धरानमा नो मोर डिस्को नो हिपहप-बेली

Read Time:6 Minute, 33 Second

नेपालको पुर्वी भेगका लिम्वू युवा युवतीहरुमा सांस्कृतिक मोह बिछट्टै वढदो छ । यहां आयोजना हुने कुनै पनि लिम्वूजन्य कार्यक्रममा लिम्वू युवायुवतीहरु आफनो जातिय पहिरनमा ठाट्टिएर आईपुग्ने हजेली हवेरुहाङ थिकहुप याक्थुङ क्लवका टिका थोक्लेन वताउछन् ।  युवाहरु लिम्वू जातिको मौलिक नृत्य केलाङ नाच्दा वजाईने च्याव्रुङ ढोल वोकेकै हुन्छन भने युवतीहरु कानमा नेस्से, नाकमा ढुंग्रीवुलाकी, शिरमा सिरवन्दी, कल्ली र चौवन्दीको तुनामा मुर्चुङगा विनायो झुण्डाएकै हुन्छन् ।  जानि नजानि लिम्वू जातिमा रहेको धान नाच नाचिरहेका हुन्छन, पालामको भाकामा झुमिरहेका भेटिन्छन् । पहिला डिस्को र पपले उन्मक्त युवाहरुमा पलाएको यो नया शोकले सबै दंगदास र आश्चर्यमा छन् ।

 छथरे समाज धरानका सांस्कृतिक विभागका वागवहादुर थोक्लेन लिम्वू भन्छन, ‘पहिला यस्तो थिएन,  अहिले ह्वात्तै बढ्यो।’ हिपहप र नयाँ-नयाँ पश्चिमी शैलीका फेसनमा रमाउन चाहने धरान र ईटहरीका युवाहरुको पाश्चात्य मोह देशभर प्रसिद्ध छ । तर अहिले बढेको सांस्कृतिक मोहले अर्काे फेशन ट्रेन्ड स्थापित गर्न खोजिरहेको देखिन्छ ।
यसरी युवायुवतीहरुलाई लिम्वू संस्कार संस्कृति प्रति मोहित वनाउने काम लिम्बु संस्था र तिनका जातीय कार्यक्रमहरुले हो, वागवहादुर थोक्लेन लिम्वू बताउछन् । सुरु सुरुमा आफनो संस्कार संस्कृति यस्तो हो भन्दा अनुहार खुम्चाउने तीनै युवायुवतीहरुलाई विभिन्न लिम्वूजन्य संघ-संस्थाले सांस्कृतिक महत्व र पहिचानको वारेमा प्रशिक्षण दिएपछि लिम्वू युवायुवतीहरुमा यस्तो परिवर्तन आएको हो ।

अहिले यी युवाहरुलाई केहि भन्नै पर्देन । लिम्वू संस्कार र संस्कृति जोगाउन भन्दै ति आफै अघि सर्छन् । सुनसरीको धरानमा मात्रै किरात याक्थुङ चुम्लुङ, लिम्वू सांस्कृतिक परिषद, छथरे समाज, चौविसे समाज, फागो चोङ्वाङ च्याव्रुङ समुह, तिनजुरे पुर्वभेग केलाङ समुह गरी एक दर्जन भन्दा वढी समुहहरुमा युवाहरु आवद्ध छन भने ईटहरीमा पनि त्यस्तै विभिन्न समुहहरुमा लिम्वू युवा युवतिहरु सहभागी भएर लिम्वू संस्कार संस्कृतिको जगेर्नामा लागेकाछन् ।
 यसरी  गाँउघरबाट समेत हराउदै गएको लिम्वू संस्कार संस्कुतिको जगेर्ना गर्न युवाहरु नै लागेपछि त्यो प्रभावकारी भएको केलाङ, नृत्य प्रशिक्षक सन्तोष थेगिम बताउछन् । लिम्वू भाषामा के भनेको ढोल अर्थात च्याव्रुङ हो भने लाङ भनेको नाच हो । यस्तो लिम्वू जातिको पहिचान वोकेको नाच नाच्न पहिले त निक्कै समस्या पर्यो । तर यो नाच नाच्न जान्नेहरुको अहिले थुप्रो संख्या पुगेकोछ । ति मध्येकी एक इटहरीकि निर्मला लिम्बु भन्छिन्,  पढाईसंगै यता पनि थोरै समय मिलाएर नाच्न सिकेपछि आफुले पनि केलाङ नाच्न जाने ।
यी युवा युवतीहरुले आफनो दौतरी साथी संगीलाई आफनो संस्कार संस्कृतिको वारेमा सचेत र सजग रहन अनुरोध गर्न थालेपछि संख्यात्मक रुपमा बृद्धि हुन थालेकोछ । युवाहरुको यो उत्साह लिम्वू जातिको मौलिक संस्कार, संस्कृतिको संरक्षणमा ठुलो टेवा पुग्ने वुद्धिजीवी कमल तिगेला वताउछन् ।

कुनै नया फेसन धरानमा आउनासाथ त्यसको प्रभाव पुर्वका गाउघरमा पर्ने गर्दथ्यो । अहिले फेशनकै रुपमा युवाहरुमा आएको संस्कृति प्रतिको मोहको लहर पनि धरान हुदै गाँउगाँउमा फैलिरहेको लिम्वू मुन्धुमविज्ञ भरत तुङघङ वताउछन् । केही वर्ष अघि सुनसरीको धरानबाट सुरु भएको यो अभियानले विस्तारै पुर्वका मुख्य शहरमा प्रभाव पार्यो र त्यो अहिले फैलिएर  पुर्वी पहाडी क्षेत्रमा फैलिरहेकोछ।   
युवाहरुमा संस्कृति मोह वढेको कारण लिम्वू जातिको मौलिक भेषभुषा र गरगहनाको खोजी हुन थालेको छ ।  युवाहरुको यो उत्साहले हराउदो लिम्वू संस्कार संस्कृतिको संरक्षणमा निकै टेवा पुग्ने किरात याक्थुङ चुम्लुङ धरान नगर समितिका अध्यक्ष सुवास हुक्पाचोङवाड वताउछन् ।  लिम्वू युवायुवतीमा जागेको सांस्कृतिक मोह देखेर पुर्वका विभिन्न जनजातिय संघ संस्थाहरुले पनि यस्तो अभियान थालेकाछन् । मौलिक संस्कार संस्कृतिको संरक्षण र सम्वद्र्धनसंगै अव  लिम्वूजन्य संघ संस्थाहरु लिम्वू भाषा संरक्षणमा पनि युवाहरुको ध्यान केन्द्रित गर्न विभिन्न कार्यक्रमहरु आयोजना गर्ने तयारी गरिरहेको छथरे समाज धरानले जनाएको छ ।

-भैरब आङ्ला, धरान   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %