नेपाली राजनीतिका अगुंलीमालहरुको दुर्दशा

Read Time:13 Minute, 25 Second

सही दर्शनले अरू केही गर्दैन मान्छेको जिवन जिउने ढंगलाई बदलेर ठिक ठाँउमा ल्याउँछ । जसरी बुद्धले अंगुलीमाललाई बनाए, जसरी माक्र्स र एंगेल्सले संसारभरिका मजदुरहरूलाई एक बनाउन चेष्टा गरे । पूर्वका महान् चिन्तक कपिलको एउटा भनाई निकै मननीय छ । उनी भन्छन्– ‘तपाई हुनुहुन्छ र यो संसार छ । अर्थात यो सत्य छ । सत्य र तपाईको बीचमा कुनै पनि कुरा पर्न नदिनुहोस् । आफ्नो अहंकार, राग, लोभ केही पनि कुरालाई सत्य र तपाईको बीचमा आउन नदिनुहोस् । सत्य सत्य नैे हो । तपाईभित्र चेतना छ । सत्य चेतना भन्दा बाहिर स्वतन्त्र छ । सत्य जस्तो छ, त्यसरी नै हेर्न खोज्नुहोस् ।” कपिलको यो भनाईले तपाईलाई संसार जस्तो छ त्यस्तै हेर्न सिकाएकोछ । संसारलाई गहिराइमा हेर्न उत्प्रेरित गरेको छ । वास्तवमा सही दर्शन त्यो हो जसले तपाईलाई सत्यको उद्घाटन गराउँछ । गलत दर्शन त्यो हो जसले तपाईलाई भ्रमको दिशातिर डो¥याउँछ ।
एउटा प्रसिद्ध कथा छ अंगुलीमालको । उनी बुद्धको पालाका खुंखार डाँका थिए । अंगुलीमालको अभियान सय जना मान्छे काटेर उनीहरूको औँलाको माला बनाउने थियो । अंगुलीमाल भनेपछि सारा गाउँ थरर हुन्थ्यो ।  एक दिन आफु बसेको जंगलमा अंगुलीमाल डाँकु पनि बस्छन् भन्ने बुद्धले सुने । ऊ धेरै नै हिंस्रक रहेको र बटुवाहरुलाई लुट्ने तथा हत्या गर्ने सम्मको कार्य गर्छ भन्ने बुद्धले जानकारी प्राप्त गर्नु भयो । बुद्धलाई अंगुलीमालसँग कुराकानी गर्नु पर्छ, उनीसँग संवाद गर्नुपर्छ, उसलाई सम्झाउनु पर्छ भन्ने लाग्यो । बुद्ध अंगुलीमाललाई भेट्न गए । धेरै जनाले भन्दै थियो– ‘उसले ९९ जनाको हत्या गरिसकेको छ । त्यहाँ नजानुहोस् । उसले तपाईलाई पनि मार्छ र सय पु¥याउँछ ।’ तर बुद्ध त्यहाँ गएरै छाडे । उनलाई देखेर अंगुलीमाल पनि चकित भए ।

गेरू वस्त्र लगाएको एक जना जोगी आफुतिर नडराइकन आएको देखेर अंगुलीमाल एकछिन अक्क न बक्क भयो । जोगीसँग हातमा कुनै हात–हतियार छैन तर पनि निडरतापूर्वक आफूँतिर आउँदै गरेकोछ । नजिक आएपछि अंगुलीमालले बुद्धलाई सोधे –‘मसँग डर लाग्दैन ? बुद्धले जवाफ दिए– ‘मान्छे देखि मान्छे किन डराउने ? बुद्धको उत्तरले आश्चर्यमा पर्दै अंगुलीमालले फेरि सोधे– ‘किन आयौँ त ? मेरो हातबाट काटिन ? बुद्धले जवाफ दिए– ‘ठिक छ म तिम्रो हातबाट मर्न भनेर आएको हो । तर सो भन्दा अघि म तिमीलाई दुई–तिन वटा कुरा भन्छु । तिमी गर्छौ ? उसले टाउको हल्लाएर हुन्छ भनेपछि बुद्धले भने, ‘ऊ त्यो रूखको एउटा पात टिपेर ल्याउ त ।’ अंगुलीमालले रूखबाट पात टिपे अनि बुद्धले भने, “अब सो टिपेको पात रूखमा गएर फेरि टाँस ।’ अंगुलीमालले टाँस्न खोजे, मरिगए सकेनन् । सक्ने कुरा पनि थिएन जुन ध्रुव सत्य कुरा थियो । अनि बुद्धले अंगुलीमाललाई भने, तिमीले पात टाँस्न सकेनौ तर चुड्न मात्र सक्यौँ । तिमीले जसरी चुड्न त जसले पनि सक्छ । अनि तिम्रो बहादुरी के मा देखियो त ? खुवी र बहादुरी त चँुडेको पात टाँस्न सक्नुमा पो छ । पात टाँस्न सक्दैनौँ भने तिमीलाई पात चुँड्ने हक कसरी भयो ? बुद्धको यो प्रश्न र तर्क निकै घतलाग्दो थियो । यसले  अंगुलीमाललाई भित्र सम्म छोयो ।  अंगुलीमालको संसारलाई हेर्ने ढंग नै बदलिदियो । अंगुलीमाल  पछि हत्या हिंसाको बाटोलाई छोडेर बुद्धको शिष्य हुन पुगे ।

कुरा साधारण हो – चुँडेको रूखको पात फेरि जोड्ने कुरा । तर बुद्धले कुरा मार्फत आफ्नो दर्शन व्यक्त गरे । तिमी जोड्न सक्दैनौँ भने चँुड्ने हक पनि छैन् । अंगुलीमाल सयौँको ज्यान चुँडिसकेको पात्र, मान्छेको ज्यान चुँड्नमै गौरव र बहादुरीको अनुभूति गर्ने पात्र तर बुद्धको सत्यलाई जस्तो छ त्यस्तै हेर्न दर्शन सुनेपछि अंगुलीमाल भित्र प्रश्न उठ्यो । हो त यो जोगीले ठिकै भन्दैछ । चुँड्न त जसले पनि सक्छ नि । यो कुन बहादुरीको काम भयो ? बहादुरी त जोड्न सक्नुमा पो छ । अरूले गर्न नसकेको काम आफूले गर्न सके पो बहादुरी । अंगुलीमालको सत्यलाई हेर्ने ढंगलाई यो कुराले गम्भीर प्रश्न खडा ग¥यो । अंगुलीमालको संसारलाई हेर्ने दृष्टिमा परिवर्तन आयो । उनी एकाएक मुर्छाबाट ब्युँझिए जस्तो भए । यस प्रकार हरेक सही दर्शनको काम नै यही हो मान्छेलाई मुर्छा र भ्रमबाट ब्युँझाउने । सत्यलाई जस्ताको तस्तै हेर्न सिकाउने । मान्छेलाई जागृत गर्ने र जागरण मार्फत यो संसारलाई बदल्ने र पहिला भन्दा बढी मानवयोग्य बनाउने । यो कथाबाट लिने शिक्षा के हो भने घटना एउटै भएपनि हेर्ने ढंग अलग–अगल हुन्छ । वास्तवमा व्राम्हण्डको कुनै पनि घटनालाई हेर्ने अलग –अलग ढंगको नाम नै दर्शन हो । बुद्धि विश्वास दर्शन होइन । समाजमा घटेको घटनाबारे हामी विभिन्न ढंगले तर्क गरिरहेको हुन्छौं । विश्लेषण गरिरहेको हुन्छौं । हामी कोही कुरालाई ठीक ठह¥याई रहेका हुन्छौं । कोही कुरालाई गलत ठह¥याई रहेको हुन्छौं । यसमा हाम्रो दर्शन अभिव्यक्त भईरहेको हुन्छ ।
हरेक मान्छेको बोल्ने कुराको बीचमा धेरै अन्तरविरोध रहेको हुन्छ । मान्छे जे बोल्छ त्यो पनि महत्वपूर्ण कुरा त हो तर त्यो भन्दा पनि महत्वपूर्ण हो ऊ कसरी बाँचिरहेको छ । हरेक मान्छेको असली दर्शन उसको जीवनशैली अर्थात जीवन बाँच्ने ढंगमा अभिव्यक्त भईरहेको हुन्छ ।
एउटा मान्छेले बाहिर चाहि शोषण उत्पीडितको विरोधमा ठूल–ठूला भाषण गरिरहेको हुन्छ तर परिवारमा चाहि आफ्नै श्रीमती आफ्नै बालबच्चालाई उत्पीडन गरिरहेको हुन्छ । उनीहरूलाई समान व्यवहार र सम्मानपूर्ण व्यवहार गरिरहेको हुँदैन । उसले त्यहाँ सामन्तको जस्तो चुसाहा मालिकको जस्तो व्यवहार गरिरहेको हुन्छ । यस्तो भयो भने उसले बाहिरा शोषण उत्पीडितको विरोध गरिरहेको भाषणमा खासै ठूलो वजन र आकर्षण हुँदैन किनकी घर भित्र र बाहिर उसको अन्तविरोधी चरित्रको दर्शन देखा परिरहेको हुन्छ ।
नेपालका ठूला राजनैतिक दलहरूले जनताको अधिकारको नाममा ठूला–ठूला भाषण मात्र गर्ने गर्छन् तर कार्यान्वयन भने गर्न सक्दैनन् । नेताहरू को देखाउने दाँत एउटा, चपाउने दाँत अर्को भएको हुनाले उनीहरूको भाषणको कुनै औचित्य छैन् ।
नेकपा माओवादीले १० वर्ष जनयुद्ध किन र कसरी, कस्को लागि ग¥यो त ? के १५ हजार मान्छे मारेको नेताहरू कुर्सीको लागि मात्रै हो त ? नेपालका आदिवासी जनजाति, दलित, पिछडा वर्ग, मुश्लिम, मधेशीहरूलाई जातीय स्वायत्त राज्य दिन्छु भनेर बन्दुक बोक्न सिकाएको यसैका लागि हो त ? नेपालीले नेपाली नागरिकलाई मा¥यो, कैयौं महिलाहरू विधुवा भए, बालबच्चाहरू टुहुरा टुहुरी, अपाङ्ग बने । १०० औं मान्छे वेपत्ता पारिए । जनताले के पाए त ? नेताहरू रातारात करोडपति भएर पजेरोमा हिड्ने भए । यसरी जनताको अधिकारको नाममा मान्छे मार्ने, दिनहुँ जस्तो नेपाल बन्द गर्न, सरकारी उद्योग कलकारखाना सवारी साधन ध्वस्त पार्ने बाहेक अरू केही गर्न सकेनन् ।

त्यसैगरि मधेशवादी दलहरूले मधेशीको नाममा हडताल विरोध सभाहरू गरे । तर उनीहरू पनि आफ्नो स्वार्थको लागि मात्रै रहेछ भन्ने मधेशका जनताहरूले बुझिसकेका छन् ।यी अगुंलीमालहरुले चुँडाल्न मात्र सिकेकाछन् र उनीहरु ठुलो भ्रममा बाचिरहेकाछन् । मधेशी नेताहरूमा मन्त्री बन्नका लागि होडबाजी चल्यो र अहिले मधेशी दलहरू पनि १३  टुक्रामा विभाजित छन् ।

२०६४ सालको चैत्र २८ गते पहिलो संविधान सभाको चुनाव भयो र एनेकपा माओवादी देशको सबैभन्दा ठूलो पार्टी बन्यो  ।  जनताले संविधानसभामा संविधान बनाउन भनेर अन्तरिम संविधान मार्फत २ वर्षको म्याद दिएका थिए तर दुई वर्ष त के चार वर्षमा पनि ठूला चार दलका नेताहरूले जनताको संविधान दिन सकेनन् ।

यहाँका आदिवासी जनजाति, दलित, मुश्लिम, मधेशी र पिछडा वर्गहरुको माग भनेको एकल जातीय पहिचान सहितको संघीयताको विषयमा कुरा नमिलेपछि संविधानसभा विघटन हुन पुग्यो । संघीयता दियो भने देश टुक्रिन्छ, जाति–जातिहरू विद्रोह गर्छन् भनेर यहाँका एकल जातिय पार्टी चलाउने कांग्रेस, एमाले, जनमोर्चा र अन्य दरवारीयाहरूले संविधानसभा नै बिघटन गरिदिए । यसको अर्थ यी अगुलीमालहरुको जित हुन्छ भनिएकोहैन् । यिनका पनि दिन लादिदैछन् । बुद्धको जन्म भैसकेकोछ, यिनलाई सत्मार्गमा ल्याउन ।
२०४८ साल तिर राष्ट्रिय जनमुक्ति पार्टीले संघीयता, धर्म, निक्षेपता, जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व दलित, महिला, पिछडा वर्ग मधेशीहरूको लागि हरेक निकायमा आरक्षणको व्यवस्था हुनपर्छ भनि मुद्दा उठाउँदा यहाँका ठूला दल कांग्रेस, एमाले र राजावादीहरूले राष्ट्रिय जनमुक्ति पार्टीलाई जातीय पार्टी, साम्प्रदायिक पार्टी भनि खिल्ली उडाउँथे । आज ति मुद्दाहरू राष्ट्रिय मुद्दा भएको छ । आज भोली राजनैतिक दल एमाओवादी कांग्रेस, एमाले र मधेशवादी दलहरूले संघीयता र आदिवासी जनजाति, दलितहरूको माग पुरा गर्छु भन्दै उफ्रन परिरहेकोछ । यसरी सत्यको जित भएकोछ । जनमुक्ति नामक बुद्धका कारण अगुंलीमालरुपी अन्य दलहरुको सत्यलाई ठिक ढंगले बुझ्ने प्रयत्नको प्रारम्भ भएकोछ । यसलाई शुभ आरम्भको रुपमा हेरिनुपर्दछ ।

सिंह बहादुर ढेंगा मगर
नवलपरासी, त्रिवेणी सुस्ता

(संघीय एक्सप्रेस साप्ताहिक सहकार्य)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %