सरकारले आर्थिक बर्ष २०७०/७१ का लागि ५ खर्ब १७ अर्ब २४ करोड बराबरको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आइतबार अबेर सांझ अध्यादेश मार्फत बजेट सार्वजनिक गरेका हुन् । सरकारले मंसिर ४ मा गर्ने भनिएको निर्वाचनका लागि १६ अर्ब रुपैयां विनियोजन गरेकोछ । विगतमा जस्तै यसपटक पनि बजेटको अधिकांश भाग प्रशासनिक खर्चले ओगटेको छ ।
कुल विनियोजित रकम मध्ये ६८.३३ प्रतिशत प्रशासनिक खर्च, १६.४५ प्रतिशत पुंजीगत खर्च र बांकी १५.२२ प्रतिशत वित्तिय व्यवस्थाका लागि छुट्याईएको छ । सरकारले बजेटका लागि तीन खर्ब ५४ अर्ब ५० करोड राजश्वबाट संकलन गर्ने लक्ष्य राखेको छ ।
सावां फिर्ता बापत ५ अर्ब ५० करोड र वैदेशिक अनुदानबाट ६९ अर्ब ५४ करोड लिने लक्ष्य राखेको छ । बांकी नपुग रकम मध्ये वैदेशिक ऋणबाट ४३ अर्ब ७० करोड र ४४ अर्ब आन्तरिक ऋण उठाइने बताइएकोछ । अर्थमन्त्रीले आउंदो वर्ष ५.५ प्रतिशतको आर्थिक वृद्धि हुने सरकारको अपेक्षा रहेको बताए । झण्डै दुई अंकमा रहेको महंगीलाई आठ प्रतिशतमा सिमित गर्ने बताए । त्यस्तै सरकारले कर्मचारीको तलबमा १८ प्रतिशत सम्मले वृद्धि गरेको जनाएको छ ।
अर्थमन्त्री कोइरालाले आईतबार २ घण्टा ३० मिनेट लामो बजेट भाषण सुनाए । पहिला दिउस २ बजे बजेट सार्वजनीक गरिने जनाईएतापनि ७ बजेर २५ मिनेट जादा बजेट भाषण सुरु गरिएको थियो । बजेटमा ७ वटा क्षेत्रलाई मूख्य प्राथमिकतामा राखेको छ ।
१- जलविद्युत तथा उर्जा क्षेत्रको विकासमा सरकारले विशेष कार्यक्रम गर्ने योजना बनाएको छ । २- मुलुकको अर्थतन्त्रको मूख्य क्षेत्र कृषिको विकास गर्न सरकारले कृषि विकासका कार्यक्रमहरु बनाएको छ । कृषिमा आधुनिकिकरण गर्न प्रवृधि भित्राउन बजेट छुट्टाएको छ । ३- भौतिक पूर्वाधार विकास सरकारको मूख्य प्राथमिकतामा रहेको छ । ४- शिक्षा र स्वस्थ्यलाई सबै सर्वसाधरणको पहुचमा पु¥याउन बजेट छुट्टाइएको छ । ५- पर्यटन विकास गर्न विशेष कार्यक्रम बजेटमा ल्याइएको छ । ६- निजी क्षेत्रको प्रबदर्धन गर्न बजेटमार्फत लगानीमैत्री वातावरणको सृजना गर्न कार्यक्रम ल्याइएको छ । ७- आयात प्रतिस्थापन गर्न र निर्यात प्रतिस्थापन गर्ने बजेटमा लक्ष्य राखिएको छ ।
लामो समय देखि पूर्ण आकारको बजेट नआएको समयमा पूर्ण नै नभएतापनि पूर्णआकार जस्तैको आय र व्यय सहितको बजेट सार्वजनीक भएकोछ । तर करिब साढे २ घण्टा लामो बजेट भाषणमा अर्थमन्त्री हाँसोको पात्र समेत बन्न पुगे । ठुलो लक्ष्य, ठुलो परियोजना धरै क्षेत्रको प्रतिनीधीत्व तर अत्यधिक न्यून रकम बिनियोजनका कारण उनी हाँसोको पात्र बने ।
कोईरालाले गरेका केहि कार्यक्रम राम्रा छन् । तर कसरी गर्ने त्यसको आधारहरुको भने अत्तोपत्तो छैन । जस्तै अर्थमन्त्रीले २०२२ सम्ममा नेपाललाई अल्पविकसीत देशबाट विकशित देशको रुपमा रुपान्तरण गर्नको लागि काम गर्ने बताएका छन् । तर विकसित देश बनाउने नै गरि निती तथा कार्यक्रमहरु के के हुन कतै छैन। उनले पनि दलका नेताले जस्तै हावामा पुल बनाउने गफ हाँकेको आरोप लाग्यो।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डेले बजेट प्रचारबाजी भएको प्रतिक्रिया दिए । त्यस्तै अन्य केहि कार्यक्रमहरु पनि भाषणको लागि मात्र गरिएको देखिन्छ । जस्तै अहिले सरकारी तथ्याङ्क अनुसार नै ८ दशमलव २ प्रतिशतको मूल्य बृद्धि भएको अबस्था छ । तर अर्थमन्त्रीले भाषण मार्फत ८ प्रतिशतमा मुल्य बृद्धि कायम राख्ने जनाए भने आर्थिक बृद्धि ५ दशमलव ५ प्रतिशतमा पुर्याउने बताएका छन् ।
भूमिगत स्यालो तथा डिप ट्युवेललाई जम्मा ५० करोड रुपैया, युवा रोजगारी बढाउन २२ हजार युवालाई सिप विकास तथा स्वरोजगार तालीम प्रदान गर्न १६ करोड रुपैया विनीयोजन गरिएको छ । यो रकम प्रर्याप्त नभएकोले गर्दा पनि कार्यन्वयनमा नआई कसैको खल्तीमा मात्र जाने हो की भन्ने आशंका गरिएको छ ।
सबैभन्दा झन्झट झेल्नुपर्ने पेट्रोलियम पदार्थको मूल्यलाई अन्तराष्ट्रिय बजार मुल्य बमोजिम स्वत: समायोजन हुने प्रणलीको विकास गरिने बताईएको छ । यो काम गर्न सकेको खण्डमा आम उपभोक्तालाई राहत हुने पक्का हो तर कसरी कार्यन्वयनमा आउछ भन्ने कुरा भने चुनौतीको विषय हो । त्त्यसैले अर्थमन्त्रीका बजेट लोकप्रियताको लागि मात्र बाचन गरिएको टिप्पणी भएको हो ।
कर्मचारीलाई मालामाल
आर्थिक वर्ष २०७०/०७१ बजेटले सबै भन्दा बढी कर्मचारीलाई पोसेकोछ । कर्मचारीले चलाएको सरकार भएर हुनसक्छ, सरकारले गज्जबले खुसी तुल्याएको छ । विगत एक महिना अघि देखिनै अर्थमन्त्री कोईराला र अर्थ मन्त्रालय कर्मचारीका तलव बढाउने प्रक्रियामा लागेको पाईएको थियो ।
कर्मचारीको मनोवल उच्च राख्ने नाममा प्रत्येक कर्मचारीको १८ प्रतिशत तलव बृद्धि गरिएकोछ । थप प्रति महिना १ हजार भत्ता बृद्धि र अन्य सुविधाको लागि समेत अध्ययन गरिने जनाईएको छ ।
यता अर्थमन्त्री जनताको करबाट संचित राजश्वबाट कर्मचारीको तलब सुविधा बढेको घोषणा गरिरहेकाथिए भने उता कर्मचारीहरु पत्रकारलाई एसएमएस गरि यतिले पुग्दैन ३५ प्रतिशत तलव भत्ता बृद्धि गरिनु पर्छ भनि नाटक गरिरहेकाथिए । त्यसैले के भनिदैछ भने यो बजेटले सर्वसाधारणलाई राहत हैन आहत दिनेछ भने कर्मचारीहरुको फुलेको भुँडी बढाउन खास रोल खेल्नेछ ।
पूर्ण बजेट यहाँ छ-
http://www.mof.gov.np/ajw/uploads/uploaded_image/Budget_speech_Complete.pdf
-जगन शर्मा काठमाण्डु