । त्यसमा मुख्य नेताहरु नै थिएनन् । एकछिन भलाकुसारीपछि ७ बजे तिर  स्थान पछि तोक्ने र १८ तारेख बस्ने भन्दै छुटेकाथिए । तर उठ्दाउठ्दै होम्सकी एक कर्मचारीले आफ्नो एनजीओ बारे १० मिनट पावर प्वाईन्ट सहित क्लास दिएर र हाजिरकपीमा हस्ताक्षर गराएर मात्र तिनलाई फुत्कन दिएकीथिईन ।

 ७ बर्ष देखि चलिरहेको यति महत्वपूर्ण आन्दोलनलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा आयोजन गरिएको यो कार्यक्रमका अगाडी अरु कार्यक्रम गौण भएतापनि तिनैलाई महत्व दिईएकोथियो । त्यसको भित्री कारण सुखद छैन ।

वार्ता सम्बन्धमा अहिले महासंघभित्र  दुईटा बिचार फैलन थालेकोछ । एकथरी वार्ताप्रति लचक र अर्को थरी अलि अनुदार भएकोले  महासंघभित्र २ गुटको चलखेल शुरु भएको ठानिन्छ । यसले ध्रुबीकरण बढिरहेको बताईन्छ । यसले प्रभाव पारिरहेकोछ । आईतवार प्रष्ट देखियो । त्यसैले त्यसको असर  छलफल कार्यक्रममा सिंधा पर्न गयो र त्यो बाहिर छताछुल्ल हुन गयो । त्यस दिन  पनि  जम्मा भएका ६ जना बीच  वार्ता गर्ने, नगर्ने बारेमा मत बाँझिएको बताईन्छ ।

 संघीय समाजवादीले सबै जनजातिलाई लपेट्दै जस जति लग्न थाल्यो भन्दै असन्तुष्ट माओवादी समर्थकका कारण यो आन्दोलन चिरा पर्न थालेकोछ र  त्यो बाहिरै देखिन थालेकोछ । यसले भाई फुटे गँवार लुटे हुने भन्दै केहि चिन्तित पनि देखिन्छन् । दलीय स्वार्थका कारण आफु आफु मै यसरी फुट हुन थालेपछि  जनजाति महाबाणिज्यदुत आन्दोलनले पुरानै नियति भोग्ने अर्थात कमज़ोर हुने टिप्पणी हुन थालेकोछ । किनकी ७ बर्ष देखि यो संघर्ष मा केहि बेर एकता जस्तो देखिएपनि अन्ततः दलका नेताहरुको फु मन्तरले आ-आफ्ना कित्ता तिर लाग्ने गरिएकोले कमज़ोर हुदैं आईरहेकोछ  । दलीय स्वार्थका कारण एक अर्कालाई देखाँउदै शुरु हुने धारे हातले जनजाति एकता पानीको फोहरामा परिणत हुंदै आएकोछ । अहिले पनि स्थितिले त्यहि राजमार्ग समात्न थाले जस्तो छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %