खिचातानीले सेलायो जनजाति जोश

Read Time:5 Minute, 16 Second

हङकङ संवाददाता
हिंजो आईतवार दुईटा महत्वपूर्ण कार्यक्रम स्थगन भएकोछ । लुम्बिनीबासीहरुको संस्था  लुम्बिनी मन्च हङकङको ५ औं अधिवेशन संख्या नपुगेर स्थगित भएकोछ । उता महाबाणिज्यदुत महेश प्रसाद दाहालसंग एक चरणको वार्ता गरि विफल भएको वार्ताको लागि थप तयारी गर्न भनि डाकिएको जनजाति महासंघको बृहत छलफल स्थान र  मान्छे कमीका कारण स्थगित भयो ।

यो निम्तोले काम गरेन

लुम्बिनीको अधिवेशन २७ जुलाईको लागि सारिएकोछ । आयोजकद्धारा दिउसों राखिएकोले मान्छे नआएका हुनसक्ने बताइएकोथियो । जबकि कार्यक्रमका लागि फुलवारी क्लव बुक गरिएकोथियो भने ब्यानर समेत टाँसेर आयोजकहरु कुरेर बसेकाथिए । (हेर्नाेस तस्वीर)
त्यसैगरि ५ बजे कम्युनिटी हलमा आयोजना गर्ने भनि प्रचार प्रसार गरिएको र संस्थाका मान्छे डाकिएको कार्यक्रमम पछि ६ बजे सरेको बताइएकोथियो ।
तर ६ बजे पनि हुन सकेन । एक श्रोतको भनाईमा महासंघले खोटाङ समाजले अस्पताल बनाउन सहयोगार्थ बोलकबोल गर्न डाकेको कार्यक्रमका लागि कम्युनिटी हल बुक गराएकोथियो । त्यसमा आधा घण्टाको लागि भन्दै महासंघले कार्यक्रम गर्न मागेकोथियो तर खोटाङ समाजले हल दिन नमिल्ने बताएपछि जनजातिको स्थान समस्या परेकोथियो ।
त्यसमाथि जनजाति कार्यक्रममा मान्छे पनि आईदिएनन् । ति श्रोतको भनाईमा आयोजक मध्येका नेताहरु नै कार्यक्रममा नआउने छाँट देखेपछि एमवी थापा र किसन राईले कार्यक्रम स्थगन गर्न उचित ठानेकाथिए ।
अर्कोतिर जनजाति नेताहरु स्वंय नेटवर्क विजनेसमा ब्यस्त रहेकोले ति कार्यक्रममा आउन अप्ठेरो मानिरहेकाथिए । अधिकांश जनजाति नेताहरु बेटर लिविङ नामक नेटवर्क विजनेससंग आवद्ध छन् र आईतवार ति सबै सदस्य बढाउने र सदस्यलाई मोटिभेट गर्न ब्यस्त रहन्छन् ।


ब्यापक तयारी सहित अर्को साता हुने भनिएको महाबाणिज्यदुत संगको वार्ता यो कार्यक्रम स्थगनले के हुन्छ तर यसले जनजाति नेतृत्व महाबाणिजयदुत मुद्दामा त्यति गम्भीर छैनन जस्तो  देखाएकोछ ।
एकथरीको भनाईमा जनजाति महासंघमा पनि दुईटा बिचारको द्धन्द्ध चलिरहेकोछ जसले हिजोको कार्यक्रम स्थगन गर्न ठुलो रोल खेल्यो ।  किसन राई लगायत संघीय पक्षधरहरु वार्ता पक्षधर देखिन्छन् भने माओवादी समर्थकहरु वार्ताप्रति त्यति सकारात्मक छैनन् भनिन्छ ।यो राजनीतिक दलको जोडघटाउको लागि गरिएको देखिन्छ । भर्खर जन्मिएको संघीय समाजवादी पार्टी आफ्नो पकड बनाउन रोल बढाउदै लगिरहेकोछ जुन निवर्तमान अध्यक्ष भुपेन्द्र चेम्जोङ लगायत माओवादीका समर्थकहरुलाई चित्त बुझेकोछैन ।
दलका भातृसंस्थाका स्वार्थका कारण गएको साताको विद्रोही एनआरएन पत्रकार सम्मेलनमा तीन दलकै नेतृत्व त्यहां सहभागी भएकोथियो । एमालेका भक्त गुरुङ, संघीय समाजवादीका ओमराज साम्बाहाम्फे र माओवादी लिम्बुवान मोर्चाका अध्यक्ष रविन लिङदेल र भुपेन्द्र चेम्जोङ । अहिले बढिरहेको जनजाति प्रभावलाई कसले हातमा लिने भन्दै होडबाजी चलिरहेको देखिन्छ । महासंघका अध्यक्ष तथा आस्थाका हिसाबले जनमुक्तिका एमवी थापा दुबैलाई मिलाएर लग्न प्रयत्नरत छन् । तर यस्तो मिलाउने मिल्ने प्रक्रियामा उनी स्वंय स्यान्डबीच हुन पुगेकाछन् ।

 त्यसमाथि केहि युवाहरु वार्ता गरि नेतृत्वले धोका दिन थाल्यो भन्दै ठुस्किएकापनि छन् । तिनलाई सबैले भजाउन खोजिरहेकाछन् । आ-आफ्नो दलको वर्चश्व र स्वार्थ बढाउन भैरहेको यो आन्तरिक खिचातानीमा जनजाति महासंघको कार्यक्रम चपेटामा परेको देखिन्छ । जसले अगाडि बढ्न थालेको दुई पक्षको वार्तामा सोझै असर परेको देखिन्छ । यसलाई शुभसंकेत मानिएकोछैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %